नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
संसारभरि कोभिड–१९ को महामारी भयावहरूपमा फैलिरहेको छ । पश्चिमी देशहरूमा भाइरस नियन्त्रणको नाममा भइरहेको रङभेद अन्त्य गर्नुपर्ने आवाज उठिरहेको छ । वैज्ञानिक शोधपत्र प्रकाशन हुने ‘नेचर’ ले आफ्नो सम्पादकीयमार्फत कोभिड–१९ लाई ‘उहान भाइरस’ र ‘चिनियाँ भाइरस’ भनी यसअगाडि लेखेकोमा माफी मागेको छ । “हामीले ‘कोरोना भाइरस’ लाई ‘चिनियाँ भाइरस’ र ‘उहान भाइरस’ भनेर लेखेको हाम्रो गल्ती हो । हामी त्यसको जिम्मेवारी लिन्छौँ, माफी माग्छौँ ।”
चीनविरोधी प्रकाशनबारे माफी माग्ने ‘नेचर’ मात्र होइन ‘न्युयोर्क टाइम्स’ पनि हो । ‘न्युयोर्क टाइम्स’ ले एसियाको विरुद्ध लेख्न बन्द गरेको छ । ‘न्युयोर्क टाइम्स’ को पछिल्लो लेखअनुसार अमेरिकाको न्युयोर्कमा फैलिएको कोभिड–१९ जस्तो भाइरस युरोपमा देखिएको छ, चीनमा देखिएको थिएन, छैन ।
सङ्घ संस्थाहरू यसरी चीनमाथि खनिनुभन्दा भाइरस नियन्त्रण गर्ने कामलाई प्राथमिकता दिएको उत्साहनजनक छ । वास्तवमा यो भाइरस नियन्त्रण गर्न जातीय विभेद होइन विज्ञान नै ठूलो हतियार हो । ‘नेचर’ को सम्पादकीयमा भनिएजस्तै भाइरसले मानिस र देशबीच भेदभाव गर्दैन र हामी सबै जोखिममा छौँ । कुनै देशको अपमान गरेर भाइरस नियन्त्रण गर्न सकिँदैन । यसले केवल अन्तर्राष्ट्रिय सद्भाव बिथोल्छ र परिस्थिति अझ जटिल बनाउँछ ।
सारा अमेरिकीहरूको जीवनमा खुसी ल्याउने यो सहकार्यको आह्वानसँग ह्वाइटहाउस खुसी छैन । ‘न्युयोर्क टाइम्स’ यो भाइरसबारे परिवर्तन भएपछि राष्ट्रपति ट्रम्प उक्त पत्रिकामाथि खनिए र पत्रिका नै झूटा भएको आरोप लगाए । ट्रम्पले अप्रिल १२ का दिन ट्वीट गरे– अहिले उनीहरू (न्युयोर्क टाइम्स) कुकुरजस्तै लखेटिएको छ । चीनमा पुनःस्थापित हुन चाहन्छन् ।
चीनप्रति हलुका दृष्टिकोण राख्ने अमेरिकी राजनीतिज्ञहरूले सञ्चारमाध्यमलाई यसरी आलोचना गरेको यो पहिलो पटक थिएन । यसअघि ह्वाइटहाउसले अन्तर्राष्ट्रिय अमेरिकी सञ्चार संस्था ‘भ्वाइस अफ अमेरिका’ लाई चिनियाँ सरकारको प्रर्वद्धन गर्न पृष्ठ खर्च गरेको आरोप लगाएको थियो ।WHO ले उहान लकडाउनलाई एक सफल मोडेल भन्दै कोभिड–१९ बाट उहान र अमेरिकामा सङ्क्रमित भएका र मृत्यु भएका सङ्ख्याको तुलना ग्राफसमेत तयार गरी प्रशंसा गरेको थियो ।
वाशिङ्गटनको गलत कामले नै अमेरिकामा महामारी फैलिएको यथार्थ हो । विश्व स्वास्थ्य स·ठनले जनवरी ३० मा विश्व स्वास्थ्य क्षेत्रमा आपत्कालीन घोषणा गर्यो । यो चेतावनीलाई हलुका रूपमा लिएर अमेरिकी प्रशासनले भाइरस नियन्त्रणलाई ध्यान दिएन र समय खेर फाल्यो । फलतः कोभिड–१९ अमेरिकाको नियन्त्रण बाहिर गयो । अहिले अमेरिका कोभिड–१९ बाट सबैभन्दा बढी सङ्ख्या मृत्यु हुने देश बन्यो । तर, ह्वाइटहाउस भाइरस नियन्त्रण नगरी जिम्मेवारीबाट अझै भाग्दै छ ।
ख्यब् ले सुरुमा चीनविरोधी समाचार छाप्यो । आज त्यही संस्थाले अमेरिकी प्रशासनको यो महामारी नियन्त्रण गर्ने तरिकाको विरोध गर्यो । ‘नेचर’ ले माफी माग्यो भने ‘द न्युयोर्क टाइम्स’ ले चीनतिर सोझिएको आगो ट्रम्पतिर फर्कायो । यो स्पष्ट छ, जबसम्म अमेरिकी प्रशासन अन्धो हुन्छ तबसम्म विश्वको यो ‘सर्वोच शक्ति’ लाई बचाउने कुनै पनि प्रयासलाई यसले झूटा समाचार र चीनतिर ढल्केको आरोप लगाउने छ ।
निःसन्देह ‘नेचर’ ले माफी माग्नु उत्साहजनक सड्ढेत हो । तर, कुनै विषय पत्रपत्रिकाले निर्णय गर्दै गर्दैन । यदि जवाफदेही अमेरिकी अधिकारीहरूले आफ्नो भुल स्वीकार्दैनन् र भाइरसको नाममा बेइमानी गरिरहन्छन् भने स्थिति झन् बिग्रिने छ ।
“यदि ट्रम्प लासको पोका हेर्न चाहनुहुन्न भने कोभिड–१९ को नाममा बेइमानी गर्न बन्द गर्नु आवश्यक छ ।” ह्वाइटहाउसले चीनमुखी भएको आरोप लगाएपछि विश्व स्वास्थ्य स·ठनका महानिर्देशक टेड्रोस अधानोमा घेब्रेयेसुसले उक्त चेतावनी दिएका थिए । अहिले ट्रम्प प्रशासनको कारण अमेरिकीहरू यो महामारीबाट दुःख भोगिरहेका छन् ।
अमेरिका र बाँकी विश्वले थप लाशको पोका हेर्न चाहँदैनन् । अहिले ठोस काम गर्ने समय हो । संसारको शक्तिशाली देशहरूको ध्यान बेइमानीभन्दा मान्छेको ज्यान बचाउनेमा केन्द्रित हुनु आवश्यक छ ।
अनुवादः सुनिल
Leave a Reply