सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
–रमेश लम्साल
काठमाडौँ, ८ चैत । कोरोना भाइरसका कारण विश्व नै त्राहीमाम भइरहेका बेला त्यसको प्रभाव विभिन्न क्षेत्रमा परेको छ । नेपालका विभिन्न विकास निर्माणका कामसमेत त्यसबाट प्रभावित भएका छन् । निर्माण सम्पन्न हुने क्रममा पुगेका र राम्रो भौतिक प्रगति भएका जलविद्युत् आयोजनासमेत त्यसबाट नराम्ररी प्रभावित भएका छन् ।
चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरिरहेका दुई आयोजनामध्ये एक आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको थियो । तर, कोरोना भाइरसका कारण चिनियाँ प्राविधिक आउन नसक्दा इलेक्ट्रोमेकानिकल उपकरण जडान गर्न समस्या भएको छ ।
कम्पनीले माथिल्लो र तल्लो साञ्जेन गरी दुई आयोजना निर्माण गरिरहेको छ । त्यसमध्ये १८.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेनको काम करिब सम्पन्न हुने चरणमा पुगेको थियो । भौतिक निर्माणको काम करिब ९० प्रतिशत सम्पन्न भएको सो आयोजनाको विद्युत् गृहमा उपकरण जडान गर्ने कार्यतालिका तय गरिएको थियो । तर गत डिसेम्बरको अन्तिमदेखि चीनमा फैलिएको कोरोनाका कारण चिनियाँ कामदार उतै रोकिँदा उपकरण जडानमा समस्या भएको साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
चीनमा कोरोनाको सङ्क्रमण कम भएपछि चिनियाँ प्राविधिक आउने सूचना आए पनि सरकारले विदेशी नागरिकलाई तत्काल नेपाल आउन लगाएको प्रतिबन्धका कारण उनीहरू उतै रोकिएका छन् । कोरोनाको प्रभाव न्यून नहुँदासम्म आयोजनामा कुनै काम नहुने अवस्था देखिएको छ ।
“कोरोना भाइरसको असरले उपकरण जडानको काम प्रभावित भएको छ, चिनियाँ कामदार फर्किन नसक्दा उपकरण जडानमा ढिलाइ भएको हो”, उहाँले भन्नुभयो । रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेनबाट चालू आर्थिक वर्षको अन्त्यदेखि विद्युत् उत्पादन सुुरु गर्ने लक्ष्य राखिएको छ । कोरोनाका कारण थपर दुई महिना पर धकेलिने अवस्था आएको श्रेष्ठको भनाइ छ ।
“कोरोनाको असरले काम रोकिँदा उत्पादन तालिका पनि पछि सर्ने सम्भावना देखिएको छ, हेरौँ प्रभाव कस्तो पर्छ, सोही आधारमा थप निर्णय होला”, श्रेष्ठले भन्नुभयो । यस्तै आयोजना सकिएको भए पनि प्रसारण लाइनको अभावमा उत्पादित विद्युत् पूर्ण क्षमतामा राष्ट्रिय प्रसारण लाइनमा जोड्न पनि समस्या रहेको थियो । निर्माणाधीन चिमिमे–त्रिशूली थ्री बी हब प्रसारण लाइन र सवस्टेशनको कामसमेत पूरा भएको छैन । सो प्रसारण लाइन नबने पनि वैकल्पिक व्यवस्था गरेर नौ मेगावाट विद्युत् जोड्ने तयारी गरिएको थियो । रासस
Leave a Reply