रूपन्देही
रूपन्देहीको बेलहिया सुनौली सीमा नाका हुँदै बिहीबारदेखि आइतबारसम्म हजारौ“ हजारको सङ्ख्यामा भारतबाट फर्केकाहरूलाई अव्यवस्थितरूपमा आआफ्नो घरमा पठाएपछि यस क्षेत्रमा त्रास बढेको हो । एकतर्फीरूपमा नेपाल सरकारले सोमबार बिहान १० बजेदेखि सीमा नाका बन्द ग¥यो । सोमबार पनि बिहान १० बजेसम्ममा साढे छ सय व्यक्ति आएका थिए भने त्यसपछि बा“की भएका २४० जनालाई व्यक्तिगत अभिलेख भर्न लगाई ‘सेल्फ क्वारेइनटाइन’ मा बस्न घर–घर नै पठाइएको छ ।
भारतमा सङ्क्रमण फैलिसकेको अवस्था छ । भारतका विभिन्न सहरबाट आएका नेपालीमा पनि सङ्क्रमण हुनसक्ने आशड्ढाले सशड्ढित बनाइएको छ । भारतबाट आएकालाई व्यक्तिगत क्वारेइनटाइनमा बस्ने भने पनि गाउँघरमा परिवारसँग घुलमिल हुने सम्भावना छ । बाहिरबाट आएका परिवारका सदस्यका लागि अलगै कोठा, सामग्री र शौचालयसम्मको व्यवस्था गर्न कठिन हुने देखिन्छ । कति परिवारका सदस्यले त ‘मरे मरौंला कहा“ छुटिएर बस्ने ?’ भन्ने गरेको पाइन्छ । त्यसैले मानिसहरूको आवतजावतलाई कडाइका साथ रोक्नुपर्ने सामाजिक प्रयोगकर्ताहरूको भनाइ छ ।
यसैबीच म·लबार बुटवलमा लकडाउन उल्लङ्घन गरी सवारी चलाइएका दुई सय वटा कार, मोटरसाइकल नियन्त्रण लिएको जनाइएको छ । साथै मापसे गरी सवारी चलाउने दुई व्यक्ति पनि पक्राउ परेका छन् । म·लबार बुटवलमा अलपत्र परेका रूकुमका ३६ मजदुरहरूले रूकुमका सांसदलाई गुहारेपछि उद्धार भएको छ । निर्माणाधीन फास्ट ट्रयाकमा काम गर्ने ती मजदुरहरूलाई बिहान लकडाउन सुरू भयो भन्दै बोकी ल्याएको ट्रिपरले बाटोमै छोडेर गएको थियो । कोरोना सङ्क्रमित हो कि भनी सहयोग गर्न र नजिक पर्न स्थानीयवासीहरू तर्सेका थिए ।
बुटवलमा दुई सातादेखि कोरोना आशड्ढामा विभिन्न जिल्लाबाट आएका बिरामीहरूको उपचार हु“दै आएको छ । तीमध्ये म·लबारसम्ममा छ जनाको कोरोना भाइरस नेगेटिभ रिपोर्ट आएको छ । बा“की दुई जनाको रिपोर्ट बुधबार आउने लुम्बिनी प्रादेशिक अस्पताल स्रोतले बताएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना शड्ढास्पद बिरामीको लागि दुई वटामात्र आइसोलेशन बेड बनाएको बेला नवलपरासी जिल्लाबाट आएको चौधरी थरका बिरामी भर्ना हुन नपाइ चितवन र काठमाडौ“सम्म भौतारिनु परेको थियो । व्यापक दबाबपछि फेरि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना लिइएको थियो । सोमबारदेखि कोरोना शड्ढास्पद बिरामीलाई बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा राखी उपचार सुरू गरेको छ । मंगलबार नवलपरासीका बिरामी चौधरीलाई कडा खालको निमोनिया रहेको तर कोरोना सङ्क्रमण नभएको रिपोर्ट आएपछि प्रादेशिक अस्पतालमा नै रिफर गर्ने भएको छ ।
कोरोना सङ्क्रमित बिरामीको उपचारमा संलग्न चिकित्सकहरूलाई आवश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) चालीस थान कोरोना अस्पतालमा आइपुगेको जनाएको छ । बुटवल कोरोना विशेष अस्पतालमा शड्ढास्पद बिरामीलाई राख्ने र सङ्क्रमित बिरामीलाई राख्ने अलग वार्ड बनाइएका छन् । वार्डमा रहेका बिरामी र चिकित्सक कक्षबाट चिकित्सकबीच भिडियो वार्ता गर्ने व्यवस्था मिलाइएको छ । अस्पतालमा आईसीयू कक्षको निर्माण हु“दै गरेको जनाएको छ ।
प्रदेश ५ सरकारले बुटवल, बेलझुण्डी र नेपालगञ्जमा ५ वटा आइसोलेसन अस्पताल बनाउने बताएको छ । तर मुख्यमन्त्रीको गृह जिल्ला दाङ बेलझुण्डीमै अस्पताल नबनाएकोमा दाङवासीहरूले असन्तुष्टि जनाएका छन् । त्यसो त सङ्घीय सरकारले हरेक प्रदेशमा कोरोना परीक्षण ल्याब बनाउने निर्णय गरे पनि कार्यान्वयनतर्फ कुनै पहल भएको छैन । यसले गर्दा कोरोना शड्ढास्पद बिरामीहरूलाई कोरोना भाइरस भए नभए पुष्टि गर्न बढी समय लाग्ने गरेको छ ।
सरकारले कोरोना सङ्क्रमित बिरामीको उपचार गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरूको तलबको सतप्रतिशत भत्ता थप दिने भने पनि शड्ढास्पद बिरामीको भर्ना गर्न निजी अस्पतालहरूले आनाकानी गरिरहेको छ । मंगलबार प्रदेश ५ प्रदेशसभा सदस्य विष्णु पन्थीले शड्ढास्पद बिरामी भर्ना लिन अस्पतालहरूले नमानेको र सोको जानकारी दिन प्रदेशका सामाजिक विकास मन्त्रीलाई फोन गर्दा पनि नउठाएको गुनासो फेसबुक पेजमा सार्वजनिक गरेका छन् । बिरामीको उपचारको लागि पनि सांसद र मन्त्रीको सोर्सफोर्स लगाउनु परेपछि सर्वसाधारण जनताले झन् असुरक्षित महसुस गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *