भर्खरै :

प्रजग कोरिया कोरोना भाइरस फ्रि देश

प्योङयाङ
प्रजग कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि विरामी नभेटिएको भन्दै प्रजग कोरियालाई कोरोना फ्रि घोषणा गरेको छ ।
विश्वमा झण्डै ९ लाख ४० हजार मानिसमा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको र संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको समाचार आइरहँदा प्रजग कोरियाले भने आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण नभएको बताएको हो ।
प्रजग कोरियाको इपिडिमियोलोजी विभागका प्रमुख पाक म्योङ सुले सो जानकारी दिनुभएको हो । उहाँले आफ्नो देशमा आजसम्म कोही पनि यसका सङ्क्रमित नभेटिएको बताउनुभएको हो ।
प्रजग कोरियाले छिमेकी चीनमा गत जनवरीमा कोरोना भाइरसको प्रकोप बढेको समाचारआएपछि आफ्ना सबै सीमाहरु बन्द गरेको थियो । सीमा बन्द गरेर देशभित्र पनि यसबाट बच्ने उपायका बारेमा कडा कानूनहरु लागू गरेको बताइएको छ ।
इपिडिमियोलोजी विभागका प्रमुख पाकले प्रजग कोरियाले अपनाएका प्रभावकारी कानून र मापदण्डका कारण प्रजग कोरिया यो सङ्क्रमणबाट बच्न सफल भएको बताउनुभयो ।
उहाँले आफ्नो देशमा सीमा बन्द, विदेशबाट आउने सबैजनालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने, हरेक नागरिकको निगरानी गरेर राज्यले नै उपचार गर्नेजस्ता कार्यहरु गरेका कारण पनि यो महामारी फैलिन नपाएको जानकारी दिनुभएको छ ।
यसअघि संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रजग कोरियालाई यस्तो महामारीका विरुद्धमा मिलेर लड्न र आवश्यक परे अमेरिकी सहयोग लिन एक पत्र पठाउनुभएको थियो । तर त्यस विषयमा प्रजग कोरियाको जवाफ भने नआएको अमेरिकी अधिकारीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *