भर्खरै :

कोभिड –१९ को उपचार गर्न ४५ भन्दा बढी देशद्वारा क्युवासित इन्टरफेरोन माग

हवाना २८ मार्च (ग्रान्मा) । विश्वव्यापी महामारीको रूपमा फैलँदै गएको कोभिड –१९ को उपचार गर्न ४५ भन्दा बढी देशद्वारा क्युवासित इन्टरफेरोन औषधि माग गरेका छन् ।
सन् १९८० को दसकदेखि श्वासप्रश्वाससम्बन्धी कडा रोग र भाइरल इन्फेक्सनहरूको उपचारमा उपयोग हुँदै आएको उक्त औषधि इन्टरफेरोन अल्फा टुबी कोभिड–१९ सङ्क्रमित बिरामीमा रोग प्रतिरोधात्मक क्षमता विकासमा निकै उपयोगी सावित भएको बताइएको छ ।
इन्टरफेरोन औषधिहरू क्युवाको विश्वप्रसिद्ध कम्पनी सेन्टर फर जेनेटिक इन्जिनियरिङ एण्ड बायोटेक्नोलोजीले उत्पादन गर्दैआएको छ ।
सन् १९८० को दसकदेखि श्वासप्रश्वाससम्बन्धी कडा रोग तथा हेपाटाइटिस बी र सी, शिङलेस तथा एचआईभी÷एड्सजस्ता भाइरल इन्फेक्सनहरूको उपचारमा व्यापक प्रयोग हुँदैआएको छ । कोभिड–१९ पनि सार्स–कोभ–२ भाइरसका कारण उत्पन्न रोग भएकोले इन्टरफेरोनको प्रयोग उपयोगी देखिएको छ ।
इन्टरफेरोन निरन्तर रूपमा भाइरल इन्फेक्सनहरूको उपचारमा उपयोग हुँदै आएको हो, खुशीको कुरा चीनमा कोभिड–१९ को उपचारमा पनि यो उपयोगी देखियो । यसले सुरुमा भाइरस नियन्त्रण र पछि भाइरस निर्मूलनमा भूमिका निर्वाह गर्दछ ।” – इन्टरफेरोनका निर्माता क्युवाली चिकित्सक डा. लुइस हेरेराले भन्नुभयो ।
यसअघि विभिन्न देशमा डेंगुको महामारी रोकथाम तथा उपचार र अफ्रिकी देशहरूमा इबोला भाइरस सङ्क्रमणको उपचारमा उक्त औषधिको पनि व्यापक उपयोग भएको थियो ।
सन् २००३ देखि क्युवाली–चिनियाँ कम्पनी चाङचुन हेबेर बायोलोजिकल टेक्नोलोजीले यसको व्यापक उत्पादन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *