भर्खरै :

कोरोना सन्त्रास र फितलो सरकारी कार्ययोजना

भरत ढुङ्गेल
अहिले विश्वभरि नै कोभिड—१९ नामक कोरोना भाइरसले आतङ्क मच्चाइरहेको छ । चीनको उहानमा यसले जरा गाड्दै गर्दा विश्वका, विशेषगरी अमेरिका र युरोपका केही मुलुकले चिनियाँहरूको गलत खानपानका कारणले भएको भनी हलुका ढङ्गले टिप्पणी गरिरहेका थिए । मानौँ यसको सङ्क्रमण चीनभन्दा बाहिर जानसक्दैन । यो लेख तयार पार्दै गर्दा यस भाइरसका कारणले विश्वमा ज्यान गुमाउनेको सङ्ख्या १४,६०० नाघिसकेको छ । विश्वव्यापी महामारी फैलिरहेको अवस्थामा, चीनकै छिमेकी मुलुक नेपाललाई यसको असर नपर्ने त कुरै भएन । नेपाल सरकारले हालसम्म गरेका केही कार्यहरूलाई सकारात्मकरूपमा लिन सकिन्छ । जस्तैः चीनमा अध्ययनरत विद्यार्थीहरूलाई विशेष विमानमार्फत नेपाल ल्याएर आफ्ना नागरिकप्रतिको जिम्मेवारी बहन गरेकोमा । हालसम्म नेपालमा एक जनामा सङ्क्रमण फेला परी निको भएको र भर्खर एक जनामा फेला परिसकेको अवस्थामा सरकारी घोषणा र कार्ययोजना फितलो छैन र ? कथनी एउटा करणी अर्कै भएको आभाष भइरहेको छ ।

सम्बोधनमा महत्वपूर्ण कुरा नै छुटेको देखिन्छ । यदि कहीँकतै कसैलाई आशङ्का लागेको खण्डमा टेकुबाहेक कहाँ सम्पर्क गर्ने ? हालै सञ्चारमाध्यममा दुईवटा घटना सार्वजनिक भए, एउटा पोखराको जहाँ एक बालकलाई ज्वरो आएकोले ल्याइएको थियो । ती बालक बेलायतबाट भर्खर फर्किएको भन्ने थाहा पाउनेबित्तिकै डाक्टरहरू नै उपचार गर्न डराएका थिए । अर्काे नवलपरासीका एक जना बिरामीलाई सङ्क्रमणको आशङ्कामा घरी चितवन घरी बुटवल रिफर गरिन्छन्, त्यहाँबाट फेरि काठमाडौँ, काठमाडौँमा कहीँले यता कहीँले उता गर्दा गर्दै आजित भएर बिरामीका आफन्तले घरै फर्काउँछन् ।

सर्वप्रथम, नेपाल सरकारको शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र सकाउनु भनेर निर्देशन दियो । सर्वत्र यसको आलोचना भयो । कसरी नेपाल सरकारलाई कोरोना सङ्क्रमण चैत ५ गतेपछि मात्र हुनसक्छ भनेर थाहा भयो ? राम्रो तयारी नगरिकन पनि लाखौँ विद्यार्थीे समयअगावै परीक्षामा सामेल हुन बाध्य भए । यो परीक्षालाई ठूलो विषय नबनाई दोस्रो त्रैमासिक परीक्षाको नतिजाको आधारमा कक्षोन्नति गर्न सकिन्थ्यो । दोस्रो, चैत ६ गतेबाट सुरु हुनै लागेको एसईई परीक्षालाई अन्तिम घडीमा स्थगित ग¥यो । सम्पूर्ण विद्यार्थी परीक्षाकेन्द्रमा पुगिसकेको अवस्थामा परीक्षा स्थगित भयो जबकि केही दिन अगाडि घोषणा गरिदिएको भए लाखौँ विद्यार्थी सामलतुमल बोकेर केन्द्रमा पुग्नुपर्ने थिएन । परीक्षाको मानसिकता बनाएर परीक्षा केन्द्रमा पुगेका विद्यार्थीहरू निराश भएर फर्कनुप¥यो भने अभिभावकले दोहोरो आर्थिक भार व्यहोर्नुप¥यो । तेस्रो, चैत ७ गतेको प्रधानमन्त्रीको सम्बोधनमा उनले नागरिकको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखेको कुरा गरे तर ७ गतेको सम्बोधनले १० गतेबाट लामो दुरीका यात्रुबाहक सवारीसाधनमा रोक लगाउने घोषणा गरे । यो घोषणाको प्रत्यक्ष बुझाइ भनेको ८ र ९ गते सकेसम्म उपत्यका छोडेर जाउ भनेको होइन र ? के ८ र ९ गते बसपार्क र बस प्रतिक्षालयमा २५ भन्दा बढीको भीड लागेन त ? यात्रुबाहक सवारीसाधनले लाखौँ मानिसहरूलाई ओसार्दा यी दिनहरू कसरी सुरक्षित भए ? अर्को कुरा १० गतेपछि ५०— ६० जना बोक्ने हवाईजहाज सुरक्षित हुने तर ३०—३५ जना बोक्ने सवारी साधन किन सुरक्षित नहुने भन्ने प्रश्न छ ? यस्तो हर्कतले गरीबलाई मारमा पारेन त ? घर जाउँ हवाईजहाजको भाडा महँगो छ, नजाउँ सहरमा गुजारा गर्न गाह्रो छ । सरकारले यदि आवतजावत बन्द गर्ने हो भने स्थलमार्गमात्र होइन हवाई मार्ग पनि बन्द गर्नसक्नुपर्दछ । त्योभन्दा उल्लेखनीय कुरा सरकारले घोषणा गरेकै मितिबाट पूर्णरूपमा बन्द गराउनुपथ्र्याे । यहीँ फितलो घोषणालाई आधार मानी धेरैले आफ्नो व्यापार व्यवसाय नियमित सञ्चालन गरिरहेका छन् । अरू त अरू निजी तथा सरकारी विद्यालयले समेत वार्षिक परिणाम तयार पार्ने नाममा शिक्षक कर्मचारीलाई बोलाइरहेका छन् । होटल तथा रेस्टुरेन्ट निर्बाध सञ्चालनमा छन् । के ती ठाउँहरूमा सङ्क्रमणको जोखिम नै छैन त ?
सम्बोधनमा महत्वपूर्ण कुरा नै छुटेको देखिन्छ । यदि कहीँकतै कसैलाई आशङ्का लागेको खण्डमा टेकुबाहेक कहाँ सम्पर्क गर्ने ? हालै सञ्चारमाध्यममा दुईवटा घटना सार्वजनिक भए, एउटा पोखराको जहाँ एक बालकलाई ज्वरो आएकोले ल्याइएको थियो । ती बालक बेलायतबाट भर्खर फर्किएको भन्ने थाहा पाउनेबित्तिकै डाक्टरहरू नै उपचार गर्न डराएका थिए । अर्काे नवलपरासीका एक जना बिरामीलाई सङ्क्रमणको आशङ्कामा घरी चितवन घरी बुटवल रिफर गरिन्छन्, त्यहाँबाट फेरि काठमाडौँ, काठमाडौँमा कहीँले यता कहीँले उता गर्दा गर्दै आजित भएर बिरामीका आफन्तले घरै फर्काउँछन् । उक्त बिरामीमा सङ्क्रमण नदेखिनु धेरै राम्रो भयो । यदि देखिएको भएमा के स्थिति सरकारको काबुमा रहन्थ्यो होला ? टिचिङ्ग हस्पिटलमा कार्यरत एक डाक्टर भन्छन्, यदि कोही कारोना सङ्क्रमित अस्पताल आएको खण्डमा डाक्टरहरू भाग्नुपर्ने स्थिति छ । नहोस् पनि किन, आखिर उनीहरूलाई सुरक्षाका लागि चाहिने पीपीईलगायत अन्य सामग्रीहरू केही उपलब्ध गराइएको छैन । त्यसैले सरकारले तत्कालै यस्ता सामग्रीको व्यवस्था गर्नुपर्दछ । विभिन्न सहरमा यसको परीक्षण गर्न सकिने व्यवस्था मिलाउनुपर्दछ । त्यस्तै सङ्क्रमितलाई मात्र बोक्ने एम्बुलेन्सको व्यवस्थापन गर्नुपर्दछ ।
हातहातमा मोबाइल भएका कारण आजको युगमा कोही पनि सूचनाको पँहुचबाट टाढा छैन तर च्याउसरि खोलिएका अनलाइन मिडियाका कारणले गलत समाचारको बिगबिगी छाइरहेको छ । यी मिडियाहरूबिना कुनै आधार कोरोना सङ्क्रमित भेटियो भनेर समाचार सम्प्रेषण गर्न लालायित छन् । केहीँ दिनअघि एउटा राष्ट्रिय टेलिभिजन च्यानलले वीरगञ्जका व्यापारीमा कोरोना सङ्क्रमण देखिएको समाचार तुफानको गतिमा प्रसारण ग¥यो तर केही बेरमै उक्त समाचारको खण्डन भयो । समयसमयमा आउने यस्ता किसिमका समाचारहरूले पहिला नै आक्रान्त भएका मानिसहरूलाई कस्तो प्रभाव पार्ला ? सरकारले कोरोनासम्बन्धी समाचार व्यवस्थित तवरले बारम्बार पत्रकार सम्मेलन गरी जानकारी दिनु उत्तम हुन्छ ।
(लेखक ख्वप कलेजका अध्यापक हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *