नेपाली भूमिमा परचक्रीको किन गिद्दे दृष्टि ?
- जेष्ठ ८, २०८३
–बिरो छुस्या, भक्तपुर
विश्वसहित हामी पनि नोवेल कोरोना भाइरस कोभिड – १९ को सङ्क्रमणको जोखिमवाट बच्न र बचाउन विगत दुई हप्तादेखि लकडाउन भई घरभित्र बसेका छौँ । सुरुमा सामान्य लागेतापनि समयान्तरसँगै नियमित स्वास्थ्य जाँच र अचानक सञ्चो नभई जचाउन पर्ने भई स्वास्थ्य संस्थामा जाँदा ओपीडी सेवा एवम् डाक्टर छैन भनी फिर्ता पठाएकोे देखियो । निजी अस्पताल पनि बन्द र सार्वजनिक अस्पताल तथा संस्थाबाट उपचार नपाएपछि साधारण बिरामीको उपचारको लागि कहाँ जाने ? देशका कतिपय ठाउँमा उपचारका लागि अस्पताल घुमाउँदा घुमाउँदै बिरामीको मृत्युसमेत भएको समाचार आएकोले बिरामीको सामान्य कुरा फोनबाट चिकित्सकसँग सोधिए तापनि मुटुको धड्कन, रक्तचाप, स्वासप्रस्वास, तापक्रम आदि नजाँची भन्न गा¥हो हुने भएकोेले यस्तो सेवा प्रवाहको आवश्यक व्यवस्थाका लागि सम्बन्धित निकायको समयमै ध्यान जानुपर्ने देखिन्छ ।
Leave a Reply