भर्खरै :

किस्ताबन्दीमा ‘लकडाउन’ पार होला ?

दिवाकर, भक्तपुर
रेडियो सुनिरहँदा कतिपयले सरकारको आलोचना भएकोमा अरुचि प्रकट गरेको भनाइ प्रसारण हुने गरेको छ । सरकारको आलोचना र विरोध गर्न नपरे धेरै राम्रो हुने थियो । आलोचना र विरोध कसैको रहर नहोला तर, आवश्यकताले बाध्य हुनुपरेको छ ।
‘लकडाउन’ हुँदा विपन्न, दैनिक ज्यालादारी मजदुरलगायतको डुकुभातको समस्या आउने कुरा सरकारलाई पूर्वजानकारी नै भएन । ‘लकडाउन’ को एक अवधि सकिन लाग्दा सरकारको ‘दिव्यदृष्टि’ भयो र बल्ल तथ्याङ्ग सङ्गलन गर्नथाल्यो ।
अत्यावश्यक सामग्री यति र उति महिनाको लागि भण्डारमा रहेको दाबी सरकारले गरेको थियो । तर, केही दिनमा नै आधा ग्यासको सिलिन्डर वितरण गर्नथाल्यो । भोेलि पीठो, चामल र नुन–तेलमा पनि ‘कोटा’ लगाउला भन्ने चिन्ता भयो । आफ्नो दाबीमा सरकार आफै ढुक्क देखिएन ।
सरकारसँग संयन्त्र, बुद्धिजीवी, जनशक्ति सबै छ तर, केही हप्तापछिको स्थितिको पूर्वानुमान सरकारले गर्नसकेको छैन । दिनहुँजसो नयाँ नयाँ कार्ययोजना, नीति नियम, निर्देशिका, सूचनाहरू थपी थपी जारी गर्नुको अर्थ सरकारले स्थितिको राम्रो आकलन गर्न नसकेकै प्रमाणित हुन्छ । ‘परी परी आउला तरी तरी जाला’ भनेर शासन गरिहेको अनुभव धेरैलाई भएको छ । किस्ताबन्दीमा ‘लकडाउन’ पार गर्ने सरकारको नियत र व्यवहार देखिएको छ ।
यसरी आगलागपछि कुवा खन्न थाल्ने सरकारको आलोचना नगर्ने हो भने त ‘ट्वीट’ गरेरै कार्यकाल पूरा नगर्ला भनी कसरी सोच्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *