निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुरको चाँगु नगरपालिकाको वडा नं ५ को नाट्यश्वरी मतदान केन्द्रमा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार जयन खड्काले मतदान केन्द्रभित्रै बसेर खाजा पानी खुवाउँदै रुख चिन्हमा छाप लगाउन दबाब दिइरहेको खबर प्राप्त भएको छ । केन्द्रभित्र रही छाप हाल्न दबाब दिनु एक प्रकारको केन्द्र कब्जा नै भएकोले तत्काल निर्वाचन आयोग र नेपाल सरकारले आवश्यक कदम अगाडी बढाई निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन स्थानीय मतदाताले माग गरेका छन् ।
सो केन्द्रका मतदान अधिकृतहरु विशाल कायष्ठ र पूर्ण प्रसाद ढुंगेल रहेको खबर छ । ती दुवै अधिकृतलाई निर्वाचन कसुर तथा सजाय ऐन, निर्वाचन निर्देशिका र आचारसंहिता अनुसार कारबाही गर्नुपर्ने र उम्मेदवार खड्कालाई पनि कारबाही गर्नुपर्ने जनताको माग छ ।
Leave a Reply