सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
– राजाराम कार्की
काठमाडौँ, १६ चैत । विश्वभर महामारीको रूपमा फैलिरहेको कोभिड–१९ बाट हुनसक्ने सङ्क्रमण रोकथामका लागि सरकारले गरेको आग्रहलाई अटेर गर्नुहुन्न भन्ने तथ्य नेपालमा पनि पुष्टि भइसकेको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएको आइतबार ९० दिन पुग्दा हाम्रो देशमा पाँच जनामा कोरोनाको सङ्क्रमण देखिएको पुष्टि भइसकेको छ । तर, यहाँ महामारीको रूपधारण गरिसकेको छैन ।
चैत १६ आइपुग्दासम्म उपत्यकामा तीन र उपत्यका बाहिर धनगढीमा दुई गरी जम्मा पाँच व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको भए पनि एक व्यक्ति निको भई घर फर्किसकेका छन् । बाँकी चार व्यक्तिमध्ये एकको सेती प्रादेशिक अस्पताल धनगढीमा, बाँकी दुईको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा र एक युवतीको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ ।
नेपालमा यो रोग विदेशमा रहेका नेपालीका कारण फैलिरहेको छ । यसबाट जोगिन सरकारले जनताको स्वास्थ अवस्थालाई ध्यानमा राख्दै एकान्तवासमा बस्न अनुरोध गरेको छ । एकान्तवासमा रहँदा व्यक्तिगत स्वास्थ्यलाई विशेष ध्यान, डर, त्रासमा नरही संयमित बन्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गर्दै आएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोरोना भाइरस रोगलाई महामारीको सूचीमा सूचिकृत र विश्व आपतकालीन अवस्थाको घोषणा गरेको समयमा सरकारको आदेश पालन गर्नु हरेक नागरिकको कर्तव्य हुन्छ ।
सरकारले चैत ११ देखि १८ सम्म आम नेपालीलाई आ–आप्mना घरमा एकान्तवासमा बस्न आग्रह गरेको हो । सोहीअनुसार झन्डै तीन करोड नेपाली अहिले एकान्तवासमा छन् । प्रहरी अधिकृत विश्वनाथ जीसीका अनुसार एकान्तवासबाट जबर्जस्त बाहिर निस्कन खोज्नु, जाँडरक्सीको सेवन गर्दै मात्तिएर सडकमा हिँड्नु, शान्ति सुरक्षामा खटिएका प्रहरीलाई अटेर गर्नु, एकान्तवासबाट बाहिर गई एकापसमा जम्मा हुनु र जुवातास तथा क्यारिम बोर्ड खेल्नु पनि सरकारलाई अटेर गरेको ठहर्छ ।
एकान्तवासमा बस्दा शारीरिक परिश्रम नपर्ने भएकोले अनावश्यक पोषिलो खाद्यान्न खाँदा शरीरलाई अनावश्यक बोझ हुने र पचाउन गाह्रो पर्ने भएकोले कब्जियत रोगको शिकारबाट जोगिन हल्का र पचाउन सजिलो हुने प्रकृतिका खाद्यान्न खाना चिकित्सकले सुझाव दिएका छन् ।
शिर मेमोरियल अस्पतालका चिकित्सक डा. अमिश कार्कीले कोरोना भाइरस सङ्क्रमण हुँदैमा मानिसको मृत्यु नहुने तर कोरोनाका भाइरसलाई विस्थापित गर्न शरीरमा प्रतिरोधात्मक शक्ति वृद्धि हुने प्रकृतिका खाद्यान्न खानुपर्ने सुझाव दिनुभएको छ । डा. कार्कीले कोरोना सङ्क्रमित व्यक्ति निको भई घर फर्किएका उदाहरण दिँदै रुघाखोकी लाग्दैमा कोरोना हँुदैन, कोरोना लाग्दैमा मानिस मर्दैनन्, यद्यपि डर, त्रास र चिन्ताले आत्मविश्वास गुमाइयो भने मर्नलाई बेर लाग्दैन भन्नुहुन्छ ।
पोषणविद् सुशीलादेवी शर्मा एकान्तवासमा रहँदा शाकाहारी खाना खानु स्वास्थ्यका लागि राम्रो हुने बताउनुहुन्छ । शाकाहारी भोजनमा रोगसँग लड्ने क्षमता ज्यादा हुने, शाकाहारी खाना छिटो पच्ने, कोल्स्ट्रोल, मधुमेह तथा कब्जियत हुन नदिने जसका कारण मुटु, उच्च रक्तचाप तथा मिर्गौलालाई फाइदा पुग्ने उहाँ भन्नुहुन्छ ।
श्वासप्रश्वासबाट कोरोना भाइरस छिटो सर्छ । यसले बूढापाका, मधुमेह, मुटुरोगी तथा मिर्गौलाका रोगीलाई तत्काल असर गर्ने भएकोले शाकाहारी भोजन फाइदाजनक हुने बताइन्छ । साथै रोगसँग लड्नसक्ने प्रतिरोधात्मक शक्ति बढाउन कागती, सुन्तला, अमला, गोलभेँडा, काउली ब्रोकाउली तथा झोलिलो पदार्थ प्रशस्त खान चिकित्सकहरूले थप सुझाव दिएका छन् ।
डिसेम्बरको अन्तिम दिन चीनको उहान सहरमा पहिलोपटक नयाँ भाइरस भेटिएको चिकित्सकहरूले चीन सरकारलाई जानकारी गराएका थिए । जनवरी–३ मा ४४ व्यक्तिमा यो रोग एकैपटक देखिएपछि जनवरी ७ बाटै चीन सरकारले उपचारमा तदारुकता देखाउँदै बिमारीलाई आइसोलेसनमा राखेर उपचार सुरु ग¥यो । सङ्क्रमण देखिएको सात दिनमै चीनले कडा सुरक्षाका बीच उहान लक डाउन गरेर उपचार थाल्दा पेइचिङ, साङ्घाई, गुयोन्जडोङमा कोरोना फैलिसकेको थियो । फलस्वरुपः चीनले कडारूपमा जनतालाई निगरानीमा राख्यो र जनताले सरकारको आदेश पूर्णरूपमा पालना गरेअनुसार हाल चिनियाँ जनतामा नयाँ कोरोना भाइरस देखिएको छैन । हाल चीनमा देखिएको नयाँ सङ्क्रमण चिनियाँ जनतामा नभई अन्यत्रबाट आएको नागरिकमा देखिएको हो ।
डब्लुएचओले जनवरी ११ र १२ मा चीनको स्वास्थ्य आयोगसँग परामर्श गर्दा आयोगले उहानस्थित सामुद्रिक खाद्यान्न बिक्री केन्द्रमा भेला भएका ग्राहकमा कोरोना भाइरस देखिएको हुनसक्ने अनुमान गरेका थिए । कोरोना भाइरस फैलिएको २३ दिनपछि अर्थात् जनवरी २३ मा डब्लुएचओले स्वास्थ्य आपत्काल घोषणा गर्दासम्म विश्वमा सतर्कता र सावधानीको सन्देश प्रवाह भइसकेको थियो ।
यद्यपि यस अवधिमा इटाली र अमेरिकामा सरकारको सन्देशलाई अवज्ञा गरेकै कारण अहिले त्यहाँ कोरोना भाइरसको महामारी तीव्रगतिमा फैलिरहेको डब्लुएचओले दाबी गरेको छ । मार्च २६ तारिखमा एसियाका धेरै चिकित्सकले अमेरिकालाई सावधानी अपनाउन अमेरिकी राष्ट्रपतिलाई खुलापत्र लेखेका छन् । सरकारको निश्चित आदेशलाई पूर्णरूपमा पालन गरेकै कारण सुरुमै कोरोना भाइरसको सङ्क्रमण देखिएका देशहरू क्रमशः थाइल्यान्ड, जापान र गणतान्त्रिक कोरियामा नयाँ सङ्क्रमण नगन्य देखिएको छ । रासस
Leave a Reply