मध्यपूर्व सङ्कट गहिरिँदै
- जेष्ठ २८, २०८३
वाशिङ्टन, १२ मार्च । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आगामी तीस दिनको लागि युरोपसँगको सबै आवागमन बन्द गर्ने घोषणा गरेका छन् । शुक्रबारदेखि लागू हुने सो निर्णय बेलायतको हकमा भने लागू हुनेछैन । उनले आवागमन रोक लगाइएका देशको नाम भने भनेनन् । समग्र युरोपेली देशमाथि नै उनले रोकको घोषणा गरेका थिए । ट्रम्पले बिहीबार आफ्नो कार्यालयबाट बोल्दै कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सरकारले गरेका कमीकमजोरीबारे भइरहेका आलोचनाको प्रष्टिकरण दिए ।
चीनतिर सङ्केत गर्दै उनले भने, “आधुनिक इतिहासमा विदेशी भाइरसको सामना गर्न यो सबभन्दा आक्रामक र विस्तृत पहल हो ।”
उनले अमेरिकी जनताको रक्षाको लागि सङ्घीय सरकार र सबै निजी क्षेत्रको पूर्ण शक्ति प्रयोग गर्ने पनि बताए ।
Leave a Reply