सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
इड्ना बाेनहाेम
सन् २०१० को जनवरीमा हाइटीमा ठूलो भूकम्प गयो । भूकम्पमा परेर २ लाख ५० हजारभन्दा बढी मानिसको मृत्यु भयो । दस लाख मानिस घरबारबिहीन भए । भूकम्पपीडितको सहायताको लागि म हाइटीको राजधानी पोर्ट–उ–प्रिन्स पुगेकी थिएँ । जनस्वास्थ्यमा भर्खरै स्नातकोत्तर उत्तीर्ण गरेकी र हाइटीकै सन्तति हुनुको नाताले मेरो विज्ञता र भाषिक ज्ञानले भूकम्पपीडितको सेवा हुनसक्ने मलाई लाग्यो ।
त्यहाँ पुग्दा अवस्था निकै भयावह भइसकेको थियो । चरम गरिबी, राजनीतिक अस्थिरता र लगभग ध्वस्तप्रायः पूर्वाधारको थुप्रोमा पनि हाइटीका जनताले जीवन खोजिरहेका थिए । तर, त्यहाँको अवस्था एक महिनापछि अझ खराब बन्यो, जब हैजा नामको मौन हत्यारा त्यहाँ फैलियो ।
संयुक्त राष्ट्र सङ्घीय शान्ति सेना बसेको व्यारेकबाट फैलिएको हैजाको महामारीले दस हजार मानिसको मृत्यु भयो । महामारीले ८ लाखभन्दा बढी मानिस प्रभावित बने । हाइटीमा पानीको मुख्य स्रोत अर्टिबोनाइट नदीसमेत हैजा सङ्क्रमित भयो । राहत कार्यलाई यसले अझ विकराल बनाएको थियो ।
सन् २०१० मा हाइटीमा फैलिएको हैजाको प्रकोप एक्काइसौँ शताब्दीकै सबभन्दा ठूलो हैजाको महामारी थियो । महामारीले अकल्पनीय सङ्ख्यामा मानिसको मृत्यु हुनुका साथै जनजीवन अस्तव्यस्त बनायो । हाइटीको त्यस्तो भयावह अवस्थाप्रति संसारका विकसित देशहरू (ग्लोबल नर्थ) लाई खासै वास्ता भएन । उनीहरूले त्यसबारे वास्ता गरोस् पनि किन ? हाइटीमा त्यत्तिबेला जे भएको थियो, त्यो महामारीसम्बन्धी उनीहरूको पुरानो बुझाइको निरन्तरतामात्र थियो । उनीहरूको बुझाइमा महामारी भनेको कुनै अनौठो, दूरदराज र नियतिवस नै गरीब भूमिमा फैलिने कुनै पुरानो रोगको घातक सङ्क्रमण हो । हाइटीको समाचारले उनीहरूलाई पनि दुःखी बनाएको थियो । केही देशले केही पैसा सहयोग पनि गरे । कसै कसैले केही सामान दिएर पनि सद्भावको हात बढाए । तर, धेरैले त्यो महामारी आफ्नै देशमा त्यस्तै प्रकोप आउन सक्ने खतराको घन्टीको रुपमा लिएनन् । विश्व समुदायले त्यस्ता प्रकोप वा विश्वव्यापी महामारी कुनै पनि बेला आफ्नो दैलोमा सर्न सक्ने विषयमा हेक्का नै राखेनन् ।
यो थियो दस वर्षअघिको कुरा । आज हामी अर्को विश्वव्यापी महामारीको चौघेरामा छौँ । यो पटकको महामारी गरिब देशहरू (ग्लोबल साउथ) मा मात्र फैलिएको छैन । युरोप, उत्तर अमेरिका र अस्ट्रेलियाजस्ता देशमा पनि महामारी फैलिएको छ । उनीहरूले महामारी आफ्नो लागि इतिहासको कुरा भएको सोचेका थिए । सन् १९९० को दसकमा यी देशहरूले प्राणघातक एचआईभी÷एड्सको महामारी सामना गरेका थिए । तर, एचआईभी÷एड्सलाई पनि उनीहरूले मूलतः ‘अरू’ लाई लाग्ने रोग ठानेका थिए । ‘अरू’ भन्नाले समलिङ्गी, अल्पसङ्ख्यक समुदाय र विकासशील देशका जनता थिए ।
गत जनवरीको सुरुमा कोरोना भाइरसको नयाँ र खतरनाक सदस्य पत्ता लागे यता कोभिड–१९ संसारका एक सत्न्दा बढी देशमा फैलिसकेको छ । इटाली, संरा अमेरिका, बेलायत र जर्मनीमा पनि यो भाइरस सङ्क्रमण भएको छ । तीव्रगतिमा सङ्क्रमण हुने रोग भएकोले हरेक समाजका जोकोही पनि भत्ीत छन् । मार्च ११ मा विश्व स्वास्थ्य सङ्गठनले कोरोनाको सङ्क्रमणलाई विश्वव्यापी महामारी (प्यान्डेमिक) घोषणा ग¥यो । रोगको सङ्क्रमण फैलिएका देशहरूको सूची दिनानुदिन बढ्दो छ । विकसित देश (ग्लोबल नर्थ) आज यस्तो महामारीको सामना गरिरहेको छ जसले ती देशभित्रका आन्तरिक र विदेशी ‘अरू’ लाई मात्र प्रभावित बनाएको छैन । बिनाभेदभाव ती देशका सबै नागरिकलाई यसले प्रभावित बनाएको छ ।
प्यान्डेमिकले मर्नेको सङ्ख्या ६ हजार ५ सय पुगेको छ । संसारको अर्थतन्त्रमा यसले गहिरो प्रभाव पारेको छ । विगतमा महामारीलाई टाढाबाट अवलोकन गर्ने देशहरू आज भाइरसको सङ्क्रमणविरुद्ध दिलोज्यानले लडिरहेका छन् । आफ्ना नागरिकलाई थप क्षति पुग्नुअघि नै यो भाइरस रोक्न ती देशहरू लागिपरेका छन् ।
१८ सत्न्दा बढी नागरिक गुमाइसकेको इटालीको सरकारले सिङ्गो देशलाई क्वारेन्टाइनमा राखेको छ । सारा देश आज ठप्प छ । संरा अमेरिकाले युरोपेली देशहरूसँग आवतजावत एक महिनाको लागि बन्द गरेको छ । जर्मनीले अस्ट्रिया, डेनमार्क, फ्रान्स, लक्जम्बर्ग र स्वीट्जरल्यान्डसँग सिमाना बन्द गरेको छ । जर्मनी सरकारले एक सत्न्दा बढी मानिस सहभागी बन्ने सम्पूर्ण सार्वजनिक समारोह स्थगित गरेको छ । स्पेनले नागरिकलाई घरबाट बाहिर नआउन सूचना जारी गरेको छ । सबै विद्यालय, खाजाघर र बारहरू बन्द गरिएका छन् । हवाई उडान लगभग ठप्प छ । युरोपको सबभन्दा व्यस्त लन्डनको हाथ्रो विमानस्थलले सन् २०१९ को यही समयको तुलनामा अहिले यात्रुको सङ्ख्या ४.८ प्रतिशतले घटेको बताएको छ । मानिसहरू आफ्ना दैनिक आवश्यकता पूर्ति गर्न किनमेलमा दौडादौड गरिरहेका छन् । क्यानमा भण्डार गरिएको खाद्य पदार्थ, पास्टा र ट्वाइलेट पेपर पसलमा सकिएको छ । सबैतिर अभाव हुन थाले पछि मानिसहरूले मुखमा लगाउने मास्क, हातमा लगाउने स्यानिटाइजर र अन्य सङ्क्रमणप्रतिरोधी औषधि जम्मा गर्न थालेका छन् ।
यो विश्वव्यापी महामारीप्रति विकसित देशको प्रतिक्रिया निकै पहिले प्लेग फैलिँदा युरोपेलीहरूको जातीय घृणा फैलाउने खालको व्यवहारसँग मिल्दोजुल्दो छ । आफ्नो ठाउँमा रोग पस्न नदिन उनीहरूले आफूलाई विदेशीबाट अलगमात्र गरेनन्, बरु धेरै देशले यो सङ्कटकालमा अनावश्यक पीडा, जातीय घृणा र जातिवादसमेत फैलाए । संरा अमेरिकादेखि बेलायतसम्म एसियाली मूलका मानिसहरू आज जातिवादी व्यवहार र जातीय घृणा सामना गरिरहेका छन् । मानिसहरू अनावश्यकरूपमा यो महामारीको लागि एसियाली मुलका मानिसलाई दोषारोपण गरिरहेका छन् ।
विश्वव्यापी महामारी हावामा निराधार जन्मेको होइन । पुँजीवाद र उपनिवेशवादकै हिस्सा र परिणाम नै महामारी हुन् । विगतमा देखिएका ठूला महामारीको नियन्त्रण र रोकथाम गर्ने हाइटीदेखि सिएरा लिओनसम्मको सङ्घर्षले महामारी फैलिनुअघि ती देशमा बलियो जनस्वास्थ्य प्रणालीको अभाव भएको देखियो । यसो हुनुको मूल कारण भनेको उनीहरूको उपनिवेशकालीन इतिहास नै हो । युद्धदेखि आप्रवासन, आवश्यकताभन्दा बढी उत्पादनदेखि बढ्दो यात्रा सबै पुँजीवादका उत्पादन हुन् । यी सबै महामारीका चुरो कारण हुन् ।
समग्रमा विकसित देशहरूले आज हामीले सामना गरिरहेको सङ्कटको विश्वव्यापी प्रकृति बुझ्न सकिरहेका छैनन् । आफूलाई जोगाउने दौडमा लाग्दा उनीहरू फेरि पनि महामारीबारे आफ्नो पुरानो धारणामा फर्किन खोजिरहेका छन् । उनीहरूमा अझै पनि महामारी भनेको ‘फोहोरी र अनौठा अरू’ बाट सर्छ भन्ने पुरानो धारणा बाँकी छ ।
उनीहरूले कोभिड–१९ को विश्वव्यापी महामारी रोकथाम र नियन्त्रणको लागि विश्वव्यापी जनस्वास्थ्य रणनीतिको आवश्यकतालाई बुझ्न चाहेका छैनन् । यस्ता महामारी भविष्यमा पनि फेरि आउन सक्ने कुरा उनीहरूले बोध गर्न चाहिरहेका छैनन् । उनीहरू आफूलाई मात्र जोड दिइरहेका छन् । आत्मकेन्द्रित व्यवहार गरिरहेका छन् । उदाहरणको लागि कोरोना भाइरसको खोप बनाउने अनुसन्धानमा लागेका जर्मनीका वैज्ञानिकहरूको काम संरा अमेरिकाले धेरै पैसा दिएर किन्न खोजिरहेको छ ।
विश्वव्यापी महामारी हावामा निराधार जन्मेको होइन । पुँजीवाद र उपनिवेशवादकै हिस्सा र परिणाम नै महामारी हुन् । विगतमा देखिएका ठूला महामारीको नियन्त्रण र रोकथाम गर्ने हाइटीदेखि सिएरा लिओनसम्मको सङ्घर्षले महामारी फैलिनुअघि ती देशमा बलियो जनस्वास्थ्य प्रणालीको अभाव भएको देखियो । यसो हुनुको मूल कारण भनेको उनीहरूको उपनिवेशकालीन इतिहास नै हो । युद्धदेखि आप्रवासन, आवश्यकताभन्दा बढी उत्पादनदेखि बढ्दो यात्रा सबै पुँजीवादका उत्पादन हुन् । यी सबै महामारीका चुरो कारण हुन् ।
हामी बसेको आजको विश्वमा पुँजीवाद र उपनिवेशवादका अवशेषले युद्ध, अभूतपूर्व आप्रवासनको लहर, जनस्वास्थ्य सङ्कट, अन्तर्राष्ट्रिय र अन्तरमहादेशीय यात्रामा बढ्दो निर्भरता, महामारी आदि अवश्यम्भावी छ । कोभिड–१९ को महामारीले विकसित देशहरूसहित कुनै पनि देश यस्ता महामारीबाट टाढा रहन नसक्ने देखिएको छ ।
तथापि बृहत् दृष्टिकोणमा आधारित स्वास्थ्य नीति लागू गरिए यस्ता महामारीलाई विश्व समुदायले पराजित गर्नसक्छ । कोभिड–१९ र भविष्यमा आउने अन्य महामारीलाई पराजित गर्न संसारभरका सबै शक्ति एक भएर लड्न सक्नुपर्छ । विश्वको जनस्वास्थ्य सुनिश्चित गर्न संसारका औषधि उद्योगहरूले सबैतिरका सबै मानिसलाई हुने गरी अत्यावश्यक औषधि र खोपको उत्पादन गर्नुपर्छ । यसो गर्नसके भविष्यमा कोभिड–१९ को खोप सबैले निःशुल्क पाउन सक्छन् । यस्ता सहकार्यको कदमले वास्तवमै निःशुल्क र अनिवार्य स्वास्थ्य सेवा प्रणालीको माग पूरा गर्न सक्छ । स्वास्थ्य सेवा सबै देशका सबै मानिसको निर्विवाद मानवअधिकार बन्न सक्छ ।
तर, यो उपलब्धि हासिल गर्न आजको विश्व व्यवस्थाले निम्त्याएको जनस्वास्थ्य सङ्कटप्रति विकसित देशहरू (ग्लोबल नर्थ) ले जिम्मेवारी लिनुपर्छ । आजको विश्व व्यवस्थाले ग्लोबल नर्थलाई मात्र फाइदा पुगेको छ । यो विश्व व्यवस्थाले हाइटीजस्तो देशमा हैजाजस्तो महामारी फैलिँदा वास्ता गर्दैन । ‘अरू’लाई परेको दुःखमात्र ठानेर चुपचाप बस्छ । संसारका शासकहरूले गरिब देशहरू महामारीका स्रोत होइनन्, बरु पुँजीवादले निम्त्याएका महामारीका बारम्बारको शिकार भएको बुझेपछि हामीले कोभिड–१९ जस्तो महामारीलाई पराजित गर्ने विश्व स्वास्थ्य प्रणाली विकास गर्नसक्छौँ ।

(इड्ना बाेनहाेम कलाकार, इतिहारकार, लेक्चरर र लेखक हुनुहुन्छ ।)
स्रोतः अल जजिरा
नेपाली अनुवादः सुमन
Leave a Reply