कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
बालकृष्ण धोजू
कोरोना भाइरस २०१९ डिसेम्बरमा चीनको उहान सहरबाट सुरु भएको हो । कोरोना भाइरस पत्ता लागेका ४ महिनाको अवधिमै विश्वभर २०८ देशमा फैलिएर १६ लाखभन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन् । हालसम्ममा १ लाखभन्दा बढी मानिसको ज्यान गुमिसकेको छ । भाइरस रोकथामका लागि हालसम्म कुनै औषधि पत्ता लागेको छैन । भाइरस प्राकृतिक कि जैविक हो भन्ने विषयमा अहिले विवादित देखिन्छ । भाइरसको प्रकृतिको आधारमा यसलाई जैविक भाइरस भएको वैज्ञानिकहरू दाबी गरिरहेका छन् । यस भाइरसलाई लिएर विश्वका शक्तिशाली राष्ट्र चीन र अमेरिका एक अर्कोमा दोषारोपण गरेको समाचार पनि आएका छन् । जे–जसो भए पनि यसले महामारीको रुप लिइसकेको छ । विश्व स्वास्थ्य स·ठनले महामारीको घोषणा गरेको छ ।
संसारमा यस्तो महामाहरीको सामना गरेको यो पहिलोचोटि भने होइन । इतिहासमा मानवले यसभन्दा अत्यन्तै ठूला र दर्दनाक महामारीको सामना गरिसकेको छ । त्यसमध्ये सबैभन्दा विनाशकारी महामारी सन् १३४७ मा सुरु भएर १३५१ मा सकिएको ब्ल्याक डेथ रोगले २० करोड मानिसको ज्यान लिएको थियो । यो रोग मुसाबाट सुरु भई झिङ्गाको माध्यमबाट मानिसमा सरेको थियो । यो रोग रोगी मानिसको नजिक नजाँदा सर्दैन भन्ने कुरा थाहा पाएर रसुगा सहरले पानीजहाजबाट आउने नयाँ यात्रुहरू बिरामी नभएको प्रमाणित नहुञ्जेल एकान्तमा ३० देखि ४० दिनसम्म राखिने नियम बनाइयो । यसलाई क्वारान्टिनो भन्ने गरिन्छ । यसले रोग नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको थियो । हाल प्रचलनमा रहेको क्वारेन्टिनको पहिलो रूप पनि त्यही थियो ।
सन् १९१८ मा संसारभर स्पेनिस फ्लुको महामारी फैलियो । ५० करोड मानिसलाई यो भाइरस लागेको थियो । यसले ५ करोड मानिसको ज्यान लियो । कोरोना भाइरसले नाक, घाँटी र फोक्सोसम्म भाइरलको सङ्क्रमण हुन्छ । तर स्पेनिस फ्लु फरक थियो । यो रोग लागेका बिरामीका शरीरमा निला धब्बाहरू आउँथेँ, फोक्सो तरल पदार्थले भरिन्थ्यो । बिरामीको नाकबाट रक्तस्राव हुन्थ्यो । रोगको लक्षण देखिएको केही घन्टामै बिरामीको मुत्यु हुन्थ्यो । यो भाइरसबाट बच्न कुनै औषधि नभएकोले बच्नका लागि क्वारेन्टिन र स्वास्थ्य तथा सरसफाइलाई जोड दिइएको थियो । मास्क लगाएरमात्रै हिँड्नुपर्ने नियम बनाइएको थियो । नलगाउनेलाई कारबाही हुन्थ्यो । विद्यालय, चर्च तथा अन्य सार्वजनिक स्थल बन्द गरिएको थियो ।
इतिहासमा विभिन्न भाइरसबाट बच्न गरिएको अभ्याससँगै अहिले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न चीनले सुरु गरेको लकडाउनको अभ्यास विश्वभर अवलम्बन गर्दै आइरहेको छ । लकडाउन भनेको आवश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कने हो । लकडाउनमा घरभित्रै सुरक्षित रहने हो । यो अभ्यासले चीनमा यस भाइरसको सङ्क्रमणलाई नियन्त्रणमा ल्याएको देखिन्छ । कडा अनुशासन रहेको चीनमा यो अभ्यासले सफलता पाएको छ भन्ने चीनभन्दा निकै कोश टाढा रहेको अमेरिकामा यस भाइरसको सङ्क्रमण तीव्रगतिमा बढेको देखिन्छ । युरोपका इटाली, स्पेन, फ्रान्स, जर्मनी आदि देशहरूमा यो भाइरसको सङ्क्रमण र मुत्यु हुनेको दर उच्च छ । विकसित देशका जनता बढी स्वतन्त्रता चाहने र स्वतन्त्रताबाट स्वच्छन्दताका कारण लकडाउनको अवस्थामा पनि भाइरसको सङ्क्रमण र मुत्युदर उच्च रहेको तथ्याङ्कले देखाएको छ ।
नेपालको छिमेकी देश चीन र भारतमा कोरोना भाइरसको सङ्क्रमण छ । तसर्थ नेपाल यो भाइरसको उच्च जोखिममा छ । हालसम्म नेपालमा १२ जनालाई सङ्क्रमण देखिएको छ भन्ने १ जनाको उपचारपछि निको भएको अवस्था छ । नेपाल सरकारले सङ्क्रमणबाट बच्नका लागि नेपालमा २०७७ वैशाख ३ गतेसम्म लकडाउन गरिएको छ । नेपालमा हाल अधिकार सम्पन्न स्थानीय तहका सरकारहरू बनेका छन् । प्रदेश सरकारहरू बनेका छन् । तिनीहरू स्रोतसम्पन्न पनि छन् । हरेक टोलटोल या घरघरसम्म सम्पर्क सञ्जाल पनि छन् । यसले वर्तमान विपत्को सामना गर्न र राज्यले सहयोग गर्छ भन्ने सन्देश दिन सफल भएको छ । सङ्घीय शासन प्रणालीको अर्थ र औचित्य सावित गर्न जति यिनीहरू प्रभावकारी हुन्छन् । त्यति नै आम नागरिकको सरकारप्रति विश्वास बढ्नेछ ।
कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश तथा स्थानीय सरकारहरू आरम्भदेखि नै सक्रिय रहेको देखिन्छ । प्रायः स्थानीय सरकारहरूले समयमै क्वारेन्टिन स्थलहरू बनाएका छन् । गाउँमा बाहिरबाट आउनेहरूको अभिलेख व्यवस्थापन गरिएको छ । लकडाउन समयमा दैनिक आम्दानी गर्न नसकेर जीवन निर्वाहमा समस्या पर्नेहरूको सूची बनाइएको छ । तिनीहरूलाई राहत वितरण गर्ने कार्य गरिएको छ । वृद्धवृद्धा, अशक्त, दीर्घरोगीलाई घरघरमै औषधि पुर्याउने व्यवस्था गरिएको छ । आफ्नो नागरिकलाई आवश्यक परेको बेला एम्बुलेन्सको व्यवस्था गरिएको छ । लकडाउनको समयमा अति आवश्यक सेवाका लागि घर बाहिर निस्कन एक घर एक पासको व्यवस्था छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा बिहान र बेलुकी सीमित अवधिको लागि अति आवश्यक पसल खोल्ने व्यवस्था छ । टोल या घरघरमा साबुन वितरण गरी साबुन पानी हात धुन अनुरोध गरिएको छ । पर्चा पम्पलेट, माइकिङ, रेडियो, टीभी, मेल, इमेल, फेसबुक आदि सञ्चारमाध्यमबाट कोरोना भाइरसविरुद्ध जनचेतामूलक कार्यक्रम चलाइएको छ ।
स्थानीय सरकारका यी कामहरूले गर्दा स्थानीय जनताबीच आफूलाई समस्यामा जनप्रतिनिधिहरूले सहयोग गर्न आउँछन् भन्ने विश्वास छ । यस विपत्ले स्थानीय सरकार र जनताबीचको सम्बन्ध बलियो बनाउन महत्वपूर्ण काम गरेको छ । यद्यपि केन्द्रीय सरकारको केन्द्रमुखी दृष्टिकोणका कारण प्रदेश तथा स्थानीय तहले पर्याप्त स्वतन्त्रका साथ काम गर्न पाएको छैन । जिल्ला, अञ्चल र प्रदेश अस्पतालहरू स्तरीय बनाउने विषयमा, प्रयोगशालाहरू सबै प्रदेशमा विस्तार गर्ने विषयमा र चिकित्सकको दरबन्दी गर्ने विषयमा सङ्घीय सरकारले समयमा काम गर्न नसकेका कारण प्रदेश र स्थानीय सरकार समस्यामा परेका छन् । सामान्य स्वाब टेस्टसमेत केन्द्रबाट टोली पठाएर गर्नुपरेको छ । स्थानीयमा समस्या आउँदा त्यहीँको सरकारले आवश्यक व्यवस्था गर्ने व्यवस्थाको प्रणालीको विकास नगरेसम्म केन्द्र तहकै भरपर्नुपर्ने हुन्छ । स्थानीय सरकारको जे जति क्षमता छ । त्यसको भरपुर उपयोग गर्नसक्ने वातावरण बनाउन सकेमा केन्द्र सरकारलाई बोझ कम हुन्छ । उत्तरदायित्व पनि बाँडिन्छ ।
विषम परिस्थितिमा पनि केही स्थानीय सरकारले गुणस्तरहीन खाद्यान्न वितरण गरेको, राहत वितरणमा पक्षपात गरेको, खाद्यान्न खरिद तथा स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको, गुणस्तरहीन क्वारेन्टिन बनाएको समाचार पनि प्रकाशन भइरहेको छ । यस विषयमा केन्द्रीय सरकारले स्थानीय सरकारको काकारबाहीको अनुगमन गर्ने, गुणस्तर मापन गर्ने, प्राविधिक सहयोग पुर्याउने कामहरू समयमै गर्नुपर्दछ । यसले गुणस्तरीय सेवाको प्रत्याभूतिमा मद्दत गर्दछ, दोषीलाई कारबाही गर्न टेवा पुग्छ । तसर्थ सङ्कट आगामी दिनमा पनि आउनसक्ने भएकोले समस्या समाधानको संस्थागत प्रणालीको विकास गर्नुपर्दछ । प्रदेश सरकार र स्थानीय सरकारलाई प्रभावकारी बनाउनुपर्दछ ।
dhoju.balkrishna@gmail.com
Leave a Reply