भर्खरै :

महामारीसम्बन्धी तीन शङ्काबारे अमेरिकाले विश्वलाई जवाफ दिनुपर्छ

हाल कोरोना भाइरसबारेका आशङ्का झन् झन् बढी अमेरिकामाथि लक्षित हुँदै गएको छ । महामारीसम्बन्धी तीन शङ्काबारे अमेरिकाले विश्वलाई व्याख्या गरी जवाफ दिनुपर्छ ।
पहिलो, अमेरिकी रोगको नियन्त्रण र रोकथाम केन्द्र अर्थात् सीडीसीको पछिल्लो तथ्याङ्कअनुसार, सन् २०१९ सेप्टेम्बरदेखि सुरू भएको अमेरिकी फ्लूबाट करिब तीन करोड अमेरिकी सर्वसाधारण सङ्क्रमित हुनुका साथै २० हजारभन्दा बढीको मृत्यु भयो । वास्तवमा फ्लूबाट मृतकहरूमध्ये केहीलाई कोभिड–१९ सङ्क्रमण भएको सीडीसीका प्रमुख रोबर्ट रेडफिल्डले सार्वजनिकरूपमा पुष्टि गर्नुभयो । त्यसैगरी फ्लूबाट २० हजार जना मृतकहरूमध्ये कति जना कोरोनाबाट सङ्क्रमित भएका थिए ? अमेरिकाले फ्लूद्वारा कोभिड–१९ को ढाकछोप गरेको छ कि छैन ?
दोस्रो शङ्का भनेको सन् २०१९ जुलाईमा अमेरिकाले किन अकस्मातरूपमा मेरील्याण्ड राज्यस्थित डेट्रिक रासायनिक तथा जैविक हतियार आधार बन्द गरेको थियो ? उक्त आधार अमेरिकी सेनाको सबैभन्दा ठूलो रासायनिक र जैविक हतियारको अनुसन्धान केन्द्र हो । यो केन्द्र बन्द भएपछि अमेरिकामा धेरै निमोनिया वा निमोनियाजस्तै बिरामी भेटिएका छन् । हाल केही मान्छेले ह्वाइट हाउसको वेसाइटमा अमेरिका सरकारसँग उक्त आधार बन्द गर्ने वास्तविक कारण सार्वजनिक गर्न आग्रह गरेका छन् । अमेरिकाले स्वदेशका सर्वसाधारणको जीवन तथा स्वास्थ्यको विचार गरेमा उक्त प्रश्नको जवाफ दिनुपर्छ ।
तेस्रो, फेब्रुअरीमा अमेरिकी सरकारले कोभिड–१९ महामारीलाई महत्व नदिनुका साथै किन केही सांसदले आफ्नो हातमा रहेका लाखौँ डलर शेयर बेचेका थिए ? यी राजनीतिज्ञहरूले एकातिर भित्री ट्रेडिङ्ग गर्दा स्टक बिक्री गर्नुका साथै अर्कातिर महामारी पनि ढाकछोप गरेका छन्, हो कि ?
समय र जीवन मानवजातिले उद्धार गर्न सक्दैन । यस विषयबारे अमेरिकाले स्पष्टरूपमा व्याख्या गर्नुपर्छ । (सीआरआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *