अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
संसारमा हुने कति घटनाको तत्कालीन परिणाम जतिसुकै नराम्रो र पीडादायी भए पनि समयान्तरमा त्यसले पार्ने प्रभाव भने सकारात्मक हुनसक्छ । चीनको उहानबाट फैलिएको महामारीले जनवरी र फेब्रुअरी महिनाभरि चीनका अरबौँ जनतालाई निकै पीडा दियो । धेरै थरी जटिलता सामना गरेर चीनले अन्ततः त्यो भाइरसलाई पराजित ग¥यो र संसारलाई कोभिड–१९ नामको राक्षसी भाइरसलाई पराजित गर्न सकिने सन्देश दियो । चीनले निकै कष्टसाध्य सङ्घर्ष गरेर हासिल गरेको अनुभव आज संसारको लागि काम लागेको छ । चीनले उहानमा ‘लकडाउन’ गर्दा खेदो खन्ने देशहरू समेत यतिबेला चीनले अपनाएकै बाटो पछ्याइरहेका छन् । चीनले भोगेको पीडाले आज संसारमा एउटा उत्साह सञ्चार गरेको छ– ‘कोभिड–१९ भाइरस जति सुकै प्राणघातक भए पनि यसलाई मानिसको वशमा ल्याउन सकिन्छ ।’
कोभिड–१९ को महामारीले यस्तै एउटा सकारात्मक परिणाम दक्षिण एसियामा पनि देखिएको छ । झन्डै आधा दसकदेखि हुन नसकेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशहरूबीचको सम्मेलन यही महामारीले जुराइदिएको छ । आइतबार सार्कका आठ वटै सदस्य देशका नेताहरूले एकै पटक भिडियो सम्मेलन गरे । कोभिड–१९ लाई कसरी दक्षिण एसियामा नियन्त्रण र रोकथाम गर्ने विषयमा भएको सम्मेलनमा नेताहरूले आ–आफ्नो देशमा गरिरहेका काम र सबै मिलेर गर्नुपर्ने जिम्मेवारीबारे चर्चा गरे । निःसन्देह राजनीतिक विचारधारा र कार्यक्रमका आधारमा सार्क देशका सबै सरकार समान छैनन् । सार्क देशहरूबीच आपस बेमेल र अन्तरविरोध पनि छन् । भारत र पाकिस्तानबीचको लामो द्वन्द्व, नेपाल र भारतबीचको सिमाना विवाद, भारतले दक्षिण एसियाका अन्य देशमाथि जमाउन खोजिरहेको प्रभुत्वलगायत धेरै थरी अन्तरविरोध अद्यापि छन् । तथापि सम्पूर्ण मानवजातिकै लागि चुनौती बनेको कोभिड–१९ भाइरससँग लड्न आज सबै देश एकै मञ्चमा आउनु र सहकार्य गर्नुको विकल्प छैन । एक–अर्काबीचका मतभेदलाई तेस्र्याएर सहकार्य नगर्ने हो भने संसारले निकै ठूलो दुःख पाउने निश्चित छ ।
अत्याधुनिक स्वास्थ्य प्रणाली भएका विकसित देशलाई समेत आछुआछु पारेको कोभिड–१९ को महामारीले दक्षिण एसियामा भीमकाय रूप लिए संसार र मानव जातिकै लागि ठूलो क्षति पुग्नेछ । दक्षिण एसियाली देशहरू भौतिक पूर्वाधारको हिसाबमा यो महामारीको सामना गर्न सक्ने अवस्थामा छैनन् । त्यसकारण भाइरसको सङ्क्रमण पूर्णतः रोकथाम गर्नु नै उत्तम विकल्प हो । यसको निम्ति एउटै देशको अग्रसरताले मात्र पुग्नेछैन । दक्षिण एसियाका सबै देशबीच सहकार्य नै उत्तम बाटो हो ।
भाइरसले कुनै देशको सिमाना मान्दैन । कुनै जाति, राष्ट्रियता, क्षेत्र, राजनीतिक विचारधारा मान्दैन । सिमानाहीन भाइरस पराजीत गर्न सबै देशबीच सहकार्य अत्यावश्यक छ ।
आइतबारको भिडियो सम्मेलन पछि ‘कोमा’ अवस्थामा पुगेको मानिएको सार्कले पुनःगति पाउने अपेक्षा गर्न सकिन्छ । सार्क कुनै एउटा देशको प्रभुत्व जटाउने सङ्गठन बन्न हुन्न । अहिलेको यो कदम कुनै पनि दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा अवरोध पु¥याउने नियतमा आधारित हुनुहुन्न । सार्क दक्षिण एसियाली देशहरूका समस्या र चुनौती सामना गर्न सहकार्य गर्ने दबु हो । कोभिड–१९ भाइरसको विश्वव्यापी सन्त्रास सामना गर्न सार्कको सक्रियता स्वागतयोग्य छ ।
Leave a Reply