विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन र क्षेत्रीय शान्ति र स्थिरताको रक्षा गर्नुपर्नेमा चीनको जोड
- जेष्ठ १२, २०८३

सुनिल सुवाल
द न्यूयोर्क टाइम्सले ६ जना पत्रकारहरूको ६००० शब्दको एक लेख हालै प्रकाशित गर्यो । लेखमा कोभिड–१९ को खतरा र संयुक्त राज्य अमेरिकामा फैलिन सक्ने सङ्क्रमणबारे स्वास्थ्य अधिकारीहरू र सल्लाहकारहरूका कुरा समावेश थियो ।
ट्रम्पले सुरूमा यो भाइरसलाई निकै हलुकासँग लिएको कुरा सारा विश्वलाई थाहा छ । सो लेखले ट्रम्पको ढिला प्रतिक्रिया, अस्वीकार र लुकेको स्वार्थबारे प्रस्ट्याएको छ । लेखमा ट्रम्पलाई महामारीको सम्भाव्य खतराको साथै आफ्नो देश र छिमेकमा मान्छेको लास देख्न चाहेको रूपमा चित्रण गरिएको छ ।
गएको हप्ता ट्रम्पले कोभिड–१९ बारे विश्व स्वास्थ्य सङ्गठनले ढिलो जानकारी दिएको आरोप लगाएका थिए । अप्रिल ७ को एक पत्रकार भेटघाटमा उनले भने “उनीहरूले गलत बताए, त्यो उनीहरूकै गल्ती हो ।” तर, द न्यूयोर्क टाइम्सको लेखले यो स्पष्ट गर्छ कि ट्रम्प आफैले गल्ती बोलेका थिए र उनले बारम्बार स्वास्थ्य तथा सुरक्षा सल्लाहकारको सल्लाहलाई बेवास्ता गरेका थिए ।
उक्त लेखअनुसार ट्रम्प जोखिम अनुमान र त्यसअनुसार काम गर्न ढिला तथा असक्षम थिए । बरू, उनी नाफा कुम्ल्याउन वरिष्ठ अधिकारीहरूको चेतावनीलाई वेवास्ता गर्ने र सूचना नियन्त्रण गर्न केन्द्रित थिए । ढिलो सम्बोधनको अर्थ ट्रम्पसँग राजनीतिक सचेतता नभएको हो ।
पत्रकार भेटघाटमा ट्रम्पले अमेरिकी बजार सोचेको समयभन्दा अघि खोल्न तयार भएको जिकिर गरे । उनले धेरै राज्यहरू महामारीको जोखिममा रहेको बेला बजार खोल्न सकिएला र भन्ने प्रश्नको जवाफै नदिई कुनै राज्य उनको निर्णयविपरीत गए जसरी पनि खोल्न लगाउने बताए । उनले भने “संयुक्त राज्य अमेरिकामा राष्ट्रपतिले सम्पूर्ण निर्णय गर्छ ।”
न्यूयोर्कका गर्भनर क्रिस कोमोले ट्रम्पलाई लक्षित गर्दै एक अन्तर्वार्तामा भने “हामीसँग राजा छैन, हामीसँग निर्वाचित राष्ट्रपति छ । संविधानमा लेखिएको छ सङ्घलाई जिम्मा नदिइएको काम राज्यले गर्छ । सङ्घ र राज्यको काम संविधानबाट निर्देशित हुन्छ ।”
“अमेरिका र चीनको पेइचिङ व्यापार वार्ताको सुरूको समयमा यो भाइरसको विषयलाई पछिल्लो स्थानमा राखियो । पछि अमेरिकाले बेइजिङविरूद्ध आरोपहरू उठाएपछि २१ औँ शताब्दीको यो महामारीबारे विश्वव्यापी खतरामा दुई प्रमुख शक्तिहरू विभाजित भए ।” लेखले भन्छ ।
जनवरीमा राष्ट्रिय सुरक्षा परिषद्का अधिकारीहरू स्वास्थ्य तथा मानव सेवाका सचिव आलेक्स अजर (Alex Azar) र व्यापार सल्लाहकार पीटर नभारो (Peter Navarro) ले राष्ट्रपति ट्रम्पलाई भाइरसका विषय विस्तृत जानकारीसहित चेतावनी दिएका थिए ।
लेखअनुसार ट्रम्पले ती सुझावलाई सार्वजनिकरूपमा नमानेपछि नभारोले जनवरी २९ मा यो भाइरसबाट भयानक जोखिम हुने टिप्पणी लेखेर पठाएका थिए ।
