ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
भक्तपुर, ५ वैशाख । ख्वप इन्जिनियरिङ्ग कलेजको चौथो र तेस्रो वर्षको इलेक्ट्रोनिक्स कम्युनिकेसन विभागका विद्यार्थीले कीटनाशक औषधि छर्किने रोबोट निर्माण गरेका छन् । रविन फसिकवा, सुशान्त भद्रा, सिरस सैजू, रजल वराल र सनोजकुमार साहको टोलीले कलेजको रोबोटिक्स प्रयोगशालामा उपलब्ध सीमित स्रोत र साधनको प्रयोग गरी उक्त रोबोट बनाएको हो । नेपालमा पनि कोरोना सङ्क्रमण फैलिएको सन्दर्भमा बनेका क्वारेन्टिन कक्ष, आइसोलेसन कक्षहरूमा मान्छेहरूको प्रत्यक्ष संलग्नताविना सुरक्षित स्थान र दुरीमा बसेर रिमोर्ट कन्ट्रोलको सहायताले आवश्यक ठाउँहरूमा कीटनाशक औषधि छर्कन रोबोटको प्रयोग गर्न सकिने बताइएको छ ।
यस्ता रोबोटको प्रयोगले कोरोना भाइरसको सङ्क्रमण अन्य स्वास्थ्यकर्मी र सफाइकर्मीहरूलाई सर्नबाट बचाउन सहयोग गर्ने सुशान्त भद्राले बताउनुभयो । टोलीले बिरामीका लागि खाना-खाजा पुर्याउने रोबोटको निर्माण कार्य पनि भइरहेको बताइएको छ ।
Leave a Reply