भर्खरै :

कञ्चनपुरमा “लक डाउन”

कञ्चनपुर, ९ चैत । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर अनिश्चितकालीन ‘कर्फ्यु’ लगाएको छ ।
जिल्ला सुरक्षा समितिको आइतबारको बैठक निर्णयअनुसार कोरोना भाइरस सङ्क्रमण भित्रन नदिन उच्च सतर्कता अपनाउन कार्यालयले आइतबार राति १२ बजेदेखि कर्फ्यु लगाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले सतर्कताका लागि कर्फ्यु लगाउने निर्णय भएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार अत्यन्त जरूरी सूचना प्रकाशित गरी मङ्गलबार बिहान ७ बजेदेखि अर्को सूचना नभएसम्मको लागि गड्डाचौकी नाकाबाट पैदल यात्रुसमेत आवतजावत गर्न नपाउने गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद अधिकारीले हस्ताक्षरबाट प्रकाशित उक्त सूचनाअनुसार दैनिक उपभोग्य सामान, खाद्य, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्दार तथा राहत कार्यमा संलग्न यातायातबाहेक सबै प्रकारका पसल, व्यवसाय, उद्योग, कलकारखानासमेत आइतबार राती १२ बजेदेखि बन्द गरिएको छ । त्यस्तै सीमा नाकामा रहेका सबै प्रकारका मदिरा पसलहरू तत्काल बन्द गर्न निर्देशन गरिएको छ । सर्वसाधारण नागरिकले आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन आह्वान गरिएको छ । सूचनाको बर्खिलाप गरी विनाकारण घर बाहिर निस्किएको पाइएमा सुरक्षाकर्मी तथा अधिकार प्राप्त अधिकारीले जाँचबुझ गरी कानुनबमोजिम गर्ने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *