वाग्मती प्रदेश प्रमुख देवकोटा भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकनमा
- जेष्ठ २९, २०८३
भक्तपुर, २ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा ख्वप अस्पताल भवन निर्माणको प्रगति, स्थिति र योजनाहरूका बारेमा सम्बन्धित प्राविधिक टोली, इन्जिनियर र कन्सल्ट्यान्टको बैठक भनपा सभाकक्षमा आइतबार सम्पन्न भयो ।
बैठकमा प्रमुख प्रजापतिले ख्वप अस्पताल भवन निर्धारित समयसीमाभित्र सम्पन्न गर्न सम्बन्धित प्राविधिक टोली, इन्जिनियर र कन्सल्ट्यान्टलाई निर्देशन दिँदै निर्माणलाई त्रुटीरहित बनाउन सबैले आ–आप्mनो तर्पmबाट प्रयत्न गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले निर्माणाधीन ख्वप अस्पताल भवन संवेदनशील क्षेत्र भएकोले भविष्यमा हुनसक्ने प्राकृतिक तथा अन्य जोखिमलाई न्यूनीकरण गर्न सकिने हिसाबले पूर्व तयारीका साथ भवन डिजाइन सुधार गर्नुपर्ने र विज्ञहरूसँगको छलफलले सही मार्गदर्शन दिनेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा आर्किटेक्ट सुसन्ना श्रेष्ठले ख्वप अस्पतालबारे प्रस्तुतीकरण गर्नुभएको थियो भने ७ नं. का वडाध्यक्ष उकेश कवां, ख्वप इन्जिनियरिङ्ग कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङ्गका प्राचार्य सुनिल दुवाल, ख्वप अस्पताल निर्माणको आयोजना प्रमुख विजयराम कोजू, आर्किटेक्ट सरोज वैद्य, इलेक्ट्रिकल इन्जिनियर प्रतीक श्रेष्ठलगायतले आ–आप्mनो राय सुझाव दिनुभएको थियो ।
Leave a Reply