अकल्पनीय जनधनको क्षतिप्रति नेमकिपाद्वारा गहिरो दुःख प्रकट
- भाद्र ११, २०८३
– हरिबहादुर श्रेष्ठ
सन् १९६४ जुन २१, २२, २३, २४, २५, २६, २७ र २८ मा सुन्दरीजल बन्दीगृहमा लेखिएको ‘सुम्निमा’ उपन्यास विश्वेश्वरप्रसाद कोइरालाको ‘किराँत देशको एउटा कथा’ हो । लेखककै भनाइमा प्राचीन वृत्तान्तहरू हाम्रो जीवनमा जीवित अनुभूति हुनसक्दैनन् ।
‘दस हजार वर्ष बाँच्ने ऋषि वैज्ञानिक सत्य होइन, न चित्रकारले कागजमा लेख्ने रातो रङ्गको सूर्य नै वैज्ञानिक सत्य हो । ती प्रतीक हुन्, अनुभवभन्दा बाहिर पाउन सक्ने चाख प्रतीकात्मक हुन्छ, संकेतजनित । त्यसैले यो कथा सत्य र असत्यको तराजुमा नलेखिने वृत्तान्त हो । यसको महत्व पौराणिक छ, संकेतमय र प्रतीकात्मक छ ।” सम्भवतः किम्बदन्ती कतै कतै सुनिएको होला– जसलाई इतिहासको कसीमा घोटेर हेर्न सकिन्न । तर, कल्पना गर्ने आधार भने पाइन्छ ।
मानव समाजमा मातृसत्ताको उदयसँगै दास युग र सामन्ती व्यवस्थाको जगमा जात, भाषा, धर्म, आर्य–अनार्यको भेद दक्षिण एसियामा हुनु स्वाभाविक हो । आर्यहरू ककेसियाको कुरू नदीको पूर्वबाट भारतसम्म पुगे होलान् वा मध्य एसियाबाट तिनीहरू आजको अफगानिस्तान वरपरका खोँचहरूबाट उत्तरी भारततिर पुगे होलान् । हडप्पा र महेजोडाँडोको सहरी सभ्यतालाई आगो र पानीले नष्ट बनाए होलान् – घोडचढी जाति आर्यहरूले । यमुना नदी पारि तिनीहरूकै एउटा शाखा सन्ततिले राज्य गरेको किराँतहरूको राज्य हिजोको नेपाल नालापानी थियो रे ¤ अनेक जालझेल गरेपछि वर्षौँसम्मको लडाइँ र नाकाबन्दीले किराँतहरू पराजित भए, किनभने तिनीहरू आक्रामक थिएनन् र आक्रान्त किराँतीहरू पूर्वतिर लागे । काठमाडौँ उपत्यकामा सभ्यताको जग हाले । पुनः आर्यहरूका घोडचढी र धनुषवाणका लडाकूहरूबाट काठमाडौँ उपत्यकामा पराजित भई किराँतहरू पूर्वतिर लागि शासन गर्न थाले–किराँती प्रदेशमा ।
पृथ्वीनारायण शाहको आक्रमणसम्ममा आर्यहरूका जप, तप, पूजा, तपस्या, यज्ञ, व्रत र अनेक अनुष्ठान भौतिक वस्तुजस्तै खिइँदै गइसके पनि त्यसका केही संस्कार र सिलसिला विकृतिको रूपमा बाँकी रहे होलान् । तब त तिमीहरू ‘अनार्यहरू, पशु धर्मावलम्बी, संस्कृतिविहीन, बर्बर जातिका किराँतहरू हौँ’ र ‘हामीहरू आर्यका सन्तति हौँ, सुसंस्कृत, देवधर्मी, हाम्रो भाषा देव भाषा’, ‘हामी ब्राह्मण हौँ, तपको बलबाट देवत्व प्राप्त गर्न सक्दछौँ’, ‘हाम्रो यज्ञ, धर्म–कर्म, नियम–साधना, यो सबै मानवताबाट मुक्ति पाउने प्रयास हो,’ जस्ता अहम्कार वा ठालू प्रवृत्ति आज पनि विद्यमान छ भने जाति–जनजातिमा हिनताबोध कायम छ । होम अथवा हवनको ‘अनुष्ठान’ बाट धान–चामल, घीऊ, जौ, तिल, मह आदिबाट हुने क्षति र अन्धविश्वास आज पनि कहाँ हटिसकेको छ र ¤
सूर्यदत्त, धर्मपत्नी र छोरो सोमदत्त आजको बराह क्षेत्र वा चतरा कोशी किनारमा पुग्छन् । किराँत र भिल्ला जनजातिले त्यस ब्राह्मण परिवारको निम्ति आश्रम बनाई दिए । राजाज्ञाको कारण किराँत र भिल्लहरूको त्यस क्षेत्रमा गाईबध र सुँगुर पाठा आफ्नो पुजामा चढाउन नपाइने भयो । किराँती गाउँको धामी, धर्म गुरू र प्रमुखकी छोरी सुम्निमासँग सोमदत्तको परिचय हुन्छ । केही दिनपछि सोमदत्तले सुम्निमासँगको नजदिकीलाई अपवित्र सम्झी बाबु–आमाको आशिर्वाद लिएर कठोर तपस्याको निम्ति आश्रमबाट बिदा भयो । खाई–नखाई, गर्मी र जाडो नभनी आफ्नो शरीर सुकाउँदै हाड–छालामात्र लिएर ऊ आश्रममा फक्र्यो । अर्को एक ब्राह्मण परिवारकै हिन्दू धर्म र शास्त्रको ज्ञान भएकी पुलोमा नाम गरेकी कन्यासँग सोमदत्तको विधिवत विवाह भयो ।
हरेस खाएको सोमदत्तजस्तै तपस्या र दुःख पाएको ‘प्रजातन्त्र’ कहाँ–खोई भन्दै बीपीले नेपाली काङ्ग्रेस र आफ्नै जीवनको सार्थकताबारे समीक्षा गर्न खोजेका त होइनन् – ‘सुम्निमा’ मा ! वास्तवमा जतिसुकै ठूलो उद्देश्य लिएको भए तापनि व्यापक जनता वा श्रमिक जनता सचेत नभएसम्म ‘कम्युनिस्ट’ त कम्युनिस्ट रहेनन् भने नेपाली काङ्ग्रेस वा पुँजीवादी दल र नेताहरूको अन्त कसरी सुखान्त होला !
विवाहको भोलिपल्टै सूर्यदत्तले छोरो सोमदत्तलाई छोरोप्रति आफ्नो कर्तव्य निभाएको र छोरोले अब पितृप्रति आफ्नो कर्तव्य पूरा गर्ने आशिर्वाद दिँदै ब्राह्मण परिवारको शास्त्रअनुसार सन्यासी भएर उत्तरतिर लाग्छन् । पितृप्रतिको कर्तव्यको अर्थ नयाँ दम्पत्तिले पुत्र जन्माएर कर्तव्यपालन गर्ने शास्त्रको उक्ति शिरोपर गर्न सोमदत्त र पुलोमा लागे । तर, शारीरिक कारणले गर्भ नरहेकोमा एकले अर्कोलाई दोष दिएको कारण दाम्पत्य जीवन सौहार्द भएन । सोमदत्तमा शास्त्र ज्ञान र तपको पुरूष अहम्कार थियो भने पुलोमा शास्त्रीय र धार्मिक कट्टरता तथा ऋषिमुनिहरूमा समेत पुरूष अहम्कारको दोष देख्छिन् ।
अन्ततः सोमदत्त व्यवहारले खारिएका किराँत प्रमुख बिजुवाको शरणमा जान्छन् र सुम्निमाले आफ्नो बुबाले सिकाएजस्तै सोमदत्तलाई सहयोग गरिन् । अव्यावहारिक कठोर तपस्याबाट हात–खुट्टासमेत सुकिसकेको जीउलाई जडीबुटीको तेलमालिस, मह र दूधको सेवनले उसमा शक्ति प्रदान ग¥यो र मानसिकरूपले युवा भावना जगाउन एक भिल्ल युवाको श्रृङ्गार गराइन् – सुम्निमाले ।
त्यस रात बोलचालसमेत बन्द भएको पुलेमासँगको सहवासले देवदत्त छोरो जन्मियो । आमा–बुबाको बीचमा मनमुटावको कारण छोरोमा त्यसको प्रभाव प¥यो र घरमाभन्दा बाहिर रमाउन थाल्यो, उसको सङ्गत सुम्निमाकी छोरीसँग थियो । यता देवदत्त र पुलेमामा दुवै धार्मिक र शास्त्रीय आस्थाप्रति विरक्ति देखाप¥यो र मन खिन्नताले दुवैको दुःखान्त भयो । आमा–बाबुको मृत्युपछि छोरो आश्रममा बस्ने कुरो भएन । उसको सुम्निमाकी छोरीसँग विवाह भयो र धेरै बच्चाबच्ची भए । पछि सुम्निमाकी छोरीले आफ्ना छोराछोरीलाई आश्रमको खण्डहरलाई टाढैबाट देखाइन्, “ऊ त्यहाँ तिमीहरूका जिबाको आश्रम थियो ।” देवदत्तले पनि छोराछोरीहरूलाई देखाउँथ्यो, “ऊ त्यहाँ …।” ‘सुम्निमा’ को कथा यसरी टुङ्गिन्छ ।
… … …
‘सुम्निमा’ सरसर्ती पढ्दा लेखक अर्थात् बीपी कोइरालामा संस्कृत भाषा र साहित्यमा ठूलो श्रद्धा देखिन्छ । तर, सूर्यदत्तको परिवार अत्यन्त प्राचीन परम्पराप्रति श्रद्धाभाव राख्ने र नयाँ शब्दावलीमा कट्टर धर्मभिरू थियो । सोमदत्त त्योभन्दा पनि धर्म र प्राचीन शास्त्रमाथि अतिवादी र अन्धविश्वासी थिए । पुलोमा पनि धर्म र शास्त्रका ज्ञाता र सोमदत्तको धर्म र प्राचीनताप्रतिको कट्टरताले उनीप्रति धर्म र शास्त्रीय अध्ययनमा आलोचनात्मक दृष्टिकोणको विकास भएको देखिन्छ । कथानकको हिसाबमा उपन्यासले दिन खोजेको पाठ धर्म, शास्त्र र कर्तव्यको अर्थ अन्धविश्वास होइन र ती सबै समयसापेक्ष र व्यावहारिक हुनु आवश्यक छ भन्ने हो ।
बीपी कोइरालालाई ‘सुम्निमा’ साक्षी राखेर हेर्दा उनको जीवन दर्शन र व्यवहारलाई निम्न ढङ्गले प्रस्तुत गर्न
सकिन्छ –
१) बीपी कोइराला बर्खी नबार्ने, पूजाआजाजस्ता देखावा धर्मकर्म गर्ने पक्षपाती थिएनन् ।
२) उनमा जातीय र धार्मिक कट्टरता अन्य ब्राह्मण जातिका नेताहरूभन्दा तुलनात्मकरूपमा कम थियो वा जातीय र भाषिक अहम्कार थिएन ।
३) उनी गान्धीजीप्रति श्रद्धा राख्ने भए पनि गान्धीवादी दृष्टिकोणमा खोट देख्थे अथवा गान्धीवादी दृष्टिकोण वैज्ञानिक थिएन भन्ने मान्थे ।
४) सन्यासी बन्ने र ऋषि बन्ने चलन दास युगमा थियो । त्यसबेला तिनीहरूलाई राज्यले नै सहयोग गथ्र्यो । किराँती र भिल्ल जातिलाई दासहरूले गर्नुपर्ने काम सबै गर्न लगाउँथे । त्यो व्यवहार आज लागू हुँदैन भन्नेबारे आश्रमको खण्डहर देखाएर प्रस्ट पारेको देखिन्छ ।
५) सोमदत्त र पुलोमाको दुःखद् अन्तले प्राचीनता र त्यसप्रतिको अन्धभक्तिबाट सोमदत्त आफै आफ्नै परिवारमा एक्लिए र उनका पुराना सबै अनुष्ठान समाप्त भयो । त्यसको मूल कारण नारीप्रति हेर्ने दृष्टिकोण नै हो, कथानकले जातीय समाजको सरलता र निष्ठालाई प्रस्ट पार्छ ।
६) बीपी कोइराला राजनीतिकरूपले जातजाति र भाषाभाषीको विषयमा माक्र्सवादी र लेनिनवादीभन्दा पनि समाज विकासको सम्झौतावादी सिद्धान्तका पक्षपाति देखिन्छन् ।
७) उनी प्रचलित उपन्यासको शैली र सिद्धान्तलाई मन पराउँदैनन् भनी परिच्छेदको अभाव र असमान कथाको प्रवाहले देखाउँछ ।
८) एक राजनैतिक नेताको रूपमा एक पीडित मानसिकताका आक्रोश, आमूल परिवर्तन र राजनीतिप्रति विरक्ति नदेखिए पनि बौद्धिकरूपले अब्बल वर्ग र समुदाय भए पनि विचारमा परिवर्तन नआएको हुँदा ‘हे ब्राह्मणहरू सोमदत्तको जस्तो दुःखद् अन्त हुनेछ’ भनी शोकमात्रै व्यक्त गरेका हुन् कि लेखकले ?
९) ‘हठात रही’, ‘घबडाइ’, ‘घवराहट’, ‘थर्थराईरहेको’ जस्ता हिन्दी शब्दको प्रयोगले पाठकलाई अल्मल्याउँछ भने संस्कृत शब्दको बाहुल्यले विषयवस्तुलाई सजाउँछ र ‘ढिक्कीको लुसी’ शब्दले आश्चर्यबोध गराउँछ ।
१०) ओछ्यानमा लडेर मृत्युको घडी गनिरहेको सोमदत्त सोच्दथ्यो, “सारा उपलब्धि खोई ।” हरेस खाएको सोमदत्तजस्तै तपस्या र दुःख पाएको ‘प्रजातन्त्र’ कहाँ–खोई भन्दै बीपीले नेपाली काङ्ग्रेस र आफ्नै जीवनको सार्थकताबारे समीक्षा गर्न खोजेका त होइनन् – ‘सुम्निमा’ मा ! वास्तवमा जतिसुकै ठूलो उद्देश्य लिएको भए तापनि व्यापक जनता वा श्रमिक जनता सचेत नभएसम्म ‘कम्युनिस्ट’ त कम्युनिस्ट रहेनन् भने नेपाली काङ्ग्रेस वा पुँजीवादी दल र नेताहरूको अन्त कसरी सुखान्त होला !
Leave a Reply