नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
कोभिड–१९ भाइरस रोकथाम गर्न भारतका केही मानिसले गौमुत सेवन गरे । गौमुत सेवन गरे कोभिड–१९ भाइरसको सङ्क्रमणबाट जोगिन सकिने उनीहरूको दाबी थियो । भारतमै कोभिड–१९ भाइरसको राक्षसजस्तो चित्र बनाएर त्यसलाई पूजा गर्दै गरेको श्रव्यदृश्य पनि सामाजिक सञ्जालमा प्रचार भयो । नेपालकै धनगढी नगरपालिकाले औपचारिकरूपमा वक्तव्य जारी गरी बेसार पानी नियमित सेवन गरे कोभिड–१९ भाइरसको सङ्क्रमणबाट टाढा रहन सकिने दाबी ग¥यो । श्री सत्य साई सेवा सङ्गठन नेपाल प्रदेश समिति ३ (क) को आयोजनामा ‘कोभिड–१९ भाइरस निर्मूलन गर्नका लागि श्री सत्य साई बाबासँग विशेष प्रार्थना सभा’ आयोजना भयो । यस्ता खालका गतिविधिले समाजमा अवैज्ञानिक चिन्तन अझै कति गहिराइमा छ भन्ने अनुमान गर्नसक्छौँ । कोभिड–१९ भाइरसबारे उल्लेखित सबै गतिविधि विज्ञानसम्मत छैनन् । गौमुत र बेसारपानी सेवन गरेर कोभिड–१९ भाइरसको सङ्क्रमणबाट जोगिने कुरा संसारको कुनै विज्ञानले प्रमाणित गरेको कुरा होइन । न त कसैको पूजा अर्चना वा भक्ति नै यो महामारीबाट जोगिने उपाय हो ।
समाजमा यस्ता अवैज्ञानिक चिन्तनको जरा काट्ने काममा सरकारदेखि सर्वसाधारणसम्मको ठूलो भूमिका हुन्छ । सामाजिक अभियन्ता, शिक्षक र जनप्रतिनिधिहरूको यसमा महत्वपूर्ण भूमिका हुनसक्छ । यस्ता अवैज्ञानिक चिन्तन र गतिविधिविरुद्ध सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्नसक्छन् । तर, संसारभर कोभिड–१९ सङ्क्रमणले भयावह रूप लिइरहेको बखत यस्ता अन्धविश्वासी गतिविधिले मानिसमा पार्ने भ्रमले महामारी प्रतिरोध अझ जटिल बन्नसक्छ । वैज्ञानिक उपायको सट्टा मानिस अवैज्ञानिक अभ्यासमा लाग्दा महामारी थप हानिकारक बन्नसक्छ । त्यसकारण यस्ता गलत र भ्रमपूर्ण काम रोक्न राज्यदेखि सचेत नागरिक सबै लाग्न जरुरी छ । कोभिड–१९ भाइरसको प्रतिरोध गरिरहेका कुनै पनि देशले कुनै अलौकिक पूजा गरेर यसमाथि पार पाउने सोचेका छैनन् । बरु, अहोरात्र बिरामीको सेवामा लड्ने सेतो लुगा लगाएका स्वास्थ्यकर्मीहरू नै महामारी प्रतिरोधका देवदूतहरू हुन् । कुनै अलौकिक भगवान्लाई भन्दा बिरामीको सेवामा आफ्नो दिलोज्यान दिने स्वास्थ्यकर्मीहरूप्रति सम्मान गर्न आवश्यक छ ।
कोभिड–१९ भाइरसको सङ्क्रमण प्राकृतिकरूपमा भयो वा कृत्रिम तरिकाबाट यसको उत्पत्ति भयो भन्ने विषयमा बहस जारी छ । तर, यी दुईमध्ये जुनसुकै तरिकाबाट यसको सङ्क्रमण भएको भए पनि यो कुनै अलौकिक प्रक्रिया भने होइन । यसको उत्पत्ति विज्ञानसम्मत हो भने समाधान पनि विज्ञानसम्मत तरिकाबाट मात्र सम्भव छ । कुनै धार्मिक विश्वासको आधारमा जिद्दी गर्नुको कुनै तुक छैन ।
वैज्ञानिक चिन्तन र पद्धति नै प्रगतिको बाटो हो । अवैज्ञानिक चिन्तन पछौटेपनको चिह्न हो । अवैज्ञानिक चिन्तन बोकेको कुनै पनि समाजले कहिल्यै फड्को मारेको इतिहास छैन । समाज र धर्ममा रहेका अवैज्ञानिक चिन्तनको निर्मूलन गर्दामात्र समाजले गति लिनसक्छ । अन्धविश्वासले समाजलाई अगाडि डो¥याउन सक्दैन । कोभिड–१९ भाइरसको प्रतिरोध अध्ययन–अनुसन्धानमा आधारित विज्ञहरूको मत र सल्लाहअनुसार गरिनुपर्छ ।
वैज्ञानिकहरूका अनुसार पटक–पटक हात धुने, हातले मुख, नाक र आँखा नछुने, हाते स्यानिटाइजर प्रयोग गर्ने, हाछ्युँ गर्दा, खोक्दा मुख छोप्ने, भीडभाडमा नहिँड्ने आदि उपाय नै कोभिड–१९ भाइरसको प्रतिरोध गर्ने सरल विधि हुन् । यी विधिको पालनाले हामी यो महामारीसँग लड्न सक्छौँ । तर, गौमुत सेवनजस्ता अवैज्ञानिक गतिविधिले हामी यो सङ्कटलाई पार लगाउन सक्दैनौँ ।

Leave a Reply