पेरूमा वामपन्थी राष्ट्रपति उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन
- जेष्ठ ३१, २०८३
जेनेभा, १२ मार्च । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले बुधबार कोभिड–१९ को सङ्क्रमणलाई ‘पान्डेमिक’ घोषणा गरेको छ । संसारभर कोभिड–१९ भाइरसको बढ्दो बिस्तारसँगै स्वास्थ्य सङ्गठनले यस्तो घोषणा गरेको हो ।
“कोरोना भाइरसको कारण भएको यो पहिलो पान्डेमिक हो”, जेनेभामा आयोजित पत्रकार भेटघाटमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानम घेब्रेयुससले भन्नुभयो ।
“कोरोना भाइरसको कारण पेनडेमिकको अवस्था यसअघि कहिल्यै आएको थिएन । अनि हामीले आजसम्म एकै समयमा नियन्त्रण गर्न सकिने पान्डेमिक देखेका पनि छैनौँ”, उहाँले भन्नुभयो ।
उहाँले डब्ल्युएचओ नोबेल कोरोना भाइरसको तीब्र र गम्भीर सङ्क्रमणप्रति सजग रहेको चर्चा गर्दै रोकथाम र नियन्त्रणको लागि खास पहल हुन नसकेकोमा पनि चिन्ता पनि व्यक्त गर्नुभयो ।
‘पान्डेमिक’ भनेको के हो ?
विश्व स्वास्थ्य सङ्गठनको वेभसाइटले पान्डेमिकलाई विश्वव्यापी फैलिएको कुनै पनि नयाँ रोग भनी परिभाषित गरेको छ ।
पान्डेमिक हुनलाई फैलिएको रोग कुनै गम्भीर खालको रोग हुनुपर्छ भन्ने छैन । तर, भौगोलिकरूपमा संसारभर फैलिएपछि त्यो अवस्थालाई पान्डेमिक भनिन्छ । ‘इपिडेमियोलोजी १०१’ नामको पुस्तकमा पान्डेमिक भन्नाले ‘विश्वव्यापी वा कुनै ठूलो भूभागमा फैलिएको महामारी जसले अन्तर्राष्ट्रिय सिमाना नाघेको र धेरै सङ्ख्यामा मानिसलाई प्रभावित बनाएको अवस्था’ भनी परिभाषित गरेको छ ।
यो शब्द विशेषतः नयाँ इन्फ्युन्जाको फैलावटको सन्दर्भमा लागू हुने गरेको छ । डब्ल्युएचओको वेभसाइटमा ‘कुनै नयाँ इन्फ्युन्जा भाइरस उत्पत्ति भएर संसारभर फैलिए र त्यसको प्रतिरोध गर्न धेरै मानिसमा प्रतिकार शक्ति नभएको अवस्थामा इन्फ्लुयन्जा पान्डेमिक’ हुने उल्लेख छ ।
टेड्रोसले कोभिड–१९ को सङ्क्रमणलाई पेनडेमिक घोषणा गरेर नोबेल कोरोना भाइरसले निम्त्याएको खतराबारे डब्ल्युएचओको बुझाइमा कुनै परिवर्तन नहुने र डब्ल्युएचओले हाल गर्दै आएका कामलाई निरन्तरता दिने साथै देशहरूले गर्नुपर्ने काममा घच्घचाउने कामलाई निरन्तरता दिने बताउनुभयो ।
पत्रकार भेटघाटमा बोल्दै डब्ल्युएचओका स्वास्थ्य आपतकाल कार्यक्रमका कार्यकारी निर्देशक माइकल रायनले पान्डेमिक ‘अवस्थाको चित्रण वा व्याख्या’ मात्र भएको बताउनुभयो । उहाँले यस्तो घोषणाले सङ्क्रमण रोकथामको लागि थप आक्रामक र मिहीन काम गर्नुको सट्टा थप कुनै पनि अवस्था नरहने बताउनुभयो ।
अहिले किन घोषणा गरियो ?
डब्ल्युएचओले कोभिड–१९ को अहिलेको अवस्थाबारे व्याख्या गर्न पान्डेमिक शब्द प्रयोग गर्नु ठीक छ छैन भन्ने विषयमा आन्तरिक र बाह्यका विज्ञहरूसँग विमर्श गरेको रायले बताउनुभयो ।
बेलायतका प्रमुख मेडिकल अधिकारी तथा स्वास्थ्य तथा सामाजिक स्याहार विभागका प्रमुख वैज्ञानिक सल्लाहकार क्रिस विटीले भन्नुभयो, “डब्ल्युएचओको यो घोषणाले विश्वको परिवर्तित अवस्थाको चित्रण गरेको छ । यो भाइरस एकपछि अर्को देशमा सङ्क्रमण भइरहेको छ ।”
“चुनौतीहरू धेरै छन् र हामी सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ”, उहाँले भन्नुभयो ।
संयुक्त राष्ट्र सङ्घीय स्वास्थ्य विभागअनुसार हालसम्म ११४ देशका १ लाख १८ हजार मानिस यो रोगबाट सङ्क्रमित भएका छन् र उनीहरूमध्ये ४ हजार २९१ जनाको निधन भएको छ ।
महानिर्देशक टेड्रोसका अनुसार आगामी दिन र सातामा प्रभावित हुनेको सङ्ख्या अझ बढ्न सक्नेछ ।
नोबेल कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा चीनले उल्लेखनीय प्रगति हासिल गरेको छ भने युरोपलगायत संसारका अन्य भागमा यो रोग तीब्र गतिमा फैलिएको छ । चीन पछि इटाली यो भाइरसबाट सबभन्दा बढी प्रभावित बनेको छ ।
इटालीको अवस्था अझ खराब
इटालीका प्रधानमन्त्री गुसेप कोन्टेले बुधबार सबै खुद्रा पसल, कफी पसल, पब, रेस्टुराँ, शृङ्गार पसल आदि बन्द गर्ने घोषणा गर्नुभएको छ । उहाँले सबै निजी व्यवसायलाई आफ्ना मजदुरलाई सकेसम्म चाँडो कामबाट छुट्टी दिएर घर फर्काउन अपिल गर्नुभएको छ ।
विशाल बजार, औषधि पसल, सार्वजनिक यातायात, हुलाक कार्यालय, बैङ्क, खेती र खाद्य उत्पादन उद्योग भने खुला रहने उहाँले बताउनुभयो । मानिसका अधारभूत आवश्यकता र यातायातमा कुनै समस्या नहोस् भनी ती सेवा खुला गरिएको कोन्टेले भन्नुभयो ।
मङ्गलबार इटालीको सरकारले सम्पूर्ण देशलाई लक डाउन गर्ने घोषणा गरेसँगै प्रधानमन्त्रीबाट यस्तो घोषणा आएको हो । सरकारले ६ करोड इटालीका जनतालाई अत्यावश्यक पर्दाबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । तरकारी किन्न, चिकित्सकलाई भेट्न वा कुकुरलाई हिँडाउनबाहेक घरबाट बाहिर ननिस्कन सरकारले आह्वान गरेको हो । इटालीमा गत फेब्रुअरी २१ मा पहिलोपटक कोभिड–१९ को सङ्क्रमण देखिएको हो ।
भारतमा पर्यटक भिसा बन्द
भारत सरकारले सबै पर्यटकलाई भिसा सेवा बन्द गरेको छ ।
“कूटनीतिक, सरकारी, संयुक्त राष्ट्र सङ्घ÷अन्तर्राष्ट्रिय सङ्गठन, रोजगारी र परियोजना भिसा सबै आगामी अप्रिल १५ सम्मको लागि बन्द गरिएको छ । शुक्रबार मध्यरातिबाट यो निर्णय लागू हुनेछ”, भारत सरकारले बुधबार जारी गरेको वक्तव्यमा भनिएको छ ।
“कुनै अत्यावश्यक कामको लागि भारतको भ्रमण गर्न चाहने विदेशी नागरिकले नजिकको भारतीय दूतावासमा सम्पर्क गर्न सकिनेछ”, वक्तव्यमा भनिएको छ ।
भारतमा हालसम्म ६० जना मानिसमा सङ्क्रमण प्रमाणित भएको छ ।
बेलायतको तदारुकता
बेलायत सरकारले कोभिड–१९ को प्रतिकारमा दोस्रो चरणको अभियान घोषणा गरेको छ । दोस्रो अभियानअन्तर्गत सबै प्रमुख खेलकुद गतिविधि स्थगित गर्नुका साथै मानिसलाई घरबाटै काम गर्न अनुरोध गरिएको छ । बेलायत सरकारले चार चरणको प्रतिरोध अभियान घोषणा गरेको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जनसनले बुधबार अपराह्न बसेको आपत्कालीन कोब्रा बैठकको अध्यक्षता गर्नुभयो । बेलायतमा हालसम्म आठ जना मानिस सो रोगबाट निधन भएको छ । विदेशमा बसेका दुई जना बेलायती नागरिकको पनि निधन भएको छ ।
ल्याटिन अमेरिकामा खतराको घण्टी
ल्याटिन अमेरिकी देशहरूमा कोभिड–१९ को सङ्क्रमण दिनानुदिन बढ्दै छ । ल्याटिन अमेरिकाको सबभन्दा ठूलो देश ब्राजिलमा सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्ममा ३४ पुगेको छ । ब्राजिलमा अहिले ८९३ जना सम्भावित सङ्क्रमित छन् भने ७८० जनामा गरिएको परीक्षणमा नकारात्मक नतिजा आएको छ । चिलीमा पनि चौबीस घण्टामा चार जना नयाँ बिरामीमा नोबेल कोरोना भाइरस देखिएको छ । चिलीमा सङ्क्रमितको कुल सङ्ख्या १७ पुगेको छ । कोस्टा रिकामा सङ्क्रमितको सङ्ख्या १३ र पेरुमा ११ पुगेको छ । पाराग्वेमा पनि दुई जना सङ्क्रमित फेला परेको छ । अर्जेन्टिनामा एक जना सङ्क्रमितको निधन भएको छ भने १७ जना सर्वसाधारण सो रोगबाट सङ्क्रमित छन् ।
Leave a Reply