यसैकारण कोरोना भाइरस नियन्त्रण कार्यदलमा समावेश नगरिएका नभारो ट्रम्पसँग फरक मत राख्नेको रूपमा चिनिन्छ । नभारोले भाइरसबाट उत्पन्न हुने खतराबारे लिखित टिप्पणी पठाएपछि राष्ट्रपति ट्रम्पसँग उनको कुरा मिलेन । यसैमा ट्रम्प उनीसँग रुष्ट भए ।
सोही लेखअनुसार ट्रम्प प्रशासनका शीर्ष जनस्वास्थ्य विज्ञहरूले फेब्रुअरीको मध्यतिर सामाजिक दुरी राख्ने, घरैबाट काम गर्नेलगायत नयाँ अवधारणा लागू गर्ने निर्णय गराउने तयारी गरे ।
फेवु्रअरी २५ को भारत भ्रमणबाट फर्केपछि ट्रम्पलाई उनका स्वास्थ्य विज्ञहरूले नयाँ अवधारणा प्रस्ताव गर्न लागेका थिए । तर राष्ट्रपतिसँग विज्ञहरूले नभेट्र्दै खोप तथा श्वास रोग राष्ट्रिय केन्द्रका निर्देशक न्यान्सी मेसोनियर (Nancy Messonnier) ले भाइरसको महामारी फैलिनेबारे सार्वजनिकरूपमा चेतावनी दिएकी थिइन् । लगत्तै सेयर बजार मूल्य घट्यो । मेसोनियरले अनावश्यकरूपमा डरत्रास फैलाएको भनी ट्रम्प क्रोधित भए । सो कुरा ट्रम्पले भारत भ्रमणबाट फर्किदै अजरसँग गुनासो गरेका थिए ।
यसरी ट्रम्पसँग नयाँ अवधारणाबारे विज्ञहरूको छलफल हुने योजना रद्द भयो । ह्वाइट हाउसको एक पत्रकार भेटघाटमा ट्रम्पले कोरोना भाइरस अध्ययन दलमा अजरलाई हटाई उपराष्ट्रपति माइक पेन्स (Mike Pence) लाई नेतृत्व गराउने घोषणा गरे ।
ट्रम्पले गम्भीर विकल्प सामाजिक दुरी घोषणा गर्नु तीन हप्ताअघि भने ‘पेन्स र उनका कर्मचारीहरू स्पष्ट छन् र कुनै डरलाग्दो समाचार छैन ।’
राष्ट्रिय सुरक्षा सल्लाहकारको उपनिर्देशक म्याथ्यू पोटिङ्गर (Mathew Pottinger) ले दिएको कोरोना भाइरससम्बन्धी चेतावनीको पूर्णविवरण पनि यो लेखमा छ । पोटिङ्गरले जनवरीको अघिल्लो साता भाइरसको महामारीबारे थाहा पाएको र उनले आफ्नो हाकिम राष्ट्रिय सुरक्षा सल्लाहकार रोवट ओब्रायन (Robert Obrien) लाई बताएका थिए ।
उक्त लेखमा पोटिङ्गरले सुरूमै चेतावनी दिएको र चीनका केही उच्चपदस्थहरूले पनि चेतावनी दिएको उल्लेख छ । तर चीनको चेतावनीलाई वैचारिक मत भिन्नताको रूपमा लिएर ट्रम्पले चीनविरूद्ध जातीय र साम्प्रदायिक आरोप लगाए । परिणाम पश्चिम यूरोप र अमेरिकासम्म यो भाइरस फैलियो ।
ट्रम्पका वाणिज्य सल्लाहकारहरू चीनलाई दोष दिनु भनेको ट्रम्पको आउँदो नोभेम्वरमा राष्ट्रपति पदमा पुनःनिर्वाचित हुने आधारको रूपमा देखिने र यसले चीन–अमेरिका व्यापार सन्धि तुहिने कुरामा चिन्तित थिए ।
अन्ततः जनवरी ३१ मा पोटिंगरलगायतका स्वास्थ्य अधिकारीहरूले ट्रम्पलाई आंशिक रूपमा सीमा बन्द गर्न भने र ट्रम्पले घोषणा गरे ।
लेखअनुसार ट्रम्प र उनका सल्लाहकारहरूले कोभिड–१९ लाई नियन्त्रण गर्न चीनले लिएका अनुभवहरूकोबारे विस्तृत अध्ययन नगरेका वा नबुझेका हुन् । यो अवधारणा हुपेई (Hubei) प्रान्तका सबैलाई घरभित्र बस्न दिएको आदेशभन्दा निकै जटिल छ ।
यो स्पष्ट छैन कि किन संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी देशहरूले फैलिँदै गएको भाइरस नियन्त्रणमा ध्यान दिएनन् र उहानलाई हेरेर केही सिकेनन् ?
उक्त लेखको सबैभन्दा दुःखदायी विषय पहिलो १० हप्तासम्म ट्रम्पले महामारीको अड्कलसम्म पनि गर्न नसकिएको नै हो । बरू नोभेम्बरमा पुनःनिर्वाचित हुनको लागि अर्थतन्त्रलाई बलियो बनाउन लागेको दाबी गर्दै थिए । हजारौँको मृत्यु हुने सम्भावना उनको लागि केवल पत्रिकाको कार दुर्घटनाबाट मृत्यु हुने वा फ्लुबाट हुने मृत्युजस्ता अङ्क मात्र थिए ।
लेखमा ट्रम्पको दृष्टिकोण कसरी परिवर्तन भयो भन्ने दिएको छ । लेखको अन्तिममा आफु हुर्केको न्यूयोर्कमा बढ्दो मृत्युको समाचार देखिएपछि मात्र उनको होश खुलेको र उनले इष्टर (जिसस क्राइष्टको पुनर्जन्म भएको दिन मनाइने बार्षिक पर्व) सम्म घरैमा बस्ने समय बढाएको हो ।
सोमबार राष्ट्रपति भवनमा भएको पत्रकार भेटघाटमा ट्रम्पले आफ्नोबारे सकारात्मक प्रचारका भिडियो अंश जोडेर देखाए । ‘द न्यूयोर्कटाइम्स्’ मा प्रकाशित ६ जना पत्रकारको उक्त लेखबारे उनले कडा खण्डन गरे । जनवरी ३१ मा चिनियाँहरूलाई यात्रा निषेध गर्ने ट्रम्पको पहिलो घोषणा थियो । त्यसपछि उनले कुनै कदम चालेनन् । चिनियाँ मूल र युरोपेलीहरूलाई निषेध भनिए तापनि पूरै यूरोपलाई रोक थिएन । पत्रकार भेटघाटमा ट्रम्पले महामारीको कारण निर्वाचनको लागि प्रचार गर्न समय नपुग्ने सङ्केत गरे ।

अमेरिकी राष्ट्रपति ट्रम्प र न्युयोर्कका गभर्नर कोमो
पत्रकार भेटघाटमा ट्रम्पले अमेरिकी बजार सोचेको समयभन्दा अघि खोल्न तयार भएको जिकिर गरे । उनले धेरै राज्यहरू महामारीको जोखिममा रहेको बेला बजार खोल्न सकिएला र भन्ने प्रश्नको जवाफै नदिई कुनै राज्य उनको निर्णयविपरीत गए जसरी पनि खोल्न लगाउने बताए । उनले भने “संयुक्त राज्य अमेरिकामा राष्ट्रपतिले सम्पूर्ण निर्णय गर्छ ।”
न्यूयोर्कका गर्भनर क्रिस कोमोले ट्रम्पलाई लक्षित गर्दै एक अन्तर्वार्तामा भने “हामीसँग राजा छैन, हामीसँग निर्वाचित राष्ट्रपति छ । संविधानमा लेखिएको छ सङ्घलाई जिम्मा नदिइएको काम राज्यले गर्छ । सङ्घ र राज्यको काम संविधानबाट निर्देशित हुन्छ ।”
कोरोना भाइरसको नाममा २० खर्ब डलर निकासा गरी कम आयस्रोत भएकार साना एवम् मध्यम व्यापारीहरूलाई बाँड्न भनिएको रकमले आउँदो चुनावमा पुनःनिर्वाचित हुनेमा ट्रम्प विश्वस्त देखिन्छन् ।
नेपालमा पनि प्रधानमन्त्री राहत कोषमा दुई अरबभन्दा बढी रकम जम्मा भएको छ । यो रकम पनि चुनाव केन्द्रित गरेर वितरण हुने सम्भावना छ । सबै जनता सचेत हुनु जरूरी छ । चुनावमा पदको दुरूपयोग र पैसाको खोले बगाएर सरकारमा जाने पार्टीको लागि यस्तो महामारीबाट हुने मानिसको मृत्यु हुँदैन ।
(विभिन्न समाचार स्रोतमा आधारित)
Leave a Reply