भर्खरै :

बाल्मिकेश्वरले निकाल्यो अनलाइनबाटै परीक्षाफल

भक्तपुर, २७ चैत । कोभिड–१९ को सम्भावित सङ्क्रमण रोक्न देशभर लकडाउनको कारण सबै शैक्षिक गतिविधि झन्डै शून्य अवस्थामा चाँगुनारायण नगरपालिकाको बाल्मिकेश्वर माध्यमिक विद्यालयले भने अनलाइनबाटै परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।
कतिपय विद्यालय र विद्यालयहरूका छाता सङ्गठनहरूले कोरोना भाइरसले विश्वव्यापी पारेको प्रभावलाई दृष्टिगत गर्दै अर्को सूचना जारी नहुँदासम्मका लागि नतिजा प्रकाशन र भर्ना स्थगित गर्ने निर्णय गरेका बेला चाँगुनारायण नगरपालिका वडा नं. ८ को बाल्मिकेश्वर माध्यमिक विद्यालयले अनलाइनबाटै परीक्षाको नतिजा प्रकाशित गरेको हो ।
भक्तपुरलगायत धेरै ठाउँका कतिपय विद्यालयहरूले सूचना टाँस गरी नतिजा प्रकाशित गर्न नसक्ने जनाइसकेका पनि छन् । यस्तो प्रतिकूल समयमा पनि सो विद्यालयले भने अनलाइनमार्फत विद्यालयले सञ्चालन गरेको वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेपछि अभिभावक तथा विद्यार्थीहरू लाभान्वित भएका छन् ।
विद्यालयका प्रधानाध्यापक खगेन्द्र धमलाले विद्यालयले निर्धारित समयभित्र नतिजा प्रकाशन गरेको जानकारी दिए । उनले लकडाउनमा रहेका विद्यार्थी तथा अभिभावकले परीक्षाफलबारेमा बारम्बार प्रश्न राख्ने गरेको बताउँदै अहिलेको समयको मागलाई ध्यानमा राखी अनलाइनमार्फत नतिजा प्रकाशन गरेको जनाए ।
हामीले अनलाइनमार्फतै नतिजा निकाल्ने तरिका सिक्यौं र त्यहीअनुसार नतिजा निकालेका हौं, अलिकति चासो दिने हो भने सजिलो छ, अहिलेको परिस्थितिअनुुसार गर्नु जरुरी पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *