भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
काठमाडौँ, ९ चैत । प्रेस काउन्सिल नेपालले गलत सूचना, समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमहरूलाई निर्देशन दिएको छ । आइतबार एक वक्तव्य जारी गरी काउन्सिलले कोभिड–१९ को महामारी फैलिरहेको समयमा केही मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हल्ला, अनुमानका आधारमा लापरबाहीपूर्वक तथ्यहीन सूचना सम्प्रेषण हुने गरेको पाइएको र संयमित हुनुपर्ने गम्भीर समयमा समाजका कतिपय जिम्मेवारी व्यक्तिले आममानिसलाई नै आतङ्कित र तरङ्गित बनाउने गरी केही मिडियामार्फत अफवाह फैलाइरहेको उल्लेख छ ।
वक्तव्यमा भनिएको छ, “प्रेस काउन्सिल नेपाल पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को ५ को दफा १४ को ‘पत्रकार तथा सञ्चारमाध्यमले व्यक्तिको स्वास्थ्य, महामारीलगायत जनस्वास्थ्यसँग सरोकार रहने विषयसम्बन्धी सामग्री पाठक, स्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुने गरी अतिरञ्जित तवरमा कोही, कसैका बारेमा पनि सम्प्रेषण गर्नुहुँदैन’ भन्ने प्रावधानको ख्याल गरी सूचना, समाचार सम्प्रेषण प्रवाह गर्न आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गर्दछ ।”
आइतबार बसेको प्रेस काउन्सिलको बैठकले तत्कालको लागि सूचीकरणका लागि निवेदन फाराम लिने कार्य र पत्रपत्रिका वर्गीकरणको प्रमाणपत्र वितरण कार्य स्थगन गर्ने निर्णय गरेको छ ।
Leave a Reply