भर्खरै :

सरकारी निर्णयविपरीत एमालेका सांसद राहत वितरणमा !

            भक्तपुर, ६ वैशाख । सङ्घीय सरकारको निर्णयलाई उल्लङ्घन गरी दैलेखका एमाले बताउने दुई जनाले भक्तपुर ताथलीस्थित इटा उद्योगमा काम गर्ने कृष्ण कठायतलगायत सात जनालाई लकडाउनको राहत भनी चामल ३ बोरा, दाल ५ किलो, नुन ३ पाकेट र खाने तेल आधा लिटर बाँडेको समाचार छ ।
            सरकारले लकडाउनको बेला इँटा उद्योगसमेत केही उद्योग सञ्चालन गर्ने निर्णय गरेको र यो समयमा दैनिक ज्याला–मजदुरी काममा जान नपाएकालाई मात्र खाद्यान्न राहत दिने निर्णय गरे पनि एमालेका वर्तमान र पूर्वसांसदसमेत लागेर आफ्ना जिल्लाकालाई चुनावमा मत लिने मनसाय राखी इँटा उद्योगमा काम गरिरहेका कठायतसमेतलाई चामलको बोरा फालेर गएको बताइन्छ । दैनिक ज्यालादारी मजदुरलाई स्थानीय तहमार्फत राहत दिने सङ्घीय सरकारको निर्णयअनुसार स्थानीय वडा समितिले सबैलाई दिइसके पनि  आफ्ना मानिस भनेर काठमाडौँदेखि चामलको बोरा वितरण गर्नेमा एमालेका वर्तमान सांसद पार्वतीकुमारी विसुंके र पूर्वसांसद विनोद शाही भएको खबर छ ।
            सरकारले गलत काम गर्नेहरूमाथि समयमै कारबाही गर्नुपर्ने जनतामा चर्चा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *