भर्खरै :

पञ्चायत ढाल्दाका सङ्घर्ष

भैरव रिसाल
पञ्चायतविरोधी आन्दोलनले रूप लिन लाग्यो । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरको एउटा भवनमा पञ्चायत शासनको विरोध गर्ने प्रबुद्ध नागरिकहरूको एउटा बृहद् भेला आयोजना गरिएको थियो । चारसय भन्दा बढी प्रबुद्ध मानिसहरू सहभागी थिए होलान् । उच्च शिक्षालयमा प्रहरी प्रवेश गर्दैन भन्ने थियो । विश्वविद्यालयहरूमा प्रहरी प्रवेश गर्दैन । यो सामान्य मर्यादा हो, शिष्टाचार हो भन्ने सूत्रहरूका आधारमा एउटा छलफल कार्यक्रम राखिएको थियो । पूर्वमहान्यायाधिवक्ता शम्भुप्रसाद ज्ञवाली, गजेन्द्रराज पाण्डेजस्ता व्यक्तित्वहरू सो आन्दोलनमा हेलिएका थिए । बृह्द छलफल भइरहेको थियो । तर पस्यो प्रहरी निर्लज्ज ढङ्गले, त्यो पनि हातहतियारसहित । निर्दलीय पञ्चायती शासनमा यस्ता मर्यादा र रूझान शब्द पढाएकै जस्तो लागेन । बडो अशिष्ट पाराले हातहतियारसहितको प्रहरी बल सभास्थलमा प्रवेश ग¥यो र माइक कब्जा ग¥यो । सभामा उपस्थित सबैलाई समातेर प्रहरीका लहरीहरूमा बाँध्न लगायो, जानकी अघि सरस्वतीका उपासकहरू सबैलाई पुतली सडकस्थित ट्राफिक प्रहरी अफिसमा थुपा¥यो । सबैसँग बयान लिने काम पनि हुनलाग्यो । मध्यरात बितेपछि आधा काँचो आधा पाकेको भात खान दियो । त्यही भुँइमा प्रहरीले दिएका खस्रा ऊनी कम्बल ओछ्याइयौँ, कम्बल नै ओढ्यौँ । रात जेनतेन गुजारा भयो । बिहान आठ बजेतिर चिया खुवायो । ज्ञवाली, डा. पाण्डेहरू आठ जनालाई अन्यत्रै लगेको थियो । जिल्ला प्रहरी कार्यालय हनुमानढोका लगेर थुनेछ । एक एक जना गरी बोलाउँदै महेन्द्र पुलिस क्लव लगी बयान लिँदै छोडिदिन लाग्यो । प्रमुख जिल्ला अधिकारी केशवराज राजभण्डारी थिए । मेरो बयान यिनै दुई जनाले लिएका थिए । मैले वाक्, प्रकाशन र अभिव्यक्ति स्वतन्त्रताका लागि कीर्तिपुरमा भेला भएका हौँ भने । पक्राउ परेको २६ घण्टापछि छुटँे म । त्यतिबेला म नेपाल वातावरण पत्रकार समूहको अध्यक्ष थिएँ ।
आन्दोलनका अनेक रूप
पी.सी. जोशीलगायत को–को हो ले सल्लाह गर्नुभएछ र शासकहरूको बुद्धि फिरोस् भनी पशुपतिनाथको प्रार्थना गर्ने योजना बनेछ । त्यो प्रार्थनामा प्राध्यापक यदुनाथ खनाललाई सहभागी हुन आग्रह गरेँ घरमै गएर । तर, उहाँले म बूढो भइसकेँ भन्नुभयो । भोलिपल्ट म पशुपति पुग्दा त प्रा. यदुनाथ खनाल पुगिसक्नुभएको थियो भने त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. महेन्द्रप्रसाद श्रीमतीसहित पशुपतिनाथको दर्शन गर्न आउनुभएको रहेछ । प्रार्थनामा सहभागी हुन आग्रह गरेँ, सहजै मान्नुभयो । पूर्वमहान्यायाधिवक्ता तथा पूर्वमन्त्री शम्भुप्रसाद ज्ञवाली पनि सो शासकहरूको बुद्धि फिरोस् भन्ने प्रार्थना आन्दोलनमा सरिक हुनुभयो । यी तीनजना विशिष्ट व्यक्तित्वहरूको सहभागी भएकोले अन्तर्राष्ट्रिय समाचार बन्यो । पछि पशुपतिनाथको पश्चिम ढोकाबाट ठूलो जुलुस निस्केछ । जुलुस र प्रहरीबीच भिडन्त भएछ । गौशालामा त्यो जुलुसले आन्दोलनलाई निरन्तरता दियो । यसरी मदन भण्डारीहरूको आन्दोलनको हुण्डरी आयो । २०४६ चैत २६ गते निर्दल हट्यो ।
मदन भण्डारीले राजा वीरेन्द्रलाई राजनीति नगर्न सल्लाह दिए र भने राजनीति गर्ने हो भने राजाले श्रीपेच फुकालेर आउन चेतावनी दिए । मदन भण्डारीलाई चिनेको त के देखेको पनि थिइनँ । आफू वामपन्थीमात्र होइन बरू कम्युनिस्ट नै ठान्थेँ म । व्यवस्था निर्दलीय पञ्चायत नै थियो । त्यो शासन पद्धति ढाल्न धेरैले ज्यानै दिएका थिए । पञ्चायती शासनमा अन्याय, अत्याचार, शोषण अख्तियारको दुरूपयोग, भ्रष्टाचार हलक्कै बढ्दै थियो । जनता सुधारसहितको पञ्चायत व्यवस्था चाहन्छ कि बहुदलीय व्यवस्था ? भनी जनमतसङ्ग्रह पनि गराएका थिए राजा वीरेन्द्रले । जनमत निष्पक्ष हुनसकेन । चरम धाँधली गरी चार लाखभन्दा बढी मत निर्दलमा पार्न लगाएर पञ्चायतलाई विजयी गराएपछि पञ्चायत पहिलेको भन्दा पनि कमजोर हुँदै गइरहेको थियो । पञ्चायतलाई ढाल्न आन्दोलनहरू भइरहेका थिए । जनमतसङ्ग्रहपछि राजनीतिक आन्दोलन सहर–बजारबाट गाउँ–घरतिर प्रवेश गर्दै थियो । राजनीतिक क्रिया भयो जनमतसङ्ग्रह नामको । त्यसको प्रतिक्रियास्वरूप व्यापक जनतामा राजनीति जाग्न थालेको थियो ।

कम्युनिस्ट नेताहरू अस्तिको–हिजोको कुराको विसद वर्णन र व्याख्या गर्न बिछट्टै सिपालु हुन्छन् । प्रायः इतिहास कण्ठ नै हुन्छ । भूगोलमा बरु अलि कमजोर हुन्छन् इतिहासको तुलनामा । सागरले विश्व राजनीतिमा कम्युनिस्ट आन्दोलन एसियामा, एसियाको पनि दक्षिणपूर्व एसिया, अफ्रिका, ल्याटिन अमेरिकी मुलुकहरूमा, क्यारेवियन टापु देश र पूर्वी युरोपका देश के–कस्तो अवस्था छ भनी तर्क र यथार्थको आधारमा चिरफार गरे । यो पृष्ठभूमिमा नेपालको कम्युनिस्ट आन्दोलन, नेपाली काङ्ग्रेस पार्टीको वर्गचरित्र, वर्तमान नेतृत्व, पार्टीभित्रको तीव्र अन्तद्र्वन्द्वको पनि तर्कपूर्ण व्याख्या गरे । त्यसपछि बल्ल नेपालमा वामपन्थी आन्दोलन, वामपन्थी आन्दोलनका पनि स–साना शक्तिमा भइरहेको विभाजनको विवेचना गरे ।

मदन भण्डारीलाई म चिन्दिनथेँ । बनारसतिरै उहाँको राजनीतिक प्रशिक्षण, अध्ययन भयो क्यार ¤ नेपाल आउँदा पनि मदन भण्डारी कहाँ कहाँ बस्ने गर्नुहुन्थ्यो जानकारी थिएन । कम्युनिस्ट नेतृत्व पुस्तान्तरणतर्फ उन्मुख भइरहेको थियो । म पुष्पलाल, तुलसीलाल, मनमोहन अधिकारीहरूका पालाको कम्युनिस्ट । अब मदन भण्डारीका पालाका कम्युनिस्टहरूलाई एकदमै कम चिन्ने । नेतृत्व नयाँ पुस्तातिर सर्दैै गयो । कम्युनिस्ट पार्टी फुट्न थाल्यो । म २०२७÷२८ सालतिर पुष्पलालको सम्पर्कमा थिएँ । यहाँ पुराना कम्युनिस्ट पछि पछि सरकारी नोकरी गरी सहसचिव, सचिव नै भएकाहरूसँग पनि मासिक रूपमा नै पैसो लिन्थेँ र नेता पुष्पलाललाई पठाउँथे । पछि त्यो पनि चालू राख्न सकिएन र टुट्यो । यता कम्युनिस्टहरू फुट्दै नयाँ पार्टी बनाउने काम पनि बढ्दै गइरहेको थियो । मैले पनि राससबाट राजीनामा गरेँ । डा. देवेन्द्रराज पाण्डेले नेतृत्व गरेको संस्था आइडीएस – इन्टिग्रेटेड डेभलपमेन्ट सिस्टम (एकीकृत विकास प्रणाली) भन्ने अनुसन्धानमूलक संस्थामा काम गर्न थालेको थिएँ । जनतामा काम गर्ने सीप भएका आफ्नै दधिकोटका मित्र डोरनाथ न्यौपाने पनि लमजुङ, गोरखाका विपन्न किसानहरूसँग काम गर्थे । उनको केशव बडालसँग सम्पर्क भएछ । यो पृष्ठभूमिमा २०४४ सालमा जस्तो लाग्छ “डोरनाथ न्यौपानेको एक जना नेपाली चमत्कारिक नेताको भाषण सुन्न जाने ?” भनी सोधे । कहाँ जानुपर्ने भन्दा भक्तपुर भने । म जाने भएँ । म डोरनाथको पछि लागेँ । दत्तात्रय पुग्नु अल्लि वरै एउटा ठूलो भवनको तेस्रो तल्लाको बुइँगलमा लगे । त्यहाँ बस्ने व्यवस्था ठिक्कैमात्र थियो । मान्छे बुइँगलभरि थिए । एक जना माले कार्यकर्ताको नेवार जातिको पुरेत राजोपाध्यायको मावली रहेछ । त्यहाँ एक जना नेता जसको नाम सागर भन्ने रहेछ । उनले धारा–प्रवाह रूपमा भाषण गरे । भाषण बडो ओजपूर्ण थियो । मलाई लाग्यो, देश र देशको परिस्थिति बुझेका नेता रहेछ । सागर त छद्म नाम हो मदन भण्डारीको कम्युनिस्ट पार्टीले राखिदिएको ।
दत्तात्रयमा पहिले भाषण सुनेको
कम्युनिस्ट नेताहरू अस्तिको–हिजोको कुराको विसद वर्णन र व्याख्या गर्न बिछट्टै सिपालु हुन्छन् । प्रायः इतिहास कण्ठ नै हुन्छ । भूगोलमा बरु अलि कमजोर हुन्छन् इतिहासको तुलनामा । सागरले विश्व राजनीतिमा कम्युनिस्ट आन्दोलन एसियामा, एसियाको पनि दक्षिणपूर्व एसिया, अफ्रिका, ल्याटिन अमेरिकी मुलुकहरूमा, क्यारेवियन टापु देश र पूर्वी युरोपका देश के–कस्तो अवस्था छ भनी तर्क र यथार्थको आधारमा चिरफार गरे । यो पृष्ठभूमिमा नेपालको कम्युनिस्ट आन्दोलन, नेपाली काङ्ग्रेस पार्टीको वर्गचरित्र, वर्तमान नेतृत्व, पार्टीभित्रको तीव्र अन्तद्र्वन्द्वको पनि तर्कपूर्ण व्याख्या गरे । त्यसपछि बल्ल नेपालमा वामपन्थी आन्दोलन, वामपन्थी आन्दोलनका पनि स–साना शक्तिमा भइरहेको विभाजनको विवेचना गरे । उनको प्रस्तुति बडो वजनदार थियो, तर्कपूर्ण थियो । त्यो बैठकमा केशव बडाल पनि थिए रे । मदन भण्डारी मलाई लाग्यो साँच्चै नै वाचाल रहेछन्, वाक्पटुता विलक्षणको रहेछ । यो सागर नामको नेता साँचै नै नेतृत्व गर्नसक्ने व्यक्तित्व रहेछ भन्ने लाग्यो । त्यो दिनको सागरको कुरा सुनेपछि लाग्यो नेपालमा राज्य हाँक्न सक्ने व्यक्तिहरू जन्माएका रहेछन् नेपाल आमाले । त्यो उहाँको मन्तव्य सुन्ने मान्छेहरू कति वामपन्थी थिए, कति रमिते थिए र थिए कतिजना कुरा बोकुवाहरू थाहा भएन । तर त्यस्ता जमघटहरूमा कुरा बोकुवाहरू–गुप्तचरहरू– हुन्छन् हुन्छन् । थोरैमात्र मान्छे भए प्रहरी आउँछ र लैजान्छ मामाघरतिर थुन्न । धेरै भए मुठभेद हुन्छ भनी प्रहरी प्रवेश गर्दैन । टिपोटमात्र गर्छ त्यहाँको विवरणसहित सरकारलाई दिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *