परीक्षामा ‘ए’ प्लसभन्दा जीवनलाई ‘ए’ प्लस बनाउनु जरुरी
- जेष्ठ १०, २०८३
सञ्जीव दुलाल
भक्तपुर, १९ चैत । कोरोना भाइरसको महामारी प्रतिरोध गर्न संसारभर विभिन्न रचनात्मक गतिविधि भइरहेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं १० चित्तपोलका केही महिलाले भने कपडाको मास्क उत्पादन गरेर कोभिड–१९ को प्रतिरोध गर्ने तम्सिएका छन् । देशभर सर्जिकल मास्कको अभाव भएको बेला उनीहरूले आफूले सिलाएको कपडाको मास्कले पनि सर्वसाधारणलाई केही राहत पुग्नेमा आशावादी छन् । देशभर लक डाउन भएपछि उनीहरूले सो कार्य थालनी गरेका हुन् ।
सूर्यविनायक नगरपालिका वडा नम्वर १० चित्तपोलका मनशोभा सुवाल त्वाती, मिना कुमारी त्वाती, रिता त्वाती, अनिता त्वाती, रुदिशा त्वाती, आयुशा त्वाती, सायरा त्वाती, संगीत त्वाती, कृष्णा कपाली, कोपिला लागेजूलगायत महिलाले यस्तो रचनात्मक कर्मबाट कोभिड–१९ को प्रतिरोध गर्न लागेका हुन् ।
मास्क सिलाउन अगुवाई गर्ने महिलामध्ये कोही शिक्षिका, कोही सिलाइ बुनाइ गर्ने, कोही विद्यार्थी त कोही गृहणी हुन् । हिजोआज उनीहरूको दैनिकी विभिन्न टोलबाट कपडा उठाउने र त्यसको मास्क बनाउने अनि तयार भएका मास्क निःशुल्करूपमा वितरण गर्दैमा बित्ने गरेको छ ।
“देश पूरै लक डाउन छ । कसैलाई फोन गर्दा पनि मास्क लगाउनु, सेनिटाइजर वा साबुन पानीले हात धुनु भन्छ । तर, बजारमा मास्क छैन । भएपनि महँगो छ । त्यसैले आफूसँग भएको सीप उपयोग गर्दै मास्क उत्पादन थालेका हौँ । यसले कम्तीमा मनोवैज्ञानिकरूपमा पनि म सुरक्षित छु भन्ने बनाउने छ”, आफ्नो कामबारे सक्रिय महिलामध्येकी मनशोभा त्वाती बताउनुहुन्छ ।
चित्तपोल सामुदायिक सिकाइ केन्द्रमा सिलाइ बुनाई प्रशिक्षकसमेत रहेकी मिनाकुमारी त्वातीले युट्युवमा हेरेर मास्क सिलाउने तरिका सिकेको बताउनुभयो । “सामुदायिक सिकाइ केन्द्रले मास्कमा प्रयोग हुने इलास्टिक उपलब्ध गराउने भनेपछि कपडा जम्मा गरी यसको थालनी ग¥यौँ । विभिन्न महिला समूह अनि टोलहरूमा आवश्यकताअनुसार हामीले मास्क पठाउने गरेका छौँ । कोही नछुटून् र नदोहो¥याउन भन्नेमा ध्यान दिएका छौं”, उहाँले भन्नुभयो ।
व्यवसायिकभन्दा समुदायमा निःशुल्क वितरण गर्न मास्कको काम थालेको अर्की सदस्य रिता त्वातीले बताउनुहुन्छ । “हामीले सिप सिक्यौँ काम जानेका छौँ सबै कुरा पैसामात्र हैन भन्ने लाग्यो र हामी कपडाको मास्क बनाउने काममा जुटेका हौँ । एक जनाले दिनको कम्तीमा एक सय मास्स बनाउँछौँ”, उहाँले भन्नुभयो ।
आफूहरूले बनाएको मास्क नजिकको समूदायमा भक्तपुर नगर ज्येष्ठ नागरिकलाई समेत वितरण गर्दै आएको पेशाले शिक्षिका अनिता त्वातीले बताउनुहुन्छ ।
महिलाहरूले हालसम्म १५ सयभन्दा बढी मास्क वितरण गरि सकेका छन् । एक मिटर कपडाबाट १५ वटासम्म मास्क बन्ने उनीहरूले बताए । मास्समा दोहोरो कपडा प्रयोग गर्ने भएकाले दुवैतर्फबाट प्रयोग गर्न मिल्छ । उनीहरूले कच्चा पदार्थ उपलब्ध भए दश हजारभन्दा बढी मास्क बनाएर निःशुल्क वितरण गर्ने बताएका छन् ।
Leave a Reply