अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
बनेपा
बनेपा नगरपालिकाले चैत १० गते सोमबार मध्यरातदेखि नगर क्षेत्रमा लक डाउन घोषणा गरेको छ । सोमबार बसेको सर्वपक्षीय बैठकले खाद्यान्न, औषधि, दूग्ध पदार्थ, पिउने पानी, फोहोर मैला व्यवस्था, इन्धन, फलफुल, सञ्चार सेवा, बैकिङ सेवा तथा अत्यावश्यक बस्तु ढुवानी सेवालगायत कानुन बमोजिमका अत्यावश्यक सेवा बाहेकका पेशा व्यवसाय र सेवा बनेपा नगर क्षेत्रभित्र पूर्ण रुपमा बन्द गरी बनेपा नगरपालिका क्षेत्रलाई लक डाउन गर्ने निर्णय गरेको हो ।
बैठकले अत्यावश्यक अवस्थामा बाहेक घर बाहिर ननिस्कन आह्वान गरेको छ । नगरपालिकाले जारी गरेको सूचनामा अरनिको राजमार्ग बाहेक नगर क्षेत्रका कुनै पनि स्थानमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा पूर्णतः रोक लगाइएको उल्लेख छ । अरनिको राजमार्ग भएर सञ्चालन हुने सवारी साधन बनेपा नगर क्षेत्रमा रोक्न पूर्ण रुपमा निषेध गरिएको छ ।
सूचनामा कसैमा कोरोना भाइरसको संक्रमणको आशंका भएमा वडा कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न, विदेशबाट आएका आफन्त वा अपरिचित मानिस देखिएमा वडा कार्यालय वा प्रहरी कार्यालयमा खबर गर्न र कुनै व्यक्ति संक्रमण देखिएकामा नगरपालिकाले निर्धारण गरेको स्थान वा तोकिएको अस्पतालमा क्वारेन्टिनमा रहने व्यवस्था मिलाउने आदि उल्लेख छ ।
Leave a Reply