मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
अशोक घिमिरे
काठमाडौँ, ९ वैशाख । कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गर्ने प्रक्रिया टुङ्गिएको नेपाली सेनाले जनाएको छ । आज जङ्गी अड्डामा पत्रकार सम्मेलन गर्दै सेनाले चिनियाँ पक्षसँग खरिद सम्झौता सम्पन्न भई रकमसमेत भुक्तानी भइसकेकोले खरिद प्रक्रिया टुङ्गिएको जनाएको हो ।
सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले चीनबाट ३४२ टन स्वास्थ्य सामग्री सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट खरिद गर्ने चरणमा प्रवेश गरिएको जानकारी दिनुभयो । ६७ प्रकारका स्वास्थ्य सामग्री खरिदका लागि सोमबार नै चिनियाँ पक्षलाई रकम भुक्तानी गरिसकिएको छ । स्वास्थ्य उपकरण खरिदका लागि एक करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर भुक्तानी भइसकेको छ । नेपालले भुक्तानी गरेको रकम पाइसकेको पनि चिनियाँ पक्षले जानकारी दिइसकेको उहाँले बताउनुभयो ।
स्वास्थ्य सामग्री खरिदका लागि चीन सरकारको स्वामित्वमा रहेको चाइना साइनोफार्म इन्टरनेसनल कर्पोरेसनसँग सम्झौता भइसकेको छ । नेपाल र चीनबीच भएको सम्झौतामा रकम भुक्तानी गरेको एक साताभित्र सबै सामग्री चिनियाँ पक्षले ग्वान्जाओमा जम्मा गरिदिने उल्लेख छ । सोहीअनुरुप अबको एक साताभित्र चिनियाँ पक्षले ती स्वास्थ्य सामग्री ग्वान्जाओमा जम्मा गरिदिने जानकारी प्राप्त भएको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।
ग्वान्जाओबाट तातोपानी नाकासम्म सामान ढुवानी गर्न करिब सात दिन लाग्ने जानकारी आएको उहाँले बताउनुभयो । त्यस्तै भन्सार प्रक्रिया पूरा गर्न दुई दिन लाग्नेछ । अत्यावश्यक सामग्री हवाई मार्गबाट ल्याउने विषयमा हवाई सेवा प्रदायकसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । “हामीले नेपाल एयरलाइन्स र श्री एयरसँग छलफल गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “ग्वान्जाओमा सामग्री जम्मा भएपछि निष्कर्षमा पुग्छौँ ।”
अत्यावश्यकबाहेकका सामग्री सडक मार्गबाट ढुवानीका लागि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । पेइचिङस्थित नेपाली दूतावास तथा ग्वान्जाओस्थित महावाणिज्य दूतावासमार्फत पनि चिनियाँ ढुवानीकर्तासँग बुझ्ने काम भइरहेको उहाँको भनाइ छ । अत्यावश्यक सामग्री तातोपानी नाकामा ल्याएर अर्को गाडी राखेर नेपाल ल्याउनेभन्दा पनि सकभर चिनियाँ ढुवानीकर्ताको साधनबाट एकैचोटि डिपोमा ल्याउने ढङ्गबाट कुराकानी अगाडि बढेको छ ।
चीन सरकारले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन प्राथमिकता दिएको उहाँले उल्लेख गर्नुभयो । कोरोनाले विश्वव्यापी महामारीको रुप लिएसँगै प्रभावित मुलुकमा चीनले स्वास्थ्य सामग्री आपूर्ति गरिरहेको छ । प्रवक्ता पाण्डेले महामारीको अवस्थामा चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने मुलुकको सूचीमा नेपाल ८१ औँ स्थानमा रहे पनि चिनियाँ पक्षले नेपाललाई जतिसक्दो चाँडो आवश्यक सामग्री उपलब्ध गराइदिने वचनबद्धता व्यक्त गरेको जानकारी दिनुभयो ।
व्यक्तिगत सुरक्षाका सामग्री (पीपीई), मास्क, कोरोना परीक्षणका लागि आवश्यक कीटलगायत अत्यावश्यक सामग्री हवाई र अन्य सामग्री सडक मार्ग हुँदै ल्याउने तयारी गरिएको छ । नेपालमा कोेभिड–१९ सङ्क्रमणको अवस्था सामान्य रहेमा अत्यावश्यकबाहेकका सामग्री सडक मार्ग हुँदै ल्याइने छ भने अवस्था जटिल बन्दै गएमा हवाई मार्गबाट पनि ल्याउने गरी तयारी अगाडि बढाइएको उहाँले बताउनुभयो ।रासस
Leave a Reply