भर्खरै :

कोभिड प्रेम कथा

कोभिड–१९ भाइरसले मध्यचीनको उहान सहरमा महामारीको रुप लिए पछि चीनका विभिन्न प्रान्तका स्वास्थ्यकर्मी उहान पुगेका थिए । त्यही शिलशिलामा दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तबाट एक सय पचास जना स्वास्थ्यकर्मीहरूको टोली उहान पुगेको थियो । उनीहरू ५० दिन भन्दा बढी समय उहानमा निकै कष्टप्रद दिन बिताएर अहिले घर फर्केका छन् । यी पचास दिन उनीहरूको निम्ति वास्तवमै अविस्मरणीय रह्यो । आफ्नो ज्यान जोखिममा राखेर जनताको सेवामा लागेका ती स्वास्थ्यकर्मीहरू यस्तो विषम परिस्थितिमा पनि आफ्नो घर परिवारसँग रहन पाएनन् । तथापि लाखौं मानिसलाई स्वस्थ राख्न उनीहरूले खेलेको भूमिका भने जति आभार व्यक्त गरेर पनि नपुग्ने खालको छ । त्यही लहरमा छिन्–चाओ यिङमिङ । सिचुआनको क्वाङयुआनका नर्स चाओ जनवरी २८ मा उहान गएकी थिइन् । उहानको जान घरबाट निस्कने बेला चाओका श्रीमानले भनेका थिए,“प्रिय चाँडै फर्किनु । तिमी सुरक्षित फर्किनु । त्यस पछि वर्षभरि घरधन्दा सबै म गर्छु । तिमीलाई पुरै छुट्टी ।”
चाओले आफू चाँडै फर्किने वाचा गरेकी थिइन् । आज उहानको कष्टकर दिन सकेर फर्किएर उनले श्रीमान्लाई दिएको वाचा पूरा गरेकी छिन् ।

युवा दम्पत्तीको यो कथाले धेरै मानिसको मन खुशी बनाएको छ ।

“प्रिय चाँडै फर्किनु । तिमी सुरक्षित फर्किनु । त्यस पछि वर्षभरि घरधन्दा सबै म गर्छु । तिमीलाई पुरै छुट्टी ।”

भाइरसको महामारीबीच पनि प्रेम कति बलियो हुने रहेछ भन्ने कुराको उदाहरण बनेको छ, उनीहरूको प्रेम कथा । उहानमा बस्दा हरेक दिन चाओले आफ्ना श्रीमानका यी शब्द सधैं कानमा गुञ्जिरहन्थ्यो । उनको प्रेमले कठिनाईको समयमा शक्ति प्रदान गथ्र्यो ।
चाओ सिचुआन फर्किने समय नजिकिएसँगै श्रीमान चिआनका साथीहरूले सोधे,“के तिमी चाओलाई दिएको वाचा पूरा गर्न तयार छौ ?”
निकै खुशी देखिएकी चिआनले आफूले घरधन्दा गरेर श्रीमतीलाई आराम गराउन आफ्नो लागि खुशी लाग्ने बताए । मेरी प्रिय सु्रक्षित फर्किंदै छिन्, त्योभन्दा महत्वपूर्ण कुरा मेरो लागि के हुनसक्छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *