भर्खरै :

किनमेलको समयमा बिहान ५–८ र साँझ ५–७, एक मिटर पर बसेर एक्लै सामान किनौं

भक्तपुर
भक्तपुर नगरपालिकाले लक डाउनको समयमा दैनिक उपभोग्य खाद्य सामग्री, तरकारी, फलफूल र औषधि पसलहरूमा भीड जम्मा भई कोरोना भाइरसको संक्रमण जोखिम बढेको जनगुनासोलाई ध्यानमा राखी नगरबासीको नाममा सूचना जारी गरेको छ । सूचनामा भक्तपुर नगरपालिका र जिल्ला प्रशासन कार्यालयबीच समन्वय भएअनुसार खाद्य सामग्री, औषधि पसलहरू दिनभरि खुला रहने जनाएको छ । सूचनामा कुनै सामान खरिद गर्न बाहिर निस्कँदा परिवारको एक जना सदस्य मात्र जान र पसलमा सामान खरिद गर्दा हुलमुल नगरी एक्लै एक्लै खरिद गर्न आह्वान गरिएको छ ।
सूचनामा भनिएको छ,“अत्यावश्यक सामग्री खरिद विक्री बन्द नहुने हुँदा भीड जम्मा नभई एक जनामात्रै घर बाहिर गई पसलमा अर्को उपभोक्तासँग करिब एक मिटर अथवा तीन फिटको दुरी कायम गरी सामान खरिद गर्न अनुरोध गरिएको छ ।
नगरपालिकाले तरकारी बजार बिहान ५ बजेदेखि ८ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खुला रहने जनाएको छ । तरकारी विक्री गर्ने किसान र व्यापारी सबै एकै ठाउँमा बसेर तरकारी नबेच्न आग्रह गरिएको छ । एकै ठाउँमा तरकारी बेच्दा किन्ने मानिसको भीड लागी संक्रमणको सम्भावना हुन्छ ।
त्यस्तै खरिदकर्ता र विक्रेताबीच कम्तीमा एक मिटर वा ३ फीटको दुरी कायम राख्न पनि सूचना उल्लेख छ ।
सूचनामा कालोबजारी वा सामानको बजारमूल्य भन्दा बढी मूल्य नलिन आम विक्रेता र व्यापारीलाई आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *