भर्खरै :

नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)को सन्देश

दिदीबहिनी, दाजुभाई र साथीहरू,
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को कारण चैत २० गते दिउँसोसम्म संसारभरि ९ लाख ३७ हजार ५६७ भन्दा बढी सङ्क्रमित भएको र ४७ हजार २५६ भन्दा बढी मानिसको मृत्यु भएको खबर छ । सङ्क्रमित र मृत्यु हुनेहरूमा धेरै उमेर भएका ज्येष्ठ नागरिकहरू बढी छन् ।
विज्ञहरूका अनुसार यो भाइरस मानिस एकापसमा नजिक बस्दा र मानिसको सिंगान, खकार र थुक आदिको छिट्टा पर्दा एकअर्कोमा सर्ने रोग हो ।
विभिन्न देशमा मन्दिर, चर्च, मस्जिद, खेलकुद, जीम, मर्निङ्गवाक आदिमा गएकाहरूलाई पनि यो भाइरस सरेको देखिन्छ ।
अत्यावश्यक सेवा लिनुपर्नेमा बाहेक घरबाट ननिस्कनु नै यो भाइरसको सङ्क्रमणबाट सुरक्षित हुने उपाय हो ।
तसर्थ आ–आफ्नो घरभित्र बसेर आफू, आफ्नो परिवार र समाजलाई यो भाइरसको सङ्क्रमण हुनबाट सुरक्षित राख्नु हामी सबैको कर्तव्य हो । धन्यवाद ।
 
नारायणमान बिजुक्छें(रोहित)
अध्यक्ष, नेपाल मजदुर किसान पार्टी

Leave a Reply

Your email address will not be published. Required fields are marked *