नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
वाशिङ्टन, २१ अप्रिल । चीनमा कोभिड– १९ बाट वास्तविक मृतकको सङ्ख्या भनिएको भन्दा धेरै बढी रहेको ह्वाइट हाउसको महामारीसम्बन्धी बैठकमा अमेरिकी नेताले पटक–पटक दोहो¥याएर चीनलाई बदनाम गरेका छन् । यसअघि उनीहरूले सामाजिक सञ्जालमा “चीनमा मर्नेको सङ्ख्या अमेरिकाको तुलनामा धेरै रहेको” भन्दै हल्ला फैलाएका थिए ।
महामारीबाट भएको हरेक मृत्यु दुर्भाग्यपूर्ण र दुःखद छ । जब राजनीतिज्ञहरूले जीवनको सम्मान र संरक्षणलाई बेवास्ता गर्दछन् तब यसलाई चिसो सङ्ख्या र राजनीतिक औजारको रूपमा प्रयोग गर्न थाल्छन् । यसले मानव नैतिकताको तल्लो रेखालाई ध्वस्त बनाएको हो । यसकारण, अमेरिकी नेताहरू आफ्नै नागरिकबाट आलोचित बनेका छन् ।
अमेरिकामा महामारीको अवस्था झन्–झन् गम्भीर हँुदै जाँदा मानिसहरूसँग सरकारप्रति असन्तुष्टि झनै गम्भीर हुँदै गएको छ । अमेरिकी ह्वाइट हाउसका वरिष्ठ अधिकारी, काङ्ग्रेसका सदस्यहरू, रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीहरूले चीनलाई फेरि एक पटक बदनाम गर्दै आफ्ना गल्ती ढाकछोप गर्ने निहँु खोजिरहेका छन् । महामारीमा आफ्नो कमजोर व्यवस्थापन र फितलो तयारीलाई ढाकछोप गर्न आफ्नो उत्तरदायित्व चीनमाथि थोपर्ने बहाना खोजिरहेका छन् । उनीहरूको उद्देश्य चीनको विकासलाई रोक्नु र चीन तथा अन्तर्राष्ट्रिय समुदायको विरुद्ध झगडा गराउनु रहेको छ ।
उनीहरू मृतकलाई राजनीतिक औजारको रूपमा प्रयोग गर्छन् । मृतकको सङ्ख्यालाई राजनीतिक प्रतिस्पर्धाको रूपमा मान्दछन् र महामारीमा चीनमा मृत्यु हुने सङ्ख्या अमेरिकाको भन्दा बढी रहेको झूट बोल्दछन् । यो मानव नैतिकताको निकृष्टता हो ।
(सीआरआई)
Leave a Reply