क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
श्यामकृष्ण खुलिमुली
अहिले विश्व नै कोरोनाले सङ्क्रमित छ । सन् २०१९ को अन्त्य र सन् २०२० को आगमनसँगै कोरोनाले एकाएक सङ्क्रमित गरेपछि हजारौँ, लाखौँ मानिसहरू हताहत भए । पूरै धर्तीको रातो (खतरा) नभएको कुनै क्षेत्र छैन । यसले धनी, गरिब, चर्चित, भुइँमान्छे, खेलाडी, कलाकार, राष्ट्रप्रमुख, सर्वसाधारण कसैलाई पनि बाँकी राखेको छैन । पहिलो र दोस्रो विश्वयुद्धमा कति राष्ट्र तटस्थ बस्यो, कतिले युद्ध नै लडेन । तर, यो कोरोना युद्धको विरुद्धमा नलड्ने कोही भएन । आफूलाई संसारकै सर्वशक्तिमान भन्ने साम्राज्यका नाइके, झूठको पुलिन्दा बोक्ने अहम्कारी, युद्ध मसिहा, आतङ्कवादका जननी पनि यसबाट अछुतो रहन सकेन । आपूmलाई सभ्यताको जननी भन्ने पश्चिमी जगत, विकासको ठेक्का लिनेहरू पनि नराम्ररी थलिए । विकासोन्मुख र गरिब देश त झन् सिकिस्त नहुने कुरै भएन ।
प्रकृतिमाथि जीत असम्भव
कोरोना एउटा यस्तो हतियार हो, जसलाई न त वालस्ट्रिटले जित्न सकेको छ, न त ईयूले हराउन सकेको छ । यो त अणु बमभन्दा खतरनाक भएर आएको छ । मिसाइल र बमभन्दा विध्वंसक भएर आएको छ । संसारको कुनै हतियारबाट जित्न नसकेको कोरोना कहर संसारकै लागि जीवनमरणको युद्ध बनेको छ । मानिस आफ्नो बुद्धि, श्रम र सीपले अन्य प्राणीभन्दा विद्वान भएको हो । आफ्नो जीवनलाई सहज, सरल र सुविधासम्पन्न बनाउने नाममा प्रकृतिमाथि अनेकन नाङ्गो हस्तक्षेप ग¥यो । प्रकृतिलाई भरपूररूपमा कागतीझैँ निचो¥यो । तर, प्रकृति अन्तिम सत्य हो । कोरोनाले यसलाई पुष्टि गरेको छ । विलासी जीवनशैली, अस्वस्थ खानपान, युद्धोन्माद, प्रदूषण, प्रकृतिको चरम दोहन, ओजन तह विनासविरुद्धको प्रकृतिको प्रहार हो कोरोना कहर । यो मान्छेले प्रहार गरेको प्रकृति विनासको बुम¥याङ हो, जुन आफैँतिर फर्केको छ ।
जैविक हतियार ?
कोरोना कहर प्राकृतिक हो कि मानव निर्मित ? यो त भविष्यको गर्भमा लुकेको छ । तर, यसलाई सीआईएको प्रयोगशालामा निर्मित जैविक हतियारको रूपमा लिन थालिएको छ । इतिहास साक्षी छ, अमेरिकी आदिवासी रेड इन्डियनलाई धपाउन र विस्थापित गर्न बेलायतले बिफरका किटाणुहरू छरेको थियो । कोरिया युद्धमा अमेरिकाले जैविक युद्ध गरेकै थियो । भियतनाम युद्धमा अमेरिकाले एजेन्ट अरेन्ज छरेर सारा वनजङ्गल नै सखाप पारेको थियो । तर, देशभक्त भियतनामीले खरानी खाएरै अमेरिकालाई आफ्नो भूमिबाट लखेट्यो र अमेरिकाले युद्धबाट हात झिकी त्यहाँबाट पुच्छर लुकाई भागेको थियो । विश्वका विभिन्न सञ्चारमाध्यमले कोरोनाको बीउ अमेरिकामा तयार भएको खोज सामग्री प्रसारण गरेका छन् । यहाँ बुद्धले भनेको एउटा भनाइ सान्दर्भिक हुन्छ, “हरेक कुरामा सन्देह गर ।” त्यसैले कोभिड–१९ पनि कतै अमेरिकी ग्रान्ड डिजाइन त होइन ? विश्वमा चीनको अग्लाइलाई खसाल्न, इरानको अडानलाई झुकाउन तयार गरिएको जैविक मिसाइल त होइन ? यसमा पनि सन्देह गरौँ ।
मेड इन चाइना !
नदेखिने गरी कोरोना अन्य मुलुकबाट सुरु भए पनि देखिने गरी भने सन् २०१९ को नोभेम्बरमा चीनको उहानबाट सुरु भएको थियो । यसले चीनको उहानमात्र होइन सिङ्गो देशलाई आक्रान्त पा¥यो । दिन दुई गुणा र रात चौगुणारूपमा सङ्क्रमण बढ्यो । यसलाई पार लाउन, कोरोनाविरुद्धको युद्ध जित्न चीनलाई हम्मेहम्मे प¥यो । चीनले युद्धस्तरमा काम ग¥यो र उहानमा लक डाउन ग¥यो । सरकारले नै लक डाउनमा बस्नेलाई खानेकुरा र उपचारको बन्दोबस्त ग¥यो । चिनियाँ नेतृत्व, उपचारकर्मी र जनताको अथक परिश्रमको बलमा चीनले कोरोनामाथि विजय प्राप्त गर्न सफल भयो । चीनमा कोरोना पैmलिएपछि अमेरिका, युरोपका देशहरूले चीनमाथि विष वमन गरे । अमेरिकी राष्ट्रपति ट्रम्पले ‘चाइनिज भाइरस’, ‘उहान भाइरस’ भनेर दुष्प्रचार गरे । मानौँ कोभिड–१९ चीनमै बनेको थियो । यसलाई मेड इन चाइना भनेर नुनचुक छर्कने काम गरे । अस्ट्रेलियाले पनि चिनियाँ भाइरस भनी गोरो छाला भएकोले निकृष्ट कालो न कालो जातीय विषवमन ग¥यो । क्यानाडाले त चिनियाँ मूलका नागरिकलाई भेदभाव ग¥यो, चिनियाँलाई प्रवेश निषेधको सूचना जारी ग¥यो । तर, चीनले धैर्यता गुमाएन । एउटा भनाइ छ, “तिमी एक्लै होस् तर सत्यको बाटोमा हिँड ।” हो, चीन आफ्नै खुट्टामा टेकेर कोरोनाविरुद्धको युद्धमा लाग्यो । विश्वको विषवमनलाई शिवले कैलाशकुट विष पिएझैँ घुटुघुटु पिइदियो । विश्वले उचालेको नश्लवादी र जातीय घृणालाई आँखा चिम्लेर सहिदियो । परिणाम आज चीनले युद्ध जितेको छ । कोभिड–१९ युरोप, अमेरिकातिर सोझिएको छ । हिजो चीनलाई सत्तोसराप गर्नेहरूले आज चीनकै सहयोग मागिरहेका छन् । हिजोसम्म चीनको विपत्तिमा ताली बजाउनेहरू आज आफै विपत्तिको खाल्डोमा खसिरहेका छन् र उद्दारको निम्ति हात उठाइरहेका छन् ।
अन्तर्राष्ट्रिय योद्धाको योगदान
जापानीविरोधी प्रतिरोध युद्धमा चीनका घाइतेहरूलाई दिनरात उपचार गर्ने क्यानडाका अन्तर्राष्ट्रवादी योद्धा हुन्, डा. नर्मन बेथ्युन । उनले युद्ध भूमिमा गएर घाइतेहरूको उपचार गरे । चिनियाँ जनता र योद्धाको मन जिते । दैनिक १६ घण्टासम्म खटेर उनले चीनप्रति ठूलो गुण लाए । घाइतेको उपचार गर्दागर्दै आफैँ सङ्क्रमित भएर संसारबाट बिदा भए । चीन उनीप्रति नटमस्तक भयो र उनलाई उच्च सम्मान प्रकट ग¥यो । म सम्झिरहेछु, हिजो एकजना क्यानाडाका चिकित्सकले चीनमा सड्ढट परेको बेला आफ्नो ज्यान दिए । तर, आज उनै महान् योद्धाको देशले चीनले कोभिड–१९ फैलाएको भनेर चिनियाँलाई प्रवेश निषेध ग¥यो र चिनियाँप्रति भेदभाव ग¥यो ।
उता भारतीय चिकित्सक डा. द्वारकानाथ शान्ताराम कोटनिसले पनि चिनियाँ जनताको सेवा गरे । घाइते र रोगीको उपचार गरे । मित्रताको अनुपम नमुना प्रदर्शन गरे । चीनप्रति गरेको गुणको स्मरणमा आज पनि चीन तथा चिनियाँ जनताले उनको उच्च मूल्याङ्कन गर्छन् । तर, उनै कोटनिसको देश भारत भने कोरोना भाइरसको सङ्क्रमणले थलिएको बेला विष वमनमा लाग्यो । छापामार्फत चीनको उछिटो काट्यो । चीनलाई खुच्चिङ भन्यो । तर, पृथ्वी गोल छ । सङ्कट त आज सबैलाई परेकै छ ।

श्यामकृष्ण खुलिमुली
Leave a Reply