नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
सिङ्गापुर, ९ वैशाख
(एएफपी) । ऋणात्मक अवस्थामा पुगेको अमेरिकी तेलको मूल्यमा मङ्गलबार सुधार आई धनात्मक भएको छ । कोरोना भाइरस महामारीका कारण तेलको विश्व बजारमा माग घटेपछि तेलको मूल्यमा पनि गिरावट आइरहेको छ ।
मङ्गलबार अपराह्न एसियाली बजारमा अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमेडिएट (डब्लुटिआई) को अर्को महिना मेका लागि प्रतिब्यारेल १.६७ डलर कायम भएको छ । अघिल्लो दिन न्युयोर्कमा तेलको मूल्य ३७.६३ डलरले ऋणात्मक भएको थियो ।
तर, बजारमा अस्थिरता र भण्डारण सुविधा कम भएपछि खरिदकर्ताहरूमा अन्यौल बढेको छ । व्यापारीहरू अब आगामी जुन महिनाका लागि खरिद सम्झौता गर्नेतर्फ बढी केन्द्रित भएका छन् । यो माग मे महिनाको भन्दा ६० गुणाभन्दा बढी छ ।
अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको आगामी जुन महिनाका लागि प्रतिब्यारेल २५.४० डलरमा कारोबार भएको छ जुन ०.१६ प्रतिशतले कमी हो ।
कोरोना भाइरसँग जुध्न हाल विश्वका अधिकांश मुलुकमा जारी बन्दाबन्दी, यात्रा प्रतिबन्ध र व्यापार बन्दका कारण तेलको मागमा व्यापक कमी आएको छ । यसबीचमा तेलको मागमा मात्र कमी आएको छैन, तेलको खपत नै कम भएपछि बजारमूल्यमा पनि व्यापक गिरावट आइसकेको छ ।
साउदी अरेबिया र रसियाबीचको मूल्य युद्धले सङ्कट झनै नराम्रो भएको थियो । रियाद र मस्कोबीच मध्यस्थता भएसँगै विश्वका प्रमुख तेल उत्पादक मुलुकहरूले प्रतिदिन १ करोड ब्यारेल तेल उत्पादन कटौती गर्न सहमति गरेका थिए ।
तर विश्व बजारमा तेलको मूल्यमा भइरहेको गिरावट रोकिएन । विश्लेषकहरूले तेल उत्पादन कटौती पर्याप्त नभएको र भण्डारण सुविधाहरूको क्षमता कम रहेकाले तेलको मूल्यमा फेरि गिरावट आएको बताएका छन् ।
अमेरिकी कच्चातेलको मूल्यमा गिरावट आउनुको मुख्य कारण नै ओक्लाहोमास्थित कुसिङ तेल भण्डारमा तेल भरिनु पनि हो ।
ओन्डाका वरिष्ठ बजार विश्लेषक जेफ्री ह्यालीले एएफपीलाई ब्रेन्ट र डब्लुटिआई दुवैको मूल्यमा तत्कालै सुधार हुने सम्भावना कमै रहेको प्रतिक्रिया दिनुभयो ।
Leave a Reply