क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
– सुन्दर राजचल
समग्र विश्वका जनता यतिखेर कोरोना भाइरसको जीवाणुको सङ्क्रमणले लाग्ने सरुवा रोग कोभिड–१९को जोखिम नियन्त्रण र निर्मुलीकरणको अभियानमा क्रियाशील छन् । विश्वका ७ वटा महादेशहरूमध्ये ६ वटै महादेशका सबैजसो मुलुकमा यो भाइरस फैलिएको र दिनानुदिन यसले मानव जीवनमा पारेको नकारात्मक असरबारे सञ्चारमाध्यमहरूले आम जनतालाई सुसूचित गरिरहेका मात्र छन् । कति मानिसले सङ्क्रमण भोगिरहेका पनि छन् । भाइरस सामान्य आँखाले मात्र होइन, साधारण सूक्ष्मदर्शक यन्त्रले समेत देख्न सकिंदैन । त्यसले आज नचिताएको परिणाम निम्त्याइरहेको छ । यस्ता विपत्तिले आम जनमानसलाई अत्यन्तै ठूलो पाठ पनि सिकाउने गर्दछ । आफ्नो दैनिकीलाई नाफा–नोक्सानको तराजुमा मात्र जोख्ने, दिनहुँ नाफा र घाटाको मात्रै हिसाब राख्ने, व्यक्तिगत स्वार्थको पोखरीमा चुर्लुम्म डुबेका र दैनिक गुजारा गरी जीविकोपार्जन गर्ने वर्ग सबैलाई मानव भएर जिउन सिकाउने र न्यूनतम नैतिक आचरण प्रदर्शन गर्नुपर्ने गहकिलो सन्देश पनि दिन्छन् ।
पँुजीवादी समाजमा समाजका बहुमत मानिस पँुजीको पछाडि लाग्ने गर्छन् । पँुजी आर्जनको निम्ति मानवीय दायित्व बिर्सने र संवेदना गुमाउनेदेखि लिएर हुने–नहुने, कानुनी–गैर–कानुनी कामका लाग्ने घृणित कसरत गर्छन् । तर, यदाकदा कुनै सूचना सम्प्रेषण नगरी आउने यस्ता विपद् र समस्याले जो कोही ‘मै हँु’ भन्नेलाई पनि गतिलो पाठ सिकाएको हुन्छ । प्राकृतिक विपत्तिहरूको यो पक्षलाई सकारात्मकरूपमा लिनुपर्ने देखिन्छ ।
नेपाली जनताले वि.सं २०७२ सालको भूकम्पबाट धेरै सकारात्मक सन्देश पाएका थिए । यद्यपि त्यत्तिबेला भएको धनजनको क्षति अधिकांश नेपालीले बिर्सेका छैनन् र बिर्सनसक्ने पनि छैनन् । यसले गतिलो पाठ पनि सिकाएको छ ।
आज नेपाललगायत विश्वका सम्पूर्णजसो देशमा कोरोना भाइरसको सङ्क्रमणले आक्रान्त पारेको छ । त्यसको प्रतिकार गर्न नेपालले गत चैत ११ गतेदेखि ‘लक डाउन’ को घोषणा गरेको छ । ‘लक डाउन’ हामी नेपाली जनताको पहिलो अनुभव हो, जसको कारण सुरुमा केही कमी–कमजोरी देखिएका छन् । तर समयले सबैलाई पाठ सिकाउने नै हो । झन्डै कफ्र्युको झल्को दिने यसबाट उत्पन्न समस्या र कठिनाइहरूलाई बिर्सने हो भने दिनदिनको व्यस्त समयबाट घर–परिवारमा बस्न नभ्याउने व्यक्तिलाई पारिवारिक जमघटको लागि समय दिएको छ । साथै घर–परिवारसँग चाडबाडको बेलामा मात्र सँगै बस्ने नेपालीहरूलाई यसले जोडेको छ । यातायातको आवागमन बन्द हुनाले वातावरण सफा भएको छ । यी दिनहरू सहज छैनन् तर वातावरणीय र पारिवारिक हिसाबले सबल छन् ।
गत चैत ८ गते नेपालको पश्चिमतर्फको सीमा जोडिएको कञ्चनपुर जिल्लाको गद्दाचौकीलगायत नाका हुँदै भारतबाट नेपाल प्रवेश गरेका दशौँ हजार नेपालीहरूको कारण नेपालमा सङ्क्रमण अझ फैलिने हो कि भन्ने चिन्ता व्यापक छ ।
जतिखेर चीन र अरु केही देशहरूमा कोरोना भाइरसले मानिसको ज्यान लिन थाल्यो, त्यतिखेरदेखि नेपालमा पनि यसबारे चर्चाको थालनी भएको थियो । तर, नेपालमा सङ्क्रमण भइहालेमा के गर्ने भन्ने विषयमा कुनै ठोस योजना सरकारसँग नभएको कुरा आजको अवस्थाले प्रस्ट्याइरहेको छ । दुई छिमेकी देश चीन र भारतमा संक्रमण देखिनु र भारतसँगको खुला सिमानाका कारण पनि नेपालमा यसको प्रभाव छिट्टै देखिनसक्ने प्रारम्भिक अनुमानको आधारमा सीमा नाका तत्कालै बन्द गर्नुपर्ने थियो । तर, त्यतिबेला नेपालका प्रधानमन्त्री मिर्गाैला फेर्ने ध्यानमा तल्लीन हुँदा उक्त भाइरसबाट नेपालीजनलाई जोगाउन तत्काल के गर्ने तयारी हुन सकेन । भारत र चीनमा देखिएको समस्या नेपालमा आउनसक्ने सम्भावना बढी नै थियो ।
गत चैत ८ गते नेपालको पश्चिमतर्फको सीमा जोडिएको कञ्चनपुर जिल्लाको गद्दाचौकीलगायत नाका हुँदै भारतबाट नेपाल प्रवेश गरेका दशौँ हजार नेपालीहरूको कारण नेपालमा सङ्क्रमण अझ फैलिने हो कि भन्ने चिन्ता व्यापक छ ।
आज पनि विभिन्न मुलुकबाट स्वदेश फर्किने क्रम जारी छ । व्यवहारमा सीमा नाका बन्द भइसकेका छैनन् । यसले नेपालभित्र भाइरसको सङ्क्रमणबाट जोगिनको लागि सरकारले घोषणा गरेअनुसार लक डाउनमा बसेका नेपालीमा चिन्ता बढ्नु स्वाभाविक छ । विगतमा रोजगारीको सिलसिलामा विदेशिएकाहरू आज स्वदेश फर्केका छन् । रोजगारीको लागि गएका देशमा बिरामीको सङ्ख्या निरन्तर बढिरहनु र यसले ज्यानैसमेत लिने क्रम बढेपछि विदेशिएका नेपालीहरू स्वदेश फिर्ता आएका हुन् । सञ्चारमाध्यमहरूका अनुसार तिनीहरू कानुनी तवरले फिर्ता आएका नभई अधिकांश भागेर आएका छन् । सम्बन्धित देशले क्वारेन्टिनमा राखेको भए तापनि विभिन्न उपायबाट नेपाल आएकाहरूमा सङ्क्रमण भएको गत शनिबारसम्मको गणनाले ५ जना पुगिसकेका छन् । यसलाई राम्रो मान्न सकिँदैन ।
त्यसो त आफ्नो देशको नागरिकलाई आजको अप्ठ्यारो अवस्थामा निर्वाधरूपमा स्वदेश आउन दिइनुपर्छ भन्ने एकथरीको मत छ भने अर्कोथरीले यस्तो संवेदनशील परिस्थितिमा जो जहाँ छन् सोही स्थानमा बसेर रोग प्रतिरोधी शक्ति आर्जन गर्नुपर्ने बताउँछन् ।
काम र अध्ययनको सिलसिलामा विदेशिएका नेपालीहरू निर्बाधरूपमा स्वदेश फर्कन पाउनुपर्दछ । त्यसमा कसैको द्विविधा नहोला । तर, ती नागरिकको उचित स्वास्थ्य परीक्षण गरी सङ्क्रमित भए उपचार नभए कम्तीमा चौध दिन क्वारेन्टिनमा राख्ने दायित्व सरकारको हो ।
साथै सीमानाकामा नेपाल सरकारको तर्फबाट भएका कमजोरी व्यवस्थापनले पनि सरकार कुरो ठूलो गर्छ र काम सानो पनि गर्ने ह््याउ नभएको देखिन्छ । कोरोना भाइरसको अन्तर्राष्ट्रियकरण भएको वर्तमान समयमा सबै देशले आ–आप्mनो सीमानाका व्यवस्थित गर्नु उसको पहिलो प्राथमिकता हुनुपर्दथ्यो । तर, वर्तमान सरकारले त्यतातिर आफ्नो ध्यान पु¥याउन सकेको छैन । देशभित्र यातायात ठप्प पारेर, भारतीय सीमानाका खुला राखेर हामी कति दिन सुरक्षित रहन सकौँला ?
सीमित स्वास्थ्यकर्मी, अपर्याप्त उपकरणसहित सिमानामा सुरक्षार्थ बसेका नेपाली सुरक्षाकर्मीको मनोबल उँचो होला ? यतातिर पनि विचार गर्न आवश्यक छ ।
छिमेकी मुलुक चीनको उहानमा यो भाइरस देखापर्दा तिनीहरूले के–कस्ता सुरक्षाका चुनौतीहरू सामना गरे वा तिनीहरूको व्यवस्थापन विधि कस्तो थियो ? यतातिर सरकारले आवश्यकताअनुसार चासो र चिन्तन नगरेको कारण पनि आज नेपालमा सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको हो । उहानमा लक डाउन गर्दा त्यहाँको कम्युनिस्ट पार्टीका नेताहरूले समेत महत्वपूर्ण भूमिका खेलेका थिए र जनताले उच्च अनुशासन पालना गरेका थिए । त्यसबाट नेपाल र नेपालीले पनि सिक्ने कि !
Leave a Reply