शैक्षिक सत्र सञ्चालन र आइतबार बिदा सम्बन्धमा मध्यपुर नपामा अभिभावक सङ्घको ज्ञापनपत्र
- बैशाख ४, २०८३
भक्तपुर, ५ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नेपाल विद्युत् प्राधिकरणको भक्तपुर–ललितपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भक्तपुरमा तार भूमिगत गर्ने विषयमा मङ्गलबार छलफल भयो ।
भक्तपुरको मुख्य सडकमा अव्यवस्थित रहेका तारहरूको भूमिगत गर्ने रुटहरूबारे सरोकारवाला पक्षहरूबीच छलफल भयो । सो आयोजना एसियाली विकास बैङ्क, नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको सहयोगमा हुनेछ । मेसिनबाट खाल्डो खन्ने आधुनिक प्रविधि उपयोग गरी तार भूमिगत गरिने जानकारी दिइयो ।
छलफलमा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद वत्स्याल, वडाध्यक्षहरू रवीन्द्र ज्याख्व, उकेश कवां, हरिप्रसाद बासुकला, आयोजनाका उप–कार्यकारी निर्देशक मनोज सिलवाल, प्रबन्धक जुजुरत्न शाक्य, उपप्रबन्धक वीरेन्द्रकुमार झालगायतको उपस्थिति थियो ।
तार भूमिगत गर्ने सम्बन्धमा जनप्रतिनिधि र ख्वप इन्जिनियरिङ कलेजका प्राविधिकहरूले अध्ययन गरी प्रस्ताविक योजनामा सुधार गर्ने सहमति भएको छ ।
Leave a Reply