भर्खरै :

स्वच्छ खानेपानी र सरसफाइ नेपालीको मौलिक हक

काठमाडौँ, ५ चैत । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा खानेपानी तथा सरसफाइ विधेयकको दफावार छलफलमा संशोधन पेश गर्दै नेपालको संविधान २०७३ को मौलिक हक धारा ३५(४) मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको हक हुने उल्लेख भएको हुँदा यो मौलिक हक सम्पत्ति वा पैसा हुनेले मात्र पाउने गरी विधेयकमा प्रावधान राख्न नहुने बताउनुभयो ।
उहाँले मौलिक हकअनुसार स्वच्छ खानेपानी र सरसफाई सबै नेपाली जनतालाई विनामूल्य राज्यले प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउँदै खानेपानीको महसुल विदेशी ऋणको ब्याज र ¥हास कट्टीसमेतको लागि निर्धारण गर्नु उपयुक्त नहुने बताउनुभयो ।
आर्थिकरूपले कमजोर वर्गलाई खानेपानीको धारा र ढल जडान निःशुल्क गर्नुपर्ने र महसुल पनि मिनाहा दिनुपर्ने आवश्यकता औँल्याउँदै खानेपानी महसुल आर्थिक स्थिति कमजोर भएका नेपालीलाई मिनाहा गर्नुपर्ने उल्लेख गर्नुभयो ।
राज्य व्यवस्था समितिको बैठक स्थगित
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती कर्मचारी विधेयकबारे छलफल गर्ने कार्यसूची भएकोमा मन्त्री हृदयेश त्रिपाठी सञ्चो नभएको कारण अनुपस्थित हुनुभएकोले बैठक स्थगित गरियो ।
विधेयकमा कर्मचारी नियुक्ति समानुपातिक समावेशी बनाउने, स्थानीय तहको प्रशासकीय प्रमुख र प्रदेशको मुख्य सचिव सङ्घबाट खटाउनेलगायत विषय टुङ्गिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *