जुम्लामा भक्तपुर काण्डको विरोधमा जुलुस र कोणसभा
- भाद्र ९, २०८३
-नारायणमान बिजुक्छें
म बिहान ७ बजे औषधि खान्छु । एकक्षण तलमाथि र घुमफिर गर्छु । पत्रपत्रिका हेर्छु । टेलिफोनबाटै विभिन्न जिल्लाका साथीहरूसँग सम्पर्क गर्छु र केही सल्लाह दिने गर्छु । विशेषतः कोभिड–१९ को सङ्क्रमणबारे ज्येष्ठ नागरिकलाई ध्यान दिनुपर्नेबारे साथीहरूसँग कुराकानी गर्छु । ८ बजे चिया खाएर १० बजेसम्म पत्रपत्रिका हेर्छु ।
सबभन्दा पहिले म पत्रपत्रिकाका शीर्षक हेर्छु र सोअनुसार समाचारहरू पढ्छु ।
कोभिड–१९ को कारण बन्दको घोषणापछि ठूलठूला व्यवसायिक पत्रिकाहरू आउन छोडे । छाप्दै नछापेका हुन् हो वा वितरणमात्रै बन्द भएका हुन्, थाहा छैन ।
मेरा आफ्ना छोराछोरी सानामा कसरी हुर्के, नजिकबाट हेर्ने फुर्सद भएन वा त्यस्तो अवसर भएन । विभिन्न जिल्ला र देश–विदेश गइरहनुपर्ने, भूमिगतकाल, जेलजीवन र व्यस्त राजनीतिक जीवन थियो । अहिलेको कोभिड–१९ को बन्द जीवनले भर्खर आफ्नी तीनमहिने नातिनीको निर्दोष हाँसोलाई अध्ययन गर्ने अवसर पाएको छु ।
१० बजेसम्म २७ वर्षदेखि चालू ‘श्रमिक’ साप्ताहिक र २२ वर्षदेखि कुनै पनि दिन बन्द नहुने ‘मजदुर’ दैनिक हेर्छु ।
व्यवसायिक दैनिक पत्रिकाहरू नआएपछि ‘मजदुर’ र ‘श्रमिक’ का पाठकहरूलाई झन् माया लागेको छ । कोभिड–१९ बारे संसारका सबै समाचार र घटना एवम् टीकाटिप्पणीहरू अनि अनुसन्धानमूलक लेखका अनुवादहरू हेर्छु ।
शनिबारको दिन ‘मजदुर’ मा छापिने साहित्यिक रचना, भ्रमण र संस्मरणहरू हेर्ने गर्छु । बन्दअघिका शनिबार विभिन्न पत्रपत्रिकाका शनिबारीय विशेषाड्ढ हेर्ने गर्थें ।
१२ बजे बिहानको खानापछि अहिले पुराना पुस्तकहरू खोजेर वा छानेर हेर्ने गर्छु । ती पुस्तकहरूमध्ये केही अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका पुस्तक, साहित्यिक सामग्री र इतिहाससम्बन्धी पुस्तकहरू हेर्दै छु ।
कुनै दिन वा कहिलेकाहीँ पुराना पुस्तकहरू घाममा राख्छु, सफा गर्छु र सरसरती हेर्ने गर्छु ।
५–१० मिनेट झ्याल–ढोकाको सफाइमा ध्यान दिन्छु । ५–६ बजे चिया खाएर केही आवश्यक विषयमा लेख्ने काम गर्छु ।
पहिलेभन्दा एकडेढ घन्टा अगाडि नै साँझ ८–९ बजेतिर खाना खान्छु ।
९–१० बजे रेडियो र टीभीमा समाचार सुन्छु र हेर्छु अनि औषधि खान्छु ।
११ बजे सुत्ने तरखरमा लाग्छु । पहिले १२ बजेसम्म लेखपढ र समाचार हेर्ने गर्थें । कोरोना भाइरस वा कोभिड–१९ को विश्वव्यापी सङ्क्रमण भएयता एक–दुई घन्टा बढी आराम गर्ने गर्छु ।
कहिलेकाहीँ जरुरी भएमात्र मुख्य–मुख्य साथीहरूसँग भेटघाट हुन्छ, नत्र टेलिफोनबाटै सबैसँग भलाकुसारी भइरहेको छ ।
कोभिड–१९ को कारण भएको बन्दले भूमिगतकाल र जेलजीवनको सम्झना गरायो !
मेरा आफ्ना छोराछोरी सानामा कसरी हुर्के, नजिकबाट हेर्ने फुर्सद भएन वा त्यस्तो अवसर भएन । विभिन्न जिल्ला र देश–विदेश गइरहनुपर्ने, भूमिगतकाल, जेलजीवन र व्यस्त राजनीतिक जीवन थियो । अहिलेको कोभिड–१९ को बन्द जीवनले भर्खर आफ्नी तीनमहिने नातिनीको निर्दोष हाँसोलाई अध्ययन गर्ने अवसर पाएको छु ।
…..
म आशा र अनुरोध गर्छु–हाम्रा सबै ज्येष्ठ नागरिक, दाजुभाइ, दिदीबहिनीहरू, सक्रिय किसान–मजदुर, युवा–विद्यार्थी, शिक्षक, प्राध्यापक र महिला दिदी–बहिनीहरू हामी सबै हाम्रा चिकित्सक र स्वास्थ्यकर्मीहरूको सल्लाहअनुसार झन्डै १४–२० दिनदेखि एक महिनासम्म घरमै आफ्नो सरसफाइ र अन्य काममा व्यस्त रहौँ ।
मैले तराईका साथीहरूसँग बुझेँ, अहिले उहाँहरू खेतमा बाली भित्र्याउने काममा व्यस्त हुनुहुन्छ । विदेशबाट आउने मानिसहरूसँग भेटघाट नगरी वा उठबस नगरी आफ्नो काममा लागे हुन्छ । विदेशबाट आएर घरमा बस्ने दाजुभाइ, दिदीबहिनीलाई स्वास्थ्य जाँच गराउन, अस्पताल पठाउन, यदि मानेन भने गाउँपालिका वा नगरपालिका र प्रशासनको सहयोगबाट सचेत पार्नु आवश्यक छ । नत्र, परिवार, आफन्त, टोल र गाउँमा सबैलाई भयानक रोग सर्ने सम्भावना हुन्छ ।
Leave a Reply