तातिरहेको पृथ्वी र रुख बिरुवा
- भाद्र ११, २०८३
संरा अमेरिकामा दैनिक एक लाख जनाको कोभिड–१९ सङ्क्रमणको परीक्षण भइरहेको छ । अमेरिकीहरू राष्ट्रपति ट्रम्पले १५ दिनअघि परीक्षणलाई तीव्रता दिएको भए यति धेरै सङ्क्रमित नहुने बताउँछन् । शुक्रबार दिउँसोसम्म अमेरिकामा सङ्क्रमित २ लाख ४५ हजार ३८० र मर्नेको सङ्ख्या ६ हजार ९५ पुगेको छ । यही गतिमा यो भाइरस फैलिए अमेरिकामा पाँच दिनमा दुई गुणा सङ्क्रमित बढ्नेछ ।
ट्रम्पले फैलिएको कोभिड–१९ दुई महिनापछि जून महिनामा अन्त्य हुने अपेक्षा गरे । अमेरिकामा जनवरी २२ को दिनबाट सङ्क्रमण सुरु भएको थियो । त्यत्तिबेला ट्रम्पले चीनबाट आएका एक जना सङ्क्रमित भएको र यो नियन्त्रण हुने बताएका थिए । उनले फेब्रुअरी २ मा चीनबाट आउने बन्द गरेपछि ठीक हुने दाबी गरे भने फेब्रुअरी २४ मा अमेरिकामा कोरोना भाइरस नियन्त्रणमा रहेको बताए ।
अमेरिकाले यो भाइरस नियन्त्रणको लागि सुरुमै चीनसँग सहकार्य गरेको भए शुक्रबारसम्म संसारका १० लाखभन्दा बढी मानिस सङ्क्रमित र ५४ हजारभन्दा बढीको मृत्यु हुने थिएन ।
उनले फेब्रुअरी २५ मा हामी यो भाइरसको भ्याक्सिन बनाउने काम सफलताको नजिकमा छौँ भन्ने दाबी गरे । फेब्रुअरी २६ मा अमेरिकामा देखिएको सङ्क्रमित १५ जनाबाट शून्यमा झार्ने दाबी गरे । उनले फेब्रुअरी २७ मा यो भाइरस जादुजस्तै बिलाउने दाबी गरे भने फेब्रुअरी २८ मा यो भाइरस नियन्त्रण गर्न आवश्यक उपकरण व्यवस्था गर्ने आदेश दिएको बताए ।
उनले मार्च २ मा भने, “रुघाको सुई लिए कोरोना भाइरस लाग्नेछैन ।” मार्च ५ सम्म अमेरिकामा १२९ मात्र सङ्क्रमित थिए भने ११ को निधन भएको थियो । मार्च १३ को दिन ट्रम्पले राष्ट्रिय सड्ढट घोषणा गरे । उनले मार्च १२ मै अमेरिका उत्कृष्ट वैज्ञानिक र स्वास्थ्यकर्मी भएको बलियो देश भएको दाबी गरेका थिए । उनले मार्च १४ को दिन सीमानाका बलियो भएकोले यो भाइरसबाट ४० जनामात्र मृत्यु भएको नभए धेरैको मृत्यु हुने बताए ।
उनले मार्च १६ मा ‘चिनियाँ भाइरस’ बाट क्षति पुगेका कम्पनीहरूलाई बलियो सहयोग गर्ने उल्लेख गर्दै चीनविरुद्ध साम्प्रदायिक विष ओकले । चीनले कोभिड–१९ भाइरसको स्रोत अमेरिका नै भएको र ‘चिनियाँ भाइरस’ भनी साम्प्रदायिक विषभन्दा पनि विज्ञान र प्रविधिले यो भाइरसलाई अन्त्य गर्न सहकार्य गर्नुपर्नेमा जोड दिए । ट्रम्पले मार्च २७ को दिन चिनियाँराष्ट्रपति सी चिनफिङसँग फोन वार्ता गरी कोरोना भाइरसविरुद्ध चीनको प्रयासप्रति उच्च सम्मान गरे । मार्च २५ मा अमेरिकी विदेशमन्त्री पम्पेओले जी ७ को भिडियो सम्मेलनमा यो भाइरसलाई ‘उहान भाइरस’ लेखाउन खोज्दा अन्य सहभागी देशले अस्वीकार गरे । ट्रम्पले २९ मार्चको दिन न्युयोर्क बन्द गर्न नपर्ने दाबी गरे ।
यसरी अमेरिकी राष्ट्रपति ट्रम्पको गतिलो नेतृत्व नभएकोले अमेरिकामा यो भाइरसको सङ्क्रमण बढेको देखिन्छ । विश्व स्वास्थ्य सङ्गठनले मार्च ३१ को दिन अमेरिकाको न्युयोर्क यो भाइरसको केन्द्र हुने चेतावनी दियो । ट्रम्पले आफ्नो कमजोरी ढाकछोप गर्ने कम्पनीहरूलाई बलियो सहयोग गर्ने र अमेरिकीहरूलाई मासिक १२ सय र ५ सय अमेरिकी डलर सहयोग गर्ने घोषणा गरे ।
अमेरिकाले यो भाइरस नियन्त्रणको लागि सुरुमै चीनसँग सहकार्य गरेको भए शुक्रबारसम्म संसारका १० लाखभन्दा बढी मानिस सङ्क्रमित र ५४ हजारभन्दा बढीको मृत्यु हुने थिएन । अहिले अमेरिकामा ६० लाख ६५ हजार बेरोजगारी बढ्यो । यो सङ्ख्या भयावहरूपमा बढ्नेछ । रुसले अप्रिल ३० सम्म सबैलाई तलबी बिदा दियो । अमेरिकाले यस्तो तलबी बिदा घोषणा गर्नसकेन । चीन यो भाइरस नियन्त्रण गरी जापान, दक्षिण कोरिया, जर्मनी, इटाली, रुस, नेपाललगायत ८३ देशलाई स्वास्थ्य कार्यकर्ता र उपकरण सहयोग गर्दै छ ।
Leave a Reply