भर्खरै :

पश्चिमा पूर्वाग्रह र कोभिड – १९ सङ्क्रमण

टम फोडी
चीनमा कोभिड – १९ फैलिएको बखत पश्चिमा मिडियाले कुनै एउटा देशको राजनीतिक प्रणाली र प्रशासनमाथि खुलमखुला हमला गर्न महामारीलाई प्रयोग गर्न दुई पटक विचार गरेनन् । जनवरी र फेब्रुअरी महिनाभरि हुपेइ प्रान्तमा चीन र त्यहाँको नेतृत्व पूर्णतः असफल भएको समाचार लगातार सम्प्रेषण भइरहे । आफ्ना समाचारमा उनीहरूले उदार राजनीतिक प्रणालीबारे अर्ति उपदेश दिन पनि छोडेनन् । उनीहरूलाई कुनै बेला त्यो महामारीबाट आफू पनि पिरोलिन सक्ने कुरा सोच्दा पनि सोचेनन् ।
चीनका निख्खर आलोचक बीबीसीका चीन संवाददाता स्टेफन मेकडोनलले डा. ली वेनलियाङको निधनलाई ‘राजनीतिक सङ्कटको चुरो’ को संज्ञा दिँदै त्यसलाई ‘चिनियाँ प्रशासनको नेतृत्व र नियन्त्रण प्रणालीको खराब पक्षको परिणाम’ भएको बताएका थिए । अमेरिकाका तीन वटा ‘ठूला’ अखबारले चीनमाथि हमला गर्न कुनै कसर बाँकी राखेनन् । उनीहरू चीनलाई ‘एसियाको बिरामी मान्छे’ को संज्ञा दिनसमेत पछि परेनन् । अरू पनि धेरै पश्चिमा मिडियाले चीनभन्दा पश्चिमा अब्बल भएको भन्दै अनेकन दाबी गरिरहे । चीनबारे नकारात्मक समाचार फलाक्नमा उनीहरूले मज्जा माने ।
एक महिनापछि आज दृश्य परिवर्तन भएको छ । पछिल्ला तथ्याङ्कले चीनमा सङ्क्रमितको सङ्ख्या निकै ओरालो लागेको देखाएको छ । हुपेइ प्रान्तमा पनि सङ्क्रमितको सङ्ख्या निकै तल झरेको छ । चीनले धेरै नागरिक गुमाउनुका साथै आर्थिक रूपमा पनि धेरै मूल्य चुकाउनुप¥यो । तथापि चीनले कोभिड–१९ लाई पराजित गर्न सफल भएको कुरा स्पष्ट छ ।
निःसन्देह चीनले यो लडाइँमा ठूलो सौम्यता र सक्रियता देखायो । अर्कोतिर चीनमा अवस्था सुधार भएसँगै पश्चिमा देशहरू जस्तै इटाली, फ्रान्स, जर्मनी, स्पेन र संरा अमेरिकाले कोभिड–१९ को मार खेपिरहेकी छिन् ।
कोभिड–१९ भाइरस संसारभरको महामारी हो । यसमा कसको जीत र कसको हार भन्ने कुरा होइन । तथापि सङ्क्रमणको सुरुवाती चरणमा पश्चिमा मिडिया र राजनीतिक नेताहरूले यसलाई जीत र हारको विषय बनाएका थिए । आफूलाई अब्बल ठान्ने र चीनमाथि हमला गर्ने हुटहुटीले उनीहरूले सावधानीमा कमजोरी गरे । उनीहरू आत्मश्लाघामा नै मस्त भए । यो सङ्क्रमणलाई उनीहरूले सरलरूपमा राजनीतिक सङ्कट भएको सोचे । आज जसै यो भाइरस संसारभर फैलियो, केही व्यक्तिको निद्रा खुलेको छ । आज उनीहरू बुझ्दै छन्, यो सङ्कट विचारको जगमा उभिएको छैन । चीनले भाइरस नियन्त्रण गर्न गरेका काम अपरिपक्व थिएन ।

कोभिड–१९ को समाचार सम्प्रेषणमा पनि यही समस्या हावी बन्यो । कोभिड–१९ को महामारीलाई उनीहरूले प्रष्टतः राजनीतिक असफलताको रूपमा चित्रण गर्न खोजे । पश्चिमा देशका नेतृत्वले यो महामारीको जग चीनको विचारधारा भएको सोचे । त्यसकारण आफू त्यसको शिकार नहुने उनीहरूमा विश्वास थियो ।
भाइरस सङ्क्रमण रोक्न चीनले चालेका कदमलाई पनि पश्चिमा मिडियाले असफलताको संज्ञा दिए । जस्तै द न्यू योर्क टाइम्सले हुपेइ प्रान्तमा चीन सरकारले घोषणा गरेको क्वारेन्टाइनलाई ‘मानिसको स्वतन्त्रताको हनन’ भन्यो । त्यही कुरालाई औँल्याएर उनीहरूले चीनको राजनीतिक प्रणालीमा खोट लगाए । त्यस्तै संरा अमेरिकी नेताहरूले चीनसँग व्यापार गर्नु भरपर्दो नभएको कुरा पुष्टि गर्न यही मौकामा चौका हान्न खोज्यो । पत्रपत्रिकामा त्यही आशयका धेरै लेख रचना पनि प्रकाशित भए ।

पश्चिम भनेको के हो ? युरोपको भूगोललाई सङ्केत गरेर बनेको यो शब्दले आफूभन्दा विपरीत ‘गैर पश्चिम’ वा अझ विशेषतः ‘पूर्व’ माथि आफूलाई राजनीतिक र सामाजिकरूपमा अब्बल मान्ने देशहरूको समूह जनाउँछ ।
क्रिस्चियन धर्मबाट उदार विचारधारामा फड्को मारेका यी देशहरू आफ्नो विचारधारा नै संसारको एउटै मात्र ध्रुवसत्य राजनीतिक विचार भएको सोच्छन् । अनि उनीहरू त्यही सत्य अरूलाई सिकाउन खोजिरहेका हुन्छन् । आफ्ना परम्परागत विश्वास पढाउन खोजेजस्तै उनीहरू आफ्नो बाटो नै एउटा मात्र बाटो भएको विश्वास गर्छन् । आफ्नो बाटोबाहेक अरू सबै बाटोलाई उनीहरू वैधानिक वा आधिकारिक मान्दैनन् । जसले उदारवाद पछ्याउँछ, उनीहरू नै ‘सत्य’ हुन् र जसले यो बाटो पछ्याउँदैन उनीहरू भ्रमित वा अज्ञानी भएको उनीहरू सोच्छन् ।
चीनप्रति पश्चिमा देशको धारणा यही वैचारिक धरातलमा आधारित छ । उनीहरू त्यही भएर चीनको राजनीतिक प्रणालीलाई पूर्णतः अवैध र बेतुकको ठहर गर्छन् । त्यसकारण अब चीनलाई सही बाटोमा परिवर्तन गर्नुपर्ने दायित्व पश्चिमको भएको उनीहरू सोच्छन् । त्यस्तो पत्रकारिता नकारात्मकता, पागलपन र स्खलनउन्मुख विश्वासले भरिएको पूर्वाग्रहपूर्ण विचारधारामा आधारित हुन्छ ।
कोभिड–१९ को समाचार सम्प्रेषणमा पनि यही समस्या हावी बन्यो । कोभिड–१९ को महामारीलाई उनीहरूले प्रष्टतः राजनीतिक असफलताको रूपमा चित्रण गर्न खोजे । पश्चिमा देशका नेतृत्वले यो महामारीको जग चीनको विचारधारा भएको सोचे । त्यसकारण आफू त्यसको शिकार नहुने उनीहरूमा विश्वास थियो ।
भाइरस सङ्क्रमण रोक्न चीनले चालेका कदमलाई पनि पश्चिमा मिडियाले असफलताको संज्ञा दिए । जस्तै द न्यू योर्क टाइम्सले हुपेइ प्रान्तमा चीन सरकारले घोषणा गरेको क्वारेन्टाइनलाई ‘मानिसको स्वतन्त्रताको हनन’ भन्यो । त्यही कुरालाई औँल्याएर उनीहरूले चीनको राजनीतिक प्रणालीमा खोट लगाए । त्यस्तै संरा अमेरिकी नेताहरूले चीनसँग व्यापार गर्नु भरपर्दो नभएको कुरा पुष्टि गर्न यही मौकामा चौका हान्न खोज्यो । पत्रपत्रिकामा त्यही आशयका धेरै लेख रचना पनि प्रकाशित भए ।
तथापि यो मूल्याङ्कन सही ठाउँमा परेन । नीति निर्मातामा हावी रहेको अहम् भावनाले अब के हुन सक्छ भन्ने कुरा सोच्न असमर्थ बनाइदियो । किनभने उनीहरूलाई आफूमा कुनै समस्या नभएको कुरा विश्वास गर्नमै फुर्सद थिएन । त्यही भएर आज चीनले यो भाइरसलाई पराजीत गर्दा पश्चिमा देशहरूमा यसको सङ्क्रमण फैलिरहेको छ । उनीहरूको राजनीतिक प्रणालीले यो भाइरसविरुद्ध लड्ने कुनै थप प्रतिरोध क्षमता प्रदान गरेको छैन । आज उनीहरूको बजारको अवस्था अराजक बनेको छ । संरा अमेरिकाले त यतिबेला आफूलाई आवश्यक परेको परीक्षण सामग्रीसमेत बटुल्न सकेको छैन । धेरैले सोचेको वा आशा पनि गरेको थिएन । तर, पेइचिङले भाइरसलाई सफलतापूर्वक पराजित ग¥यो । आज पश्चिम क्रमशः सङ्कटको समय सामना गरिरहेको छ ।
त्यसकारण, चीनबारे पश्चिमा मूल्याङ्कन वा बुझाइ बनाउँदा वैचारिक र राजनीतिक पूर्वाग्रहले कसरी काम गर्छ भन्ने कुरा प्रस्ट हुन्छ । मध्ययुगदेखि नै पश्चिमा विचारधारा अब्बल भएको सोचाइ उनीहरूमा हावी थियो । उनीहरू आफ्नो जीवन नै अब्बल खालको भएकोले विदेशी वा गैरपश्चिमा कुनै पनि रोगले आफूलाई छुन नसक्ने विश्वास उनीहरूको हुने गरेको छ । विडम्वना वास्तविकता त्यस्तो होइन । रोगले कुनै देश वा राजनीतिक प्रणाली भन्दैन । त्यसकारण यो समयमा सम्पूर्ण मानव जाति एक ठाउँमा बसेर काम गर्नु र यो महामारीलाई पराजित गर्नुको अर्को विकल्प नै छैन ।
(लेखक बेलायतका राजनीतिज्ञ, अन्तर्राष्ट्रिय सम्बन्ध विश्लेषक एवम् अक्सफोर्ड विश्वविद्यालय र डर्हम विश्वविद्यालयका पूर्वविद्यार्थी हुनुहुन्छ ।)
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *