रसुवामा बाढी : भक्तपुर जिल्लाका २८ व्यक्ति सम्पर्कविहीन
- भाद्र १२, २०८३
काठमाडौँ, २० चैत । लकडाउनका कारण भारतका विभिन्न सहरमा अलपत्र परेका नेपाली नागरिकको बिचल्ली भएको छ । कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिएसँगै भारत सरकारले लकडाउन घोषणा गरेपछि ४ सय नेपाली नागरिक अलपत्र परेका हुन् । अलपत्र परेका नेपाली नागरिकमध्ये अधिकांश सुदूरपश्चिम प्रदेशमा रहेका भारतको दिल्लीमा बिचल्लीमा परेका बैतडीको दोगडाकेदार–८ कालागाउँका डम्बर बिष्टले जानकारी दिनुुभयो ।
बैंग्लोरबाट घर फर्किन आएका बैतडीका ५० जना दिल्लीमा १० दिनदेखि अलपत्र परेको उहाँले बताउनुुभयो । “बैंग्लोरबाट रेलमा चढेर घर फर्किँर्दै गर्दा दिल्ली पुुग्दा लकडाउनले रेलसेवा बन्द भयो”, उहाँले भन्नुभयो ।
लकडाउनमा भारतीय प्रहरीले देख्नेबित्तिकै लखेट्ने गरेको उहाँले दुःखेसो पोख्नुभयो । खान बस्नसमेत निकै समस्या भएको उहाँले बताउनुभयो । भारतस्थित नेपाली राजदूतावासमा उद्धारका लागि गुहारेको भए पनि केही सुनुुवाइ नभएको दोगडाकेदारकै अर्का वीरेन्द्र विष्टले बताउनुुभयो । “दूतावासलाई पनि नेपालसम्म पु¥याउन आग्रह गरिसक्यौँ”, उहाँले भन्नुभयो ।
उनीहरूले आफूहरूको उद्धार गरिए १४ दिनसम्म क्वारेन्टिनमा बस्न तयार भएको बताएका छन् । अलपत्र परेपछि भएको पैसा सकिएको र अब घर पुुग्नसमेत पैसा नभएको उनीहरूको गुनासो रहेको छ । मजदुरी गरेर घरखर्च चलाउन भारत पसेका युवाहरू काम छुुटेर अलपत्र पर्दा समस्यामा परेका हुन् ।
Leave a Reply