भर्खरै :

महिलाको राजनीतिक निर्णय अधिकार

 हृदय
देवदारका रूखहरूको ठूलो जङ्गललाई देखाउँदै उनले भनिन्, “यो सबै भाग राँचुली हो । हजुर, जुन ठाउँबाट हिँडे पनि एउटा रोटी खाइनसक्दै स्कूलमा पुग्न सक्नुहुन्छ (स्कूल देखाउँदै) । तपाईंलाई यी छाना देखेर अचम्म लाग्ला ¤ ती देवदारका काठबाट बनेका हुन् । हातैले यहीँका मानिसले बञ्चरोले चिरेका हुन् ।”
“…पानी ?”
“अहँ, चुहिँदैन ।”
हामीले सोधेको प्रश्न भुइँमा खस्नै पाएन, उनले जवाफ फर्काइन् । आजभोलि काठबाट बनेका घर खासै छैनन् । त्यस्ता घर त अब सङ्ग्रहालयमा पो राख्नुपर्ने जस्तो भएको छ । तिला नदी तरेर माथि जङ्गलमा देवदारका फ्ल्याक चिर्ने चलन कम भएको छ । छाना नीला जस्तापाताले छाउन थालिसकेको छ । चुच्चे छानाले हिउँ खसाल्न कुनै झन्झट बोक्नुपर्दैन । धानका ठूला फाँटको बीचैमा चारवटा देवदारका रूखले गाउँ मोहक बनाएको छ ।
द्वन्द्वकालमा फोईदेखि रातारात माओवादीको क्याम्पबाट खाली खुट्टा राँचुली झरेकी उनले जनताको सेवा गर्ने ठूलो उद्देश्य बोकेकी थिइन् । गीत, नाचगानजस्ता सांस्कृतिक गतिविधिमार्फत समाज बदल्न हिँडेकी उनले वर्षौं अराजकतावादी शक्तिसँग सङ्घर्ष गरिन् । तर, वर्गसङ्घर्षको नागबेली बाटोमा उनी कतै अल्झिन पुगिन् । जिन्दगीका तीता–मीठा अनुभव समेट्ने उनको नाम सङ्गीता हो (नाम परिवर्तित) । समाज बदल्न समाजलाई बुद्धिजीवीकरण गर्नुपर्दछ र राजनैतिकरूपमा सचेत, सङ्गठित संरचनाले मात्रै समाज परिवर्तन गर्ने कुरामा प्रस्ट उनी सायद भावनाको चक्रव्युहमा फसिन् । उनको विवाह आफ्नोमात्र स्वार्थ पूरा गर्न चाहने स्वार्थी परिवारमा भयो ।

कामदार जनताका छोरी–बुहारीसक्षम नहुञ्जेल समाजमा महिलाको स्तर उत्पीडित नै हुनेमा दुईमत छैन । तर महिला कार्यकर्तालाई सक्षम बनाउन पार्टीमा छात्रा, केटी, महिला र आमा समूहबीच राजनैतिक गतिविधि नगर्ने दललाई के भन्ने ? महिला मुक्तिका कुरा गरी नथाक्ने यस्ता व्यापारिक पार्टीहरूले महिलालाई राजनैतिक पहुँचबाट टाढा राखी महिला अधिकारको दिनदहाडै अपमान गर्छन् । आफ्नी श्रीमतीलाई जसरी हुन्छ भनेकै पार्टीमा भोट हाल्नुपर्ने गरी दबाब दिन राजनैतिक पार्टीका नेताले नै कार्यकर्तालाई उक्साउने गरेको पाइन्छ । चुनावताका घरझगडाका घटना पनि हावाझैँ फैलन्छन् । आम महिला सक्षम नहुञ्झेल केही महिला सत्ताको बागडोर सम्हाले पनि तात्विक फरक हुनेछैन ।

आफ्नो व्यस्तताबीच उनले हामी आउनुको कारण सोधिन् । नेपाल मजदुर किसान पार्टीको तीन दिने प्रशिक्षण कार्यक्रममा आएको बताउँदा उनी निकै भावुक देखिइन् । नेमकिपाको सांस्कृतिक कार्यक्रममा वर्षांै हिँडेको सम्झिँदै उनले आजभोलि लोग्नेको करकापको कारण कहीँ जान नपाएको दुःख पोखिन् । आफ्नो विचारको कदर नगर्ने श्रीमान्को दबाबमा प्रतिक्रियावादी खेमामा चुपचाप बस्नुपरेको र कतिपय अवस्थामा पार्टीकै विरूद्धमा काम गर्नुपरेको उनले बताइन् । श्रीमान्ले भनेकै पार्टीलाई भोट दिनुपर्ने, प्रचारमा हिँड्नुपर्ने, भोट काट्नको लागि अनेक दाउपेचमा समेत सामेल हुनुपरेको सुनाइन् । गाउँमा पार्टीको कार्यक्रममा आएका कार्यकर्तालाई देख्दामात्रै पनि मन भरिने उनका बुबा एक शिक्षक हुन् । बाबुको औँला समाएर विद्यालय हुँदै नेमकिपाको सङ्गठनमा आबद्ध भएकी सङ्गीताले केही वर्ष सांस्कृतिक क्रियाकलापमा योगदान गरिन् । तर, हतियारले हराउन नसकेका मानिसलाई गुलियो पोतेको चास्नीले हरायो । सङ्गीता यसैको सिकार भइन् ।
यो कथा सङ्गीताको मात्र होइन । अरू केही जिल्लाको अवस्था पनि धेरै फरक छैन । एकजना महिला साथीले बिहे गर्नको लागि सङ्गठन छोड्नुपर्ने शर्त केटापक्षले राखेको सुनाइन् । कति छात्राहरू राजनीतिकै कारण बिहे हुननसक्ने भन्दै राजनीतिक गतिविधिबाट टाढा भाग्छन् । कति अवस्थामा केटा र केटीबीच लामो समयसम्म प्रेम चले पनि बिहे गर्न भने केटीले राजनीतिक क्रियाकलापबाट अलग हुनुपर्ने अवस्था कायम नै छ । कति छात्राहरू सङ्गठन बाहिरको केटासँग विवाह गरेर केटापक्षको परिवार रिझाउने सोचे । तर, पछि गएर चुनावमा लोग्नेकै करकापमा मतदान गर्नुपर्ने उनीहरूले गुनासो गर्छन् । राजधानीमा समेत सङ्गठन फरक परेकै कारणले राजनैतिक गतिविधिमा आउनै नसकेको उदाहरण प्रशस्तै छन् । मेरी एक जना फुपूको बिहे काङ्ग्रेसको सामान्य कार्यकर्तासँग भएको थियो । उहाँले मत हाल्दासमेत श्रीमान्कै उपस्थितिमा हाल्नुपर्ने सुनाउनुभयो ।
कामदार जनताका छोरी–बुहारीसक्षम नहुञ्जेल समाजमा महिलाको स्तर उत्पीडित नै हुनेमा दुईमत छैन । तर महिला कार्यकर्तालाई सक्षम बनाउन पार्टीमा छात्रा, केटी, महिला र आमा समूहबीच राजनैतिक गतिविधि नगर्ने दललाई के भन्ने ? महिला मुक्तिका कुरा गरी नथाक्ने यस्ता व्यापारिक पार्टीहरूले महिलालाई राजनैतिक पहुँचबाट टाढा राखी महिला अधिकारको दिनदहाडै अपमान गर्छन् । आफ्नी श्रीमतीलाई जसरी हुन्छ भनेकै पार्टीमा भोट हाल्नुपर्ने गरी दबाब दिन राजनैतिक पार्टीका नेताले नै कार्यकर्तालाई उक्साउने गरेको पाइन्छ । चुनावताका घरझगडाका घटना पनि हावाझैँ फैलन्छन् । आम महिला सक्षम नहुञ्झेल केही महिला सत्ताको बागडोर सम्हाले पनि तात्विक फरक हुनेछैन ।
अहिले हरेक स्थानीय तहमा अलग न्यायिक समिति छन् । स्थानीय तहको उपाध्यक्ष वा उपप्रमुख न्यायिक समितिको संयोजक नै महिला रहने व्यवस्था छ । महिला नै उपाध्यक्ष हुने गरेको अवस्थामा कतिपय महिलाले न्यायिक क्रियाकलाप सम्पन्न गर्नसकेका छैनन् । महिलालाई पहुँच र आरक्षणको नाउँमा निर्वाचित गरियो । तर राजनैतिकरूपमा सक्रिय नभएको महिलाले न्याय सम्पादन गर्ने कसरी ? आधा आकाश ढाकेका र पुरूषजत्तिकै सक्षम भनिने महिलालाई फेरि पनि सत्ताको भ¥याङ् बनाउने गरी व्यवस्था गरिएको छ । खानदानी पहुँच र राज्यको संरक्षणमा जमनादेखि आफ्नै अनुकूल राजनीति गरिरहेका जमिनदार, व्यापारी एवम् उद्योगपतिका छोरी–बुहारीहरूकै हालीमुहाली देखिन्छ ।
कामदार जनताका छोरी–बुहारीसक्षम नहुञ्जेल समाजमा महिलाको स्तर उत्पीडित नै हुनेमा दुईमत छैन । तर महिला कार्यकर्तालाई सक्षम बनाउन पार्टीमा छात्रा, केटी, महिला र आमा समूहबीच राजनैतिक गतिविधि नगर्ने दललाई के भन्ने ? महिला मुक्तिका कुरा गरी नथाक्ने यस्ता व्यापारिक पार्टीहरूले महिलालाई राजनैतिक पहुँचबाट टाढा राखी महिला अधिकारको दिनदहाडै अपमान गर्छन् । आफ्नी श्रीमतीलाई जसरी हुन्छ भनेकै पार्टीमा भोट हाल्नुपर्ने गरी दबाब दिन राजनैतिक पार्टीका नेताले नै कार्यकर्तालाई उक्साउने गरेको पाइन्छ । चुनावताका घरझगडाका घटना पनि हावाझैँ फैलन्छन् । आम महिला सक्षम नहुञ्झेल केही महिला सत्ताको बागडोर सम्हाले पनि तात्विक फरक हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *