भर्खरै :

पञ्चायती राज्यस्तरबाट रचिएको ‘भक्तपुर काण्ड’ को भत्र्सना

पञ्चायती राज्यस्तरबाट रचिएको ‘भक्तपुर काण्ड’ को भत्र्सना

काठमाडौँ, ९ भदौ । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा मङ्गलबार एक कार्यक्रमबिच पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले पार्टीको वर्गीय आधार काम गरी खाने कामदारवर्ग भएको र दर्शनको आधार भनेको आर्थिक, सामाजिक, सांस्कृतिक विकासका लागि समाज र समुदायबाट नेतृत्व गर्नु हो भन्नुभयो ।
उहाँले भक्तपुर काण्डमा पञ्चायती राज्यस्तरबाट नेमकिपालाई समूल नष्ट गर्ने मनसायले रचिएको र पूरै शक्ति लगाएर जनतालाई अमानवीय यातना दिएको बताउनुभयो । उहाँले देश जटिल अवस्थामा पुग्नुको कारण एमाले, काङ्ग्रेस, माओवादी र राप्रपा जिम्मेवार रहेको बताउनुभयो । भदौ २३ र २४ गतेको घटनाको बेलामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा देश जोगाउनुभन्दा पनि आफ्नो ज्यान जोगाउन भाग्नुपरेको बताउनुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा केन्द्रीय सदस्य राजवीर डंगोल, नेमकिपा काठमाडाँै जिल्ला समितिका सचिव शैलेश डंगोल, कोषाध्यक्ष श्यामकुमार महर्जन सदस्यहरू विन्द्रा महर्जन, वन्दना श्रेष्ठ र इन्द्रकुमारी बज्राचार्यले पनि आ –आफ्नो विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *