भक्तपुरमा सञ्चालन भएका कतिपय अभ्यासलाई अन्य स्थानीय तहले पनि आफ्नो ठाउँमा लागू गर्न सके जनतालाई सहज हुने
- आश्विन १, २०८३
बेनीमा भाइरस नष्ट गर्ने कीटनाशक औषधि छर्किंदै

म्याग्दीको मुख्य प्रवेशद्वार बेनी बजारको सडकमा कीटनाशक औषधि छर्किंदै । सुरक्षाकर्मीको टोलीले शनिबार दमकलको प्रयोग गरी बेनी बजारभित्र र आसपासका सडकमा पानीमा क्लोरिन मिसाएर बनाइएको कीटनाशक औषधि छर्केका हुन् । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रण अभियानअन्तर्गत सडकहरूमा कोरोना सङ्क्रमित व्यक्तिहरू आवतजावत गरेको हुनसक्ने भएकाले भाइरसलाई नै नष्ट गर्ने कीटनाशक औषधि छरिएको हो । तस्वीर ः कमल खत्री÷रासस

लक डाउनको समयमा पोखरा महानगरपालिका– ३३ स्थित बरभोटेनी हुँदै तनहँु तथा स्याङ्जातर्फ आवतजावत बढेपछि साविक भरतपोखरी गाविसको वडा नं ५ र ६ को सिमानामा लगाइएको बार ।
तस्वीर ः वासुदेव पौडेल, रासस

कोभिड– १९ को सङ्क्रमण रोकथामका लागि सरकारले जारी गरेको लक डाउनको पाँचौँ दिन काठमाडौँ जाने प्रतिक्षामा विभिन्न मुलुकका विदेशी पोखरा विमानस्थल अगाडि ।
तस्वीर ः हरि बास्तोला, रासस

मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगर क्षेत्रमा कोरोना भाइरस
(कोभिड–१९) को सङ्क्रमण रोक्न एन्टी भाइरस स्प्रे छर्कंदै ।
तस्वीर ः रमेश गिरी÷रासस


जुम्ला जिल्लाको सिञ्जा गाउँपालिका वडा नं १ मा कोभिड– १९ भाइरसको सम्भावित सङ्क्रमण रोक्न बनाइएको क्वारेन्टिन स्थल । भारतमा मजदुरी गर्न गएका स्थानीय जनता गाउँ घर फर्किन थालेपछि सो क्षेत्रमा कोभिड– १९ सङ्क्रमणको आशङ्का फैलिएको छ ।
तस्वीर ः रणबहादुर रोकाया
Leave a Reply