“भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको छ”
- बैशाख ६, २०८३
काठमाडौँ, १२ वैशाख । चिनियाँ वैज्ञानिकहरूले आगामी सेप्टेम्बर महिनासम्म कोभिड–१९ को खोप तयार हुनसक्ने बताएका छन् ।
चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक काओ फुले सेप्टेम्बरसम्म तयार हुने त्यस्तो खोप भने स्वास्थ्यकर्मीमा आकस्मिक प्रयोगमा मात्र ल्याउन सकिने र आगामी वर्षको सुरुबाट सर्वसाधारणले पनि प्रयोग गर्न सक्ने बताउनुभएको छ ।

उहाँले कोभिड–१९ को महामारी अझ भयावह अवस्थामा फैलिए हाल दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षण भइरहेको खोप निश्चित समूहको उपचारमा प्रयोग गर्न सकिने बताउनुभएको छ । चीनले हाल दुई थरी खोपको परीक्षण गरिरहेको छ । चिनियाँ वैज्ञानिकहरूले पहिलो थरी ज्वरोसम्बन्धी एडिनो भाइरस लक्षित खोपको क्लिनिकल परीक्षण गरिरहेको छ भने भाइरसको उत्पादन नबढाउने अर्को थरी खोपको पनि विकास गरिरहेको छ । पछिल्लो थरी खोपको परीक्षण दोस्रो वा तेस्रो चरणमा पुगिसकेको काओले बताउनुभयो ।
“खोप विकास गर्न समय लाग्छ किनभने खोपको परीक्षण गरिएको स्वस्थ मानिसमा धेरै कुरा निर्भर हुन्छ”, चिनियाँ वैज्ञानिक काओले भन्नुभयो ।
घाममा मर्छ कोरोना भाइरस !
संरा अमेरिकी वैज्ञानिकहरूले कोरोना भाइरस घामको प्रत्यक्ष किरणमा सबभन्दा चाँडै मर्ने आफ्नो अध्ययनले देखाएको दाबी गरेका छन् ।
अमेरिकी होमल्यान्ड सेक्युरिटी विभागका विज्ञान तथा प्रविधि सल्लाहकार विलियम ब्रायनले सरकार मातहतका वैज्ञानिकहरूले जीवाणुमा प्रभाव पार्नसक्ने उल्ट्राभ्वाइलेट किरण फेला परेको बताउनुभएको छ । अमेरिकी वैज्ञानिकहरूको सो दाबीले गर्मी महिनाको सुरुवातसँगै कोभिड–१९ को महामारी कमजोर हुने आशा जगाएको छ ।
“भाइरस प्रत्यक्ष घामको किरणमा बस्दा सबभन्दा चाँडो मर्छ”, ब्रायनले भन्नुभयो ।
“आजसम्मको हाम्रो अध्ययनको सबभन्दा महत्वपूर्ण उपलब्धि भनेको सौर्य किरणले कुनै पनि वस्तुको सतह वा हावामा रहेको भाइरसलाई सबभन्दा शक्तिशाली प्रभाव पार्नसक्छ”, उहाँले भन्नुभयो, “तापक्रम र उष्णता दुवै अवस्थामा हामीले समान खालको असर पारेको छ । त्यसकारण तापक्रम र उष्णता दुवै भाइरसको लागि कम अनुकूल भएको हाम्रो अध्ययनले देखाएको छ ।”
उल्ट्राभ्वाइलेट किरणले भाइरसलाई प्रभाव पार्ने कुरा पहिलेबाट नै विदित विषय हो किनभने त्यस्तो किरणले भाइरसको आणुवंशिक वस्तुमा क्षति पार्छ र अर्को उत्पादन गर्ने क्षमतामा र्हास पुर्याउँछ ।
तर, सिङ्गापुर, मलेसिया र थाइल्यान्डजस्ता न्यानो मौसम भएको देशमा पनि कोरोना भाइरस घातक भएबाट अमेरिकी वैज्ञानिकहरूको सो दाबीमाथि प्रश्न उठेको छ । विश्व स्वास्थ्य सङ्गठनका डा. मार्गरेट हेरिसले प्रमाणहरूले सूर्यकिरणसम्बन्धी सो सिद्धान्तलाई सही सावित नगरेको बताउनुभएको छ । त्यसकारण गर्मी महिना सुरु हुनु र कोरोना भाइरसको महामारीबीच कुनै सम्बन्ध नभएको उहाँको भनाइ छ ।
Leave a Reply