भर्खरै :

महामारीको बेला ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मी खारेजीमा

   वाशिङ्टन, ३० चैत । संरा अमेरिकी स्थानीय समयअनुसार, अप्रिल १० तारिखमा अमेरिकामा कोभिड–१९ सङ्‍क्रमितको सङ्ख्या ५ लाखभन्दा बढी भएको छ र मृत्यु भएको सङ्ख्या १८ हजार पुगेको छ । न्युयोर्क राज्यमा मात्रै सङ्‍क्रमितको सङ्ख्या विश्वमा कुनै देशको भन्दा बढी भएको छ ।
            महामारी सुरू यता, अमेरिकी चिकित्सा प्रणालीमा देखापरेका समस्याहरूले अमेरिकी सञ्चारमाध्यमको खोज खबर प्रकाशित गरिरहेका छन् । सङ्‍क्रमित तथा मृत्यु सङ्ख्या बढ्दै गएकोमा एउटा अचम्मलाग्दो कुरा के देखापरेको छ भने प्रशस्त बिरामीहरूले समयमै टेस्ट कीट पाएर उपचार पाउन सकेनन् । अर्कातिर स्वास्थ्यकर्मीको ठूलो माग भएका अस्पतालहरूमा प्रशस्त कर्मचारी खारेजीमा परेका छन् ।
            अमेरिकी प्रसिद्ध समाचार टिप्पणी वेभसाइट भोक्सले जनाएअनुसार, अमेरिकामा अल्टारूम अनुसन्धानालयले अप्रिल ४ तारिख गरेको एक सर्वेक्षणबमोजिम कोभिड–१९ महामारी यताको एक महिनामा सम्पूर्ण अमेरिकामा लगभग ४३ हजार स्वास्थ्यकर्मी खारेजीमा परेका छन् । ऐतिहासिक तथ्याङ्कअनुसार, आर्थिक परिस्थिति नराम्रो भएको बेला चिकित्सकहरू प्रशस्त रूपमा खारेजीमा पर्नुहुँदैन तर यस महामारीमा स्वास्थ्यकर्मी बेरोजगारी भएको सङ्ख्या बितेका ३० वर्षमा सबभन्दा उच्च स्थानमा पुगेको छ ।
            यसको कारणबारे विश्लेषण गर्दै न्युयोर्क टाइम्सले जनाएको छः अस्पतालहरू आर्थिक कठिनाइमा जेलिएका छन् । अस्पतालहरू आकस्मिक शल्यक्रिया बन्द गरी कोभिड–१९ बिरामीका लागि चिकित्सा स्रोत बचाउने आदेश अमेरिकाका दशौँ राज्यमा दिइएको छ । यही कारणले कतिपय अस्पतालहरूको आय व्यापकरूपमा घट्यो र खर्च कम गर्न बाध्य भएर कर्मचारी कटौती गरिएको हो ।
            एकातिर प्रशस्त स्वास्थ्यकर्मी बेरोजगार भए भने अर्कोतिर न्युयोर्कलगायत सबभन्दा प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी अपुग भएको समस्या देखापरेको छ । हालसम्म न्युयोर्कमा देशभरिबाट स्वास्थ्यकर्मी बोलाइरहेको छ । तापनि सरकारका सम्बद्ध विभागले ती बोलाइएका स्वयम्सेवक चिकित्सकहरूलाई कसरी पारिश्रमिक दिने भन्नेबारेमा स्पष्ट छैन ।
            महामारीबाट प्रभावित ठूलो चिकित्सा प्रणालीभन्दा स–साना क्लिनिकहरूको आर्थिक समस्या झन् गम्भीर हुन्छ । अस्पतालमा थपिने कर्मचारी, शय्याहरू तथा संरक्षण पोशाक र प्रबन्धलगायत आधारभूत खर्चमा सरकारले रकम छुट्याए तापनि ती क्षेत्रहरूको रकम साना क्लिनिकका लागि सहयोगात्मक नभएको बताइएको छ । भविष्यमा रकम कहिले छुट्याउने र कसरी छुट्याउनेलगायत विविध विषय अनिश्चित रहेका छन् ।
            अमेरिकी सर्वसाधारणले सरकारको भावी कदमलाई नियालिरहेका छन् । सङ्‍क्रमित सङ्ख्या बढ्दै गइरहेको क्रममा अमेरिकी चिकित्सा प्रणालीमा अझ ठूलो चुनौती देखापर्ने सम्भावना छ ।
(सीआरआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *