के ‘गाँसे गुसे एकै नासे’ हो ?
- असार १५, २०८३
काठमाडौं, ६ चैत । कोभिड–१९ को विश्वव्यापी सङ्कटको कारण नेपाल मजदुर किसान पार्टी केन्द्रीय समितिको पूर्ण बैठक स्थगित भएको छ । बिहीबार पार्टी अध्यक्ष नारायणमान बिजुक्छेंको अध्यक्षतामा बसेको पार्टीको सचिवालय बैठकले विश्व स्वास्थ्य सङ्कटको अवस्थामा पार्टीको विधानअनुसार ६–६ महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठक बस्न उपयुक्त नहुने भएकोले अर्को निर्णय नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको हो ।
बैठकले विश्व स्वास्थ्य संकटको अवस्थामा सम्पूर्ण कार्यकर्तालाई सचेत रहन निर्देशन दिएको छ र पार्टी समर्थक एवम् आम जनतालाई समेत सचेत रहन अपिल गरेको छ ।
विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार गएको पुस १५ गतेयता विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोग कोभिड–१९ बाट चैत्र ५ गतेसम्म १३९ भन्दा बढी देश र १९ क्षेत्रमा १,९१,१२७ संक्रमित भएको र मृत्यु ७,८०७ पुगेको छ । यो संख्या हरेक दिन बढदै गइरहेकोले विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य संकट घोषणा गरेको छ भने नेपाल पनि उच्च जोखिममा रहेको उल्लेख गरेको छ ।
Leave a Reply