भर्खरै :

भक्तपुर नपालाई धन्यवाद

– के. श्रेष्ठ
कोरोना भाइरसको सङ्क्रमण रोक्न भक्तपुर नपाले बाहिर निस्कने अनुमतिपत्र, एउटा साबुन र अपिल वितरण गरेको छ । प्रत्येक घरमा गएर परिवार सङ्ख्या टिपोट गर्दै सचेतना जगाउन गरिएको यो कार्य स्तुत्य छ । त्यसैले भक्तपुर नपालाई धन्यवाद ¤
आशा छ, प्रत्येक नगरवासीले ‘लकडाउन’ लाई सफल बनाउन कोभिड–१९ सङ्क्रमण हुन नदिन, महामारीबाट आफू बच्न र अरुलाई पनि बचाउन ती सामानको सदुपयोग गर्नेछन् । मलाई केही भएको छैन भनेर अनावश्यकरूपमा बाहिर गई अरुसँग भएको भाइरस बोकेर घरमा भित्याउने छैनन् । यति मूर्ख त कोही नहोला ¤
घर–घरमा गई वितरण गरेको अनुमतिपत्रको माध्यमबाट नगरको जनगणना पनि भएको छ । त्यसको अभिलेख सङ्ग्रहबाट एउटा राम्रो काम हुनेछ ।
तर, अनुमति पत्र वितरण कार्य ‘लकडाउन’ को घोषणाको लगत्तै भएको भए सुनमा सुगन्ध हुने थियो । दोस्रो ‘लकडाउन’ सुरु भएपछि मात्र वितरण हुँदा भक्तपुर नपा अन्य काममा झैँ छिटो छरितोमा केही कमी आएको अनुभव भयो । आशा छ, अबका दिनमा हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *