भर्खरै :

पाकिस्तानमा परीक्षण बढाएसँगै सङ्क्रमित बढ्दो

इस्लामाबाद, २१ अप्रिल । सार्क देश पाकिस्तानमा सोमबार एकैदिन हालसम्मकै सबभन्दा बढी मानिस कोभिड–१९ सङ्क्रमणको कारण निधन भएका छन् ।
सोमबार एक दिनमा पाकिस्तानमा १७ जनाको निधन भएको थियो । यो हालसम्मकै सबभन्दा बढी सङ्ख्यामा मानिसको निधन भएको हो । थपिएका १७ समेत गरेर पाकिस्तानमा यो रोगको कारण मर्नेको सङ्ख्या कम्तीमा १९२ पुगेका छन् ।
सोमबार थप ७०५ जना मानिसमा सङ्क्रमण पुष्टि भएको छ । हालसम्म पाकिस्तानमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या ९ हजार २१४ पुगेको छ ।
आर्थिक मन्दीको अवस्थामा थप आर्थिक सङ्कट हुने भएकोले पाकिस्तानले लकडाउन घोषणा गरेको छ । हालसम्मको सरकारी तथ्याङ्कअनुसार पाकिस्तानमा सङ्क्रमित भएर निको हुनेको सङ्ख्या २ हजार ५३ पुगेको छ । अहिले त्यहाँ झन्डै ७ हजार मानिस उपचारमा छन् ।
पाकिस्तानमा परीक्षण बढाएसँगै सङ्क्रमितको सङ्ख्या पनि बढेको हो । सरकारले परीक्षण दर दैनिक २५ हजार पु¥याउन लक्ष्य लिएको छ ।
पाकिस्तानले हालसम्म १ लाख ११ हजार ८०६ जना मानिसको परीक्षण भएको छ । त्यो भनेको प्रतिहजार मानिसमा ०.५३ को परीक्षण भएको छ । सोमबार भने सरकारले जम्मा ५ हजार ३४७ जनाको मात्र परीक्षण भएको थियो । सरकारले तोकेको लक्ष्त्न्दा यो सङ्ख्या निकै कम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